बाबुरामले पार्टी अनुशासन तोडेर बिपा सम्झैता गरेः वादल


प्रचण्डले सिलुगुढीमा रअका मान्छे भेटेको आरोप
६ कात्तिक, चितवन । एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ले प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टीको आधिकारिक निर्णयविपरीत भारतसँग बिपा सम्झौतामा हस्ताक्षर गरेर पार्टी अनुशासन तोडेको आरोप लगाउनुभएको छ ।

चितवनको भरतपुरमा आइतबार उपाध्यक्ष मोहन वैद्य पक्षधर बुद्धिजिवीहरुको भेलालाई सम्बोधन गर्दै वादलले संस्थापन पक्षले अराजकताको हद नाघेर पार्टीविरोधी गतिविधि गरिरहेको जिकिर गर्नुभयो । प्रशिक्षणमा सहभागी एक कार्यकर्ताका अनुसार वादलले लडाकुको साँचो प्रकरण, मधेसी मोर्चासँग भएको चारबुँदे सहमति र बिपा सम्झौतासम्म आइपुग्दा संस्थापन पक्षको गैरजिम्मेवार र राष्ट्रघाती चरित्र उदाङ्गिएको आरोप लगाउनुभएको थियो ।

पार्टी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराई स्वदेश फर्किएलगत्तै बिपा सम्झौता’bout स्पष्टीकरण माग्ने वादलको भनाइ थियो । भट्टराई भारत जानुअघि बिपा सम्झौताको कुरा उठेपछि पार्टी स्थायी समितिले उक्त सम्झैता नगर्न स्पष्ट दिर्नेशन दिएको वादलको दावी छ । स्रोतका अनुसार वादलले दशैं अगाडि अध्यक्ष पुष्पकमल दाहालले पार्टीका कुनै पनि नेतालाई जानकारी नदिई सुटुक्क सिलुगुढी पुगेर भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिसँग गोप्य भेटघाट गरेको आरोप लगाएको ती कार्यकर्ताले बताए । उनका अनुसार वादलले यस्तै संस्थापनको यस्तै मनोमानी जारीरहे आफूहरु पार्टीमा बस्न नसक्ने र बस्नुको पनि कुनै औचित्य नहुने बताउनुभएको थियो ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.