दुबईमा मन्दिर नेपाली पुजारी


दुवई (यूएई), कार्तिक ५ – अरब क्षेत्रमा दिइने शुक्र’bout सार्वजनिक छुट्टीका दिन दुबईको मन्दिरमा हिन्दु धर्मावलम्बीको घुइँचो नै देखिन्छ । हिन्दुमात्र होइन, घुम्न र फोटो खिच्न आउनेहरू पनि उत्तिकै भीड छ । दशकौंदेखि पूजाआजा हुँदै आएको यो मन्दिरमा ठूला चाडपर्वहरूमा पनि भक्तजनहरूको भीड बढ्छ ।भुक्तजनको घुइँचोसँगै मन्दिरका पुजारीहरूलाई भ्याइनभ्याई छ ।मन्दिरमा पूजाआजाका लागि यहाँ कार्यरत नेपाली, भारती, श्रीलंकन, बंगलादेशीलगायत विभिन्न देशका हिन्दु धर्मावलम्बीहरू आउने गर्छन् । ‘यो मन्दिर नेपालको पशुपतिनाथ जस्तै हो, कुनै दिन पनि बन्द हुँदैन,’ मन्दिरका मुख्य पुजारी हरिप्रसाद नेपालले मन्दिर आउने दर्शनाथीहरूको संख्या अनुमान लगाउँदै कान्तिपुरलाई भने, ‘छुट्टीको एकै दिन १६/१७ हजार भक्तजन र टुरिस्टहरू आउँछन् ।’ मन्दिर आएका धर्मावलम्बीहरू लाइनमा बसेर पूजा गर्छन् ।

मन्दिरका मुख्य पुजारीमा एक देशकदेखि श्रीजुंग- ९, सेखिम्बा, तेह्रथुम हाल पुरानो बानेश्वर निवासी पण्डित

नेपाल र उनका सहायकमा भारतीय २ पुजारी छन् । बनारस विश्वविद्यालयबाट संस्कृतिमा प्स टु गरेको सुनाउँदै नेपालले आफूलाई यहाँ नेपाली पण्डित भनेर चिन्ने गरेको बताए ।

‘मुख्य पुजारीमै हुँ, जे जति ठूलो पूजा हुन्छ, मै गर्छु, अरू दुई जना सेवाधारी हुन्,’ नेपालले भने, ‘मलाई सबैले नेपाली पण्डित भनेर चिन्छन् । परदेशमा पनि आफ्नो धर्म-संस्कृतिको जगेर्ना गर्न पाएकोमा म धेरै खुसी छु ।’ तेह्रथुममा जन्मेर मोरङ हुँदै हाल काठमाडौं बसाइ रहेको जनाउँदै उनले मन्दिरकै भिसामा आफू दुबईमा कार्यरत रहेको सुनाए ।

नेपालका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को सरकारको अनुमतिमा ८१ वर्षअघि यो मन्दिर यूएईमा कार्यरत हिन्दुधर्मावलम्बी, विशेषगरी भारतीयहरूको पहलमा स्थापना भएको हो । आफ्नो जग्गा र व्यवस्थापन समिति भएको मन्दिर पहिला सानो रूपमा र पछिल्लो ६/८ वर्षदेखि व्यवस्थित रूपमा सञ्चालन भएको पुजारी बताउँछन् ।

दुबईको बढी चहलपहल हुने बरदुबईस्थित संग्रहालय नजिक एउटा भवनमा यो मन्दिर छ । भवनको तल मन्दिरका पूजा सामग्री तथा फूल-प्रसादी पसलहरू र माथि दुईतर्फ मन्दिर छ । पुजारीहरूका अनुसार शिव, साईबाबा, गणपति, दुर्गा, हनुमान, गुरुद्वार, कृष्ण लगायतका देवीदेवताको पूजा गरिने मन्दिरलाई मुख्य रूपमा शिव र कृष्ण मन्दिरका रूपमा चिन्ने गर्छन् ।

मन्दिरको तल विभिन्न प्रकारका १५ वटा फूल-प्रसादी पसल छन् ।

हात धुन तथा पिउनका लागि पानीको व्यवस्था पनि छ । मन्दिरमा जानका लागि तलै जुत्ता चप्पलहरू राख्ने धेरै खण्डहरू भएको ठूलो र्‍याक र माथि तलामा शौचालयको व्यवस्था छ ।

भारतीयको एक पूजा सामग्री पसलमा कार्यरत तुलसीभन्ज्याङ-८, स्याङ्जाका कमल भट्टराईले भक्तजनका लागि सबै सुविधा भएको सुनाउँछन् । ‘मन्दिरमा हिन्दु, बुद्धिस्टका अलवा हेर्न र फोटो खिच्न टुरिस्टहरू खुबै आउने गर्छन्,’ भट्टराईले कान्तिपुरलाई भने, ‘चाड पर्व र बिदाका बेला नेपालीहरूको पनि खुबै भीड लाग्छ ।’ अधिकांश पूजा सामग्रीहरू मुब्बईबाट आउने उनको अनुभव छ ।

मन्दिरका स्वयंसवीहरूको भक्तजनहरूलाई प्रसाद दिन, लाइन मिलाउन खटिने गर्छन् । भक्तजनलाई सानो कलशमा पञ्चामृत, फलफूल, प्रसाद दिने गर्छन् । मन्दिरमा बढी दूध जम्मा भएको दिन खीर, लड्डुसमेत बनाएर दिने गरेको पुजारी नेपाल बताउँछन् । ‘भक्तजनलाई खाली हात पठाउँदैनांै, कुनै न कुनै प्रसादी दिने चलन छ,’ नेपालले भने, ‘भोका भएर समस्या हुनेहरूलाई त खाना पनि खुवाउने गर्छौं ।’

मन्दिर बिहान ६ बजे आरती भएदेखि दिउँसो १ बजेसम्म खुला हुन्छ, त्यसपछि विश्राम, फेरि अपराह्न साढे ४ बजे खुला, ७ बजे आरती र राति साढे १० बजे बन्द हुन्छ । ‘कैयौं व्यक्ति यहाँ मन्दिर देखेर आश्चर्य मान्छन्,’

मन्दिरका सुरक्षा गार्ड बुटवलका ओमबहादुर विकले भने, ‘नेपालीहरू पनि यहाँ खुबै आउने गर्छन् ।’

पुजारी नेपालका अनुसार विशेषगरी दसैं, तिहार, पूणिर्मा, तीज, गणेश चतुर्थी, चैते दसैं, नयाँ वर्ष, गुरु नानक जयन्ती लगायत अन्य चाड पर्व, पूजा आजाका तिथिहरूमा भक्तजनहरूको संख्या बढी हुन्छ । दसैंका बेला त थामी नसक्नुको भीड थियो । आइतबार र बुधबार दर्शनार्थी कम हुने गर्छन् । पुजारी नेपालले मन्दिरमा दिनहुँ भजनकीर्तनसमेत हुने बताए ।

Posted by: Dambar Rimal                                        Source : ekantipur

One response to “दुबईमा मन्दिर नेपाली पुजारी

  1. MANDIR CHAHI CHHA TARA PUJARILE BHANE JASTO CHAHI PATTAKKAI CHHAINA TEHI PANI SANO KUNA MA CHHA PUJARI BAHAYERA PANI ESARI JHUT BOLDA RAMRO HUNCHHA RA?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.