क्लवले खेल्ने देउसी-भैलो किन र के’का लागि ?


ईन्द्र भूषाल, कुवेत

नेपाली समाज कुवेतको इतिहासमा सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेत कुवेतबासी नेपाली जन-मानसको मुखमा झुण्डिएको शब्द हो । जुन संस्थाले बिगत १२ बर्ष देखी अबिरल रुपमा प्रबासी कुवेतबासी नेपालीहरुलाई दु:ख र सुखमा साथ दिंदै आएको छ । खेलकुदको मैदानमा नेपाली खेलाडीहरुलाई खेल्ने अबसर प्रदान गरेर होस् या कुनै आपत र बिपतमा परेका नेपालीहरुलाई सहयोग, सुझाब र सल्लाह दिएर होस् यो संस्थाले आफ्नो क्षमताले पुगेसम्म मन, बचन र कर्मले नेपालीहरुको सेवा गर्दै आएको छ । समग्रमा भन्नुपर्दा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब यस्तो संस्था हो, जसले नि:स्वार्थ भाबनाले नेपालीहरुको दु:ख सुखमा साथ दिएको मात्र होईन नेपाली भएर जन्मेपछी नेपालको नाम संसारमा चिनाउन एक नेपालीको कर्तब्य हो भनेर पनि सबैलाई सन्देश दिएको छ ।

बिजया दशमी भर्खरै सकियो तर नेपालीहरुको दोश्रो महान पर्व तिहार लगभग भित्रिन केही दिन मात्र बाँकी छ । हरेक चाडपर्वका बिभिन्न महत्वहरु हुन्छन र सोही अनुरुप नेपालीहरुले उक्त पर्वलाई मनाउँछन अनी सदुपयोग पनि गर्दछन । दिपावली अर्थात ठाडो नेपाली भाषामा तिहार भन्ने बित्तिकै देउसी-भैलो अनी नाचगान र घन्कने मादलको याद मात्र होईन दिदीबैनीले लगाईदिएको मखमली फुलको माला अनी निधारको सप्तरङ्गी टिकाको पनि सम्झना आउँछ । भने र चाहे जस्तो जिन्दगी हुँदैन र जहाँ जुन बेला चाह्यो त्यो ठाउँमा पुग्न सम्भव हुँदैन तर हामी जहाँ छौं त्यहाँ रमाउन सक्छौं अनी चाहेको गर्न पनि सक्छौं आज यस क्लबले त्यही गर्न खोजिरहेको छ, नेपाली समाज कुवेत र हाम्रो प्यारो देश नेपालको लागि ।

नेपालमा बिगतका दिनहरुमा भैलो-देउसी खेलेर पछी बनभोज गरी उठेको रकम रमझममा खर्चने चलन थियो । तर बिस्तारै त्यो मोजमस्तिमा खर्चने रकम सामाजिक कार्यमा लागानी गर्ने काम भएको हामीले हरेक गाउँ-टोलमा देख्न सकिन्छ । यद्दपी, अझै पनि उठाउने र खाने चलन पूर्णतया सकिएको छैन चाहे त्यो प्रबासमै किन नहोस् । क्लबले देउसी भैलो खेल्दैछ नेपाली पन र मनलाई स्थायित्व दिनको लागि अनी नेपाली संस्कारलाई बचाई राख्नको लागि ताकी भोली गएर पश्चिमेली संस्कृतिको मारमा पर्दा पनी नेपालीहरुले आफ्नो भाषा संस्कृती अनी पहिचान र चाडपर्वलाई गौरबका साथ शिर ठाडो पारेर मान्न र मनाउन सकुन ।

कुवेतमा खेलिने देउसी भैलोको उदेश्य:
संस्कृतिको रक्षा सँगै क्लबले देउसी भैलो खेल्ने उदेश्य भनेको बिगत केही साल देखी रोकिएको सार्क स्तरिय फुटबल च्याम्पियनशिप (E-SAF-C) को लागि आर्थिक सहयोग जुटाउनु हो । हाम्रा दिदीबैनी र दाजुभाइहरु नेपालमा देउसी भैलो खेल्दै समाजमा सामाजिक कार्य गर्लान- हामी कुवेतमै भएपनी किन नगर्ने ? नेपाल, भारत, श्रीलन्का, पाकिस्तान, बङलादेश, माल्दिप्स र बर्माका कुवेतमा प्रबासी जिबन व्यतित गरिरहेका खेलाडीहरुलाई खेल्ने मौका दिंदै नेपालले आफ्नो छिमेकी देशहरुसँग रहेको मित्रतालाई अझ बलियो र प्रगाढ बनाउनु अनी नेपाल र नेपालीको नाम खेलको माध्यमबाट संसारमा रोशन पार्नु यस क्लवको उदेश्य हो । जसको आर्थिक संकलनको लागि क्लबले नेपालीहरुको महान पर्वलाई सदुपयोग गर्दै र सबैको सहयोग जुटाउँदै सफल कार्यक्रमको सुन्दर सपना देखेको छ । सामाजिक कामका धेरै रुपहरु हुन्छन बिजया दशमीमा दिने-लिने दक्षिणा संकलन गरी पर्वतका अपाङ्ग दिदीबैनीहरुलाई सहयोगको लागि अगाडि बढीएको छ भने अब तिहारमा गरेको दान -दक्षिणाले हामी राष्ट्रको नाम रोशन गर्न र हाम्रो खेलाडी संरक्षण कोषलाई मजबुत बनाउन अगाडि लम्कदैछौं ।

कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाको आत्मियताको परिचय:
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले आयोजना गर्ने यो महान फुटबल प्रतियोगितालाई सफल पार्न क्लबले सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई सहयोगको लागि अपिल त गरेकै छ । त्यसमा पनि लगभग अब दुई दर्जन पुग्न लागेका नेपाली सँघ-संस्थाहरुलाई पनि हाम्रो यो सामुहिक यात्रामा सहयोग गरी अगाडि बढ्न आग्रह गरेको छ । नेपालबाट कलाकार मगाई गर्ने साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुलाई उपलब्ध गराउन औपचारिक पत्रचार भएको छ भने अन्य संस्थाहरुबाट उत्तिकै अपेक्षा गरेको छ । तर हेर्न बाँकी नै छ कि कुवेतबासी नेपालीहरु प्रबासमा कत्तिको एकिकृत अनी आत्मियतामा बाँधिएर बसेका रहेछौं भनेर ? हामीले नेपाली नेतालाई हरेक दिन गाली दिन्छौं आपसमा मिलेनन् भनेर तर अब हामी कत्तिको मिलेका छौ हेरौ ? सबै संस्थाको कार्यक्रममा क्लबले आर्थिक देखी भौतिक एवं बौद्दिक सहयोग गर्न कुनै कसर बाँकी राखेको छैन भनें क्लबकै मातहतमा सन्चालित कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका जुन क्लब कार्यसमितिकै सदस्यहरुले सन्चालन गरेका छन त्यसले पनि कुवेतका सम्पूर्ण सँघ-संस्थाको कार्यक्रमहरु विश्वभरी छरिएर रहेका नेपालीहरु बिच पुराउन र देश बिदेशका जल्दाबल्दा समाचारहरु सम्प्रेषण गरेर सबैलाई सु-सूचित गर्न ठुलो टेवा दिंदै आएको छ । हामी आशाबादी छौ, हाम्रो यस राष्ट्रिय अभियान एवं सम्पूर्ण नेपालीहरुको साझा कार्यक्रम अवश्य सफल हुनेछ ।

खेलौ देउसी-भैलो तिहार मनाउन
हाँसखेल गर्दै फुटबलको मैदानमा रमाउन
सबै हामी नेपाली एकै हौं,
माता लक्ष्मी हामीलाई धनीधन्य बनाउन !!

Posted by: Jay Ale

One response to “क्लवले खेल्ने देउसी-भैलो किन र के’का लागि ?

  1. Smpurna Kuwait basi nepali dajubhai tatha didi bahini harulai yadi hajur sanga kehi samaya bhayemaa yo lekha lai yekpalta puraa padhidinu huna binamra anurodha gardachhau.

    Dhanyabad
    Dharma Raj Giri

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.