Daily Archives: 23/10/2011

विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण


दिश्वदिप तिगेला, महासचिव-GFNL

टोरन्टो, मिसागा १९ अक्टोबर । क्यानडाको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण गरेको छ । महासङ्घको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हरी शिवाकोटि, सपना गौतम, सुभाष दुतराज र कल्पना अवस्थी रहेका छन् । सदस्यहरु सुरेन उप्रेती, तुला भट्टचन, मानकाजी श्रेष्ठ र अतिथि सदस्यहरु  गोपीकृष्ण काफ्ले, आङबारु शेर्पा, चन्द्रा राई, गोपाल भण्डारी, मुक्ति गौतम, कुसुम ज्ञवाली, कमल थपलिया, भिमादी याक्थुम्बा र अनिता रसाइली रहनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भाई टिकाको सम्झनामा..


ईन्द्र भूषाल, कुवेत


बर्ष दिनको देउसी-भैलो यसपाली नि खेल्न पाईन
पिपलको ठुलो रुखमा मैलो लट्टो झेल्न पाईन
आसै-आसमा बसेको छु आर्को साल पाउँछु भनी
साथी भाईलाई भनिसके पर्खि बसे आउछु भनी पढ्नेक्रम जारी राख्नुहोस्

दुबईमा मन्दिर नेपाली पुजारी


दुवई (यूएई), कार्तिक ५ – अरब क्षेत्रमा दिइने शुक्र’bout सार्वजनिक छुट्टीका दिन दुबईको मन्दिरमा हिन्दु धर्मावलम्बीको घुइँचो नै देखिन्छ । हिन्दुमात्र होइन, घुम्न र फोटो खिच्न आउनेहरू पनि उत्तिकै भीड छ । दशकौंदेखि पूजाआजा हुँदै आएको यो मन्दिरमा ठूला चाडपर्वहरूमा पनि भक्तजनहरूको भीड बढ्छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाबुरामले पार्टी अनुशासन तोडेर बिपा सम्झैता गरेः वादल


प्रचण्डले सिलुगुढीमा रअका मान्छे भेटेको आरोप
६ कात्तिक, चितवन । एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ले प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टीको आधिकारिक निर्णयविपरीत भारतसँग बिपा सम्झौतामा हस्ताक्षर गरेर पार्टी अनुशासन तोडेको आरोप लगाउनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दीप्सको ‘आगो’को लप्कासँग खेल्ने आँट


आचार्य प्रभा, क्लोराडो

पुस्तक चर्चा:
निक्कै पहिलादेखी नै साहित्य र श्रीजनामा लगनशिल दीप्स शाहलाई कबिता यात्रामा सिद्धहस्त नै मान्न सकिन्छ । नेपाल छँदादेखी नै पत्रकारितामा समर्पित दीप्सका संग्रहहरु मध्ये “आगो” कबिता संग्रह दोश्रो हो । “प्रसून” साहित्यिक सँगालो पछीको यो “आगो” संग्रह अहिले टाढै भएपनी कोशेली स्वरूप मेरो हातमा आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लौ हेर्नुस् असिना !


कास्कीको ढिकुरपोखरीमा संकलित असिनाको थुप्रो देखाउँदै स्थानीय। शुक्रबार बेलुकी परेको भिषण असिना शनिबार मध्यान्हसम्म पनि पग्लेको थिएन। पढ्नेक्रम जारी राख्नुहोस्

सार्क ट्वान्टी-२० क्रिकेटमा नेपाल कठिन समूहमा


काठमाडौं, कात्तिक ६ – माल्दिभ्समा हुने सार्क यु-२५ ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा नेपाल कठिन समूहमा परेको छ। नेपाल समावेश समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र भारत छन्। समूह ‘ए’ मा भुटान, बंगलादेश, अफगानिस्तान र आयोजक माल्दिभ्स छन्।

  पढ्नेक्रम जारी राख्नुहोस्

क्लवले खेल्ने देउसी-भैलो किन र के’का लागि ?


ईन्द्र भूषाल, कुवेत

नेपाली समाज कुवेतको इतिहासमा सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेत कुवेतबासी नेपाली जन-मानसको मुखमा झुण्डिएको शब्द हो । जुन संस्थाले बिगत १२ बर्ष देखी अबिरल रुपमा प्रबासी कुवेतबासी नेपालीहरुलाई दु:ख र सुखमा साथ दिंदै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्