कुवेतमा तनहुँ सम्पर्क समाज कुवेतको गठन


जय आले, कुवेत

२१ अक्टोबर २०११ शुक्रबारका दिन, कुवेतको नेपाली समाजमा अर्को एउटा नेपाली संस्था “तनहुँ सम्पर्क समाज कुवेत” को गठन भएको छ । मुर्गाफस्थित सोल्टी नेपाली होटलमा बृहत कुवेतवासी तनहुँङ्गेहरुको भेलाले दुई बर्षे कार्यावधीको (११ सदस्यीय) कार्यकारिणी समिति गठन गरेको छ भनें आगामी ११ नोभेम्बरमा बस्ने अर्को भेलाले तनहुँका प्रत्येक गाबिसलाई प्रतिनिधित्व हुनेगरी यस कार्यसमितिलाई बिस्तार गर्नेछ ।

तनहुँ सम्पर्क समाजको कार्यकारिणी समितिमा निम्न पदाधिकारिहरु चयन भएका छन्:
अध्यक्ष – यादव श्रेष्ठ (व्यास नगरपालिका-१०)
उपाध्यक्ष – श्याम थापामगर (घाँसीकुवा-१)
महासचिव – राजन रिमाल (दुलेगौंडा-५)
सचिव – रेशम अधिकारी (केशवटार-९)
कोषाध्यक्ष – आनन्द आचार्य (सतिस्वाँरा-९)
सह-कोषाध्यक्ष – दीपेन्द्र खड्का (व्यास नगरपालिका-४)
सदस्य – किरण पन्थ (पोखरी भञ्ज्याङ्-७)
सदस्य – राजेन्द्र बिरही (भानु नगरपालिका-३)
सदस्य – हर्कमान श्रेष्ठ (भिमाद गाबिस-१)
सदस्य – जानकी बि.क (खैरेनीटार-८)
सदस्य – बम बहादुर गुरुङ् (छाङ् गाबिस-७), रहनु भएको छ ।

कुवेतनेपाल डटकमले समाजका महासचिव राजन रिमाललाई सम्पर्क गरी संस्था गठन हुनुको मुल उद्देश्य’bout जिज्ञासा राख्दा; श्री रिमालले नेपाली समाज कुवेतमा कृयाशिल रहि आफु जन्मेको भूमि (तनहुँ)लाई सेवा गर्ने, प्रबासी तनहुँङ्गेहरुको हर सुख दु:खमा साथ दिने, हाल एक आन्तरिक कोषको स्थापना गरी भविष्यमा परिचालन गर्दै ऐन अनुसार दर्ता गराई शहकारी संस्था सञ्चालन गर्ने र तनहुँमा स्वरोजगार कार्यक्रम समेत सञ्चालन गर्ने संस्थाको उद्देश्य तथा कार्ययोजना रहेको बताउनु भयो । यस समाजले कुवेतमा पीडित बनेका सबै नेपालीहरुको समस्यालाई हेर्छ कि तनहुँङ्गेहरुको समस्यामा मात्र केन्द्रित रहन्छ भन्ने हाम्रो अर्को जिज्ञासामा; श्री रिमालले सबैको समस्यालाई हेर्नेछ तर बिशेषगरी तनहुँङ्गेहरुको समस्यामा केन्द्रित रहने बताउनु भयो ।

यसैगरी, तपाईं अ.ने.सा.स कुवेतको अध्यक्ष, नेपालकुवेत डटकम तथा मरुभूमिको कोसेलीको सञ्चालक, दर्जनौं अन्य सँघ-संस्थाहरुमा पनि आवद्द हुनुहुन्छ “हुँदाहुँदा तनहुँ समाजको महासचिवमा पनि आफै” काम गर्न सकिन्छ र भनेर महासचिव रिमाललाई कुवेतनेपाल डटकमले राखेको अन्तिम जिज्ञासामा; श्री रिमालले मैले सदस्यमा बस्ने निर्णय गरेको थिएं तर सबैको करकापले महासचिवमा बसेको छु । पदिय अभिभारा लिईसकेपछी जसरी पनि निर्वाह गर्ने प्रयत्न गर्नेछु र खासगरी हाम्रो यस संस्थामा पदमा जो कोही रहेपनि सबैलाई कामको बाँडफाँड गरेर कार्यशैलीलाई मुर्तरुप दिने परिपाटी मिलाईएको छ भन्ने जानकारी दिंदै, सम्पूर्ण कुवेतवासी तनहुँङ्गे दाजुभाइ तथा दिदीबहिनीहरुलाई आगामी नोभेम्बर ११ मा हुने अर्को भेलामा सहभागी हुन आव्ह्वान समेत गर्नु भएको छ ।

कुवेतनेपाल डटकम शुभ-दिपावलीको यस पुनित अवसरमा समाजलाई हार्दिक बधाई दिंदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ ।

3 responses to “कुवेतमा तनहुँ सम्पर्क समाज कुवेतको गठन

  1. तनहुँ सम्पर्क समाज कुवेत का सम्पूर्ण पदधिकारी हरुको सफल कार्यकालको शुभकामना

  2. tanahun samparka samaj be a successfull in end off future thanks Dhan raj thapa tanahun currently at tamimi global co, kuwait FROM KHAITAN…………….!

  3. hardik badhai tatha shubhakamana sampurna padadhikari haru lai.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.