विश्वकै सर्वाधिक आधुनिक नं १ सहर : बोस्टन


सिड्नी, १ कात्तिक

अस्ट्रेलियाली विश्लेषक संस्था ‘टुथिंकनाउ’ ले सार्वजनिक गरेको विश्वका सर्वाधिक आधुनिक ३ सय ३१ सहरको सूचीमा पहिलो स्थानमा अमेरिकाको पुरानो सहरमध्येको एक बोस्टन सहर  परेको छ । संस्थाको ‘इनोभेटिभ ग्लोबल इन्डेक्स २०११’ नामक प्रतिवेदनले बोस्टन सहरलाई विभिन्न क्षेत्रगत आधारमा विश्वकै नम्बर एक सहरको स्थानमा उभ्याएको छ ।

बोस्टन सहरमा विश्वप्रसिद्ध हाभर्ड युनिभर्सिटी र एमआइटी (दि मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी) लगायतका संस्थाहरू रहेका छन् । त्यसका साथै व्यावसायिक आधार र अन्य बहुसंख्यक सञ्जालले सहरलाई सर्वाधिक आधुनिक सहरको बनाएको हो ।

प्रतिवेदनका अनुसार उत्कृष्ट १० मा पर्ने अन्य सहरहरूमा क्रमशः सनफ्रान्सिको बे एरिया, पेरिस, न्युयोर्क, भियना, आम्स्टर्डम, म्युनिख, लियोन, कोपेनहेगन र टोरोन्टो रहेका छन् । “सहर नवीनता अधिकांश कम्पनीहरूका लागि दुईदेखि पाँच वर्ष सम्मका लागि आर्थिक रूपमा निकै राम्रो हुन्छ,” टुथिंकनाउका कार्यकारी प्रबन्धक क्रिश्टोफर हायरले भने ।

क्यानडेली सहर टोरोन्टो यो वर्षको सूचीमा दुई स्थान माथि उक्लेर १० नम्बरमा परेको छ । त्यस्तै एसियाली बजार हङकङले पनि केही सफलता हात पारेको छ । यद्यपि यो वर्षको सूचीमा हङकङ १५ औं स्थानमा परेको छ ।

त्यसैगरी अस्टे«लियाको मेलबर्न र सिड्नी सहर सूचीको क्रमशः १७ र २० औं स्थानमा छन्, तर टोकियो ओरालो लागेर २२ औं स्थानमा परेको छ भने संघाई सूचीको २४ औं स्थानमा रहेको छ ।

“सूचीमा पहिलो पटक वुहान र चन्जुलगायत सहरको नाम पर्न सफल भएको छ,” प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै युरोपेली सहरको स्थानमा पनि निरन्तर रूपमा उकालो लाग्दै गएको छ । यो वर्षको सूचीमा जर्मन सहर म्युनिख अघिल्लो वर्ष कायम १५ स्थानबाट माथि उक्लेर ७ स्थानमा पुगेको छ । त्यस्तै लन्डन पनि १४ औं स्थानबाट ११ औं स्थानमा उक्लेको छ ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.