त्रिपोली, कात्तिक ३ (एजेन्सी)- लिबियाका सत्ताच्यूत शासक मुआम्मार गद्दाफी बिहीबार गृहनगर सिर्टेमा पक्राउ परेका छन् । अन्तरिम शासनका कमान्डरले उनी पक्राउ परेको पुष्टि गरेका छन्। ‘लामो समयदेखि भूमिगत गद्दाफी अन्ततः पक्राउ परेका हुन् ।’ राष्ट्रिय संक्रमणकालीन परिषद्का कमाण्डर महोम्मद लेथले एएफपीसँग भने, ‘मैले स्वयं गद्दाफीलाई देखेँ, उनले खाकी बर्दी लगाएका थिए ।’
लिबियाको टेलिभिजन च्यानल लिबिया लिल अहररले उनी अन्तरिम शासनको हिरासतमा रहेको जनाएको छ । सिर्टेमा भएको अन्तिम संघर्षमा गद्दाफी शासनका रक्षामन्त्री अबु बक्र युनिस मारिएका छन् । स्थानीय अस्पतालमा ल्याइएको शवमा उनको शवसमेत रहेको पहिचान भएको चिकित्सकहरुले बताएका छन् ।
Posted by: Jay Ale Source: Nagarik