आगामी दुई दशकमा अमेरिकाको ठाउँ चीनले लिने


आगामी दुई दशक अवधिमा विश्व शक्तिमा रूपान्तरण भई अमेरिकाको ठाउा चीनले लिनेछ र सम्पूर्ण विश्वका साथ हामी अमेरिका ढलेको र चीन उदाएको साक्षी हुनेछौँविश्वका प्रायः देशलाई विश्वव्यापी नियन्त्रणमा अमेरिकी नेतृत्व स्वीकार गर्नु विवादरहित दोस्रो प्राकृतिक नियमजस्तै भएको छ । निकटतम ठूलो चिनियाँ अर्थतन्त्रको दाँजोमा अमेरिकी अर्थतन्त्र अझै पनि झन्डै तेब्बर ठूलो रहेको छ । यति मात्रै होइन कि अमेरिकाको सैनिक सुदृढीकरण र क्षमता पनि चुनौतीरहित अवस्थामा अगाडि छ ।

दोस्रो विश्वयुद्धयता विश्व दुई धु्रवमा विभाजित थियो । एकातर्फको नेतृत्व अमेरिकाले गरेको थियो भने अर्कातर्फको सोभियत संघले । तर, सन् १९८९ मा बर्लिन पर्खाल ढलेपछि र शक्तिशाली सोभियत संघ पनि विभिन्न पन्ध्र देशमा विभाजित भएपछि विश्व वर्तमान अवस्थासम्म एकधु्रवीय रूपमा अगाडि बढ्यो अर्थात् विश्व साम्राज्यको एकाधिपति मालिक अमेरिकै रहन पुग्यो । तर, अहिले भने विश्व नियन्त्रणको दिशामा केही परिवर्तन आउन लागेको भान हुन्छ । चीनले आर्थिक क्षेत्रमा हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय सम्मान तथा शक्ति व्यापक भइसकेको छ ।

केहीअघि मात्रै अमेरिकी दीर्घकालीन ऋणलाई रेटिङ एजेन्सी कम्पनी स्ट्यान्डर्ड एन्ड पुअरले तीन ‘ए’ बाट घटाएर दुई ‘ए+’ कायम गरेको छ । यसले विश्व बजारमा जापानको भूकम्प र यसपछिको सुनामीजस्तै हलचल पैदा गराइदियो । विश्वभरका लगानीकर्ताले एकै दिनमा २५ खर्ब अमेरिकी डलर गुमाए । जुन रकम नेपालको झन्डै पाँच सय वर्षको वाषिर्क बजेटबराबर हो । त्यसपछिका दिनमा पनि अमेरिकी लगानीकर्ताले मात्रै एकै दिनमा १० खर्ब अमेरिकी डलर गुमाएको यथार्थ हाम्रासामु प्रस्ट भइसकेको छ । प्रमुख रेटिङ कम्पनीले योभन्दा पहिले कहिले पनि विशाल शक्तिको यसरी ऋणदर कटौती गरेको थिएन ।

अमेरिकाको ऋणदर कटौतीको निर्णयविरुद्ध त्यहाँको सरकारले त रेटिङ एजेन्सीको गणितीय सूत्र नै त्रुटिपूर्ण भएको आरोप लगाउँदै यसमा छानबिन गर्ने घोषणासमेत गर्‍यो । तर, यो सरकारको आक्रोश मात्रै हो । अर्थतन्त्र डामाडोल अवस्थामा पुगेर त्यसलाई माथि उकास्न गत साल मात्रै अमेरिकी फेडरल रिजर्भले ६ सय अर्ब डलर बजारमा ल्याएको थियो । सरकारी ऋण तह बढाउने बहसमा विपक्षी र राष्ट्रपति ओबामाबीचको असहमतिले अमेरिकी आर्थिक प्रणाली मात्रै नभई त्यहाँको राजनीतिक प्रणाली पनि ठीक छैन कि भन्ने चर्चा विश्वभर चल्न थाल्यो । यी सबै यथार्थबीच रेटिङ एजेन्सीले अमेरिकी ऋणदरमा गरेको कटौती वास्तविकतामा आधारित भएको प्रस्ट हुन्छ । यसको छानबिन गर्ने चुनौती एजेन्सीले अमेरिकी सरकारलाई दिइसकेको छ ।

अहिलेको विश्व महाशक्ति अमेरिकाले विश्वका कुनै पनि भू-भागमा सैनिक हस्तक्षेप गर्न सक्छ, अमेरिकी सैनिकले विश्वका कुनै पनि भू-भागमा बुट बजार्न सक्छन् । अमेरिकाको मुख्य भूमिबाट अफगानिस्तानसम्म पनि बम हमला गर्न सक्छ र ३१ घन्टाको अविराम लामो यात्रा गरी पुनः पहिलेकै उडान क्षेत्रमा र्फकन सक्छ । तर, यी सबै क्रियाकलापलाई अर्थतन्त्रले सहयोग गरेमा मात्रै सम्भव छ ।

आज पनि अमेरिका विश्वकै ठूलो आर्थिक शक्ति हो । देशले इराक र अफगानिस्तानजस्ता देशमा कल्याणकारी योजनाका साथै लडाइँ छेडेको छ । तर, उसका यी गतिविधि जनतालाई कर लगाउने इच्छाभन्दा पनि बढी देखिएको छ र यसले मध्यमवर्गीय जनतालाई ऋणको बोझ बढाएको छ । रिपब्लिकन जस्तै डेमोक्र्याटले पनि धनी अमेरिकीलाई कर लगाउने विषयमा त्यति वास्ता गरेका छैनन् । १९८० मा अमेरिकी फेडरलले १९ प्रतिशत कुल गार्हस्थ उत्पादन -जिडिपी) र ०.९ टि्रलियन डलर प्राप्त गरेको थियो । अहिले फेडरलले जिडिपीबाट प्राप्त गर्ने हिस्सा पाँच प्रतिशतले कम छ भने ऋण झन्डै १५ गुणा बढी छ । यसैबीच हामी भन्न सक्छौँ कि अमेरिका ऋण चक्रमा जेलिइसकेको छ । हुनतः अन्य औद्योगिक देशहरू जस्तै जापानको सरकारी ऋण अझै पनि औद्योगिक विश्वमै उच्च छ । जापानको सरकारी ऋण जिडिपीको दुई सय प्रतिशत छ । जापानसँगको तुलनामा अमेरिकी सरकारी ऋण कमै भए पनि युरोपेली देशको अहिलेको ऋण संकटजस्तै संकट अमेरिकामा पनि नआउला भन्न सकिन्न । त्यतिवेला अमेरिकी शक्ति पूर्ण रूपमा क्षिण भएर गइसकेको हुनेछ ।

यद्यपि ऋण मात्रै समस्या होइन । तर, चुलिँदै गएको ऋण र राजनीतिक दलहरूले कर बढाउने विषयमा गरेको अवरोध तथा खर्च कटौतीमा देखिएको विवादमा दलीय स्वार्थ देखिएको छ र यो नै वास्तविक समस्या हो ।

अमेरिकी द्विविधाले चीनमा ठूलो ध्यानाकर्षण गरेको छ । एस एन्ड पुआरले अमेरिकी ऋणदर कटौती गर्नुपूर्व चीनले अमेरिकी ख्यातिको धज्जी उडाउन चिनियाँ सरकारी मुखपत्र सिह्न्वाको भरपुर प्रयास गरिरहेको थियो । अमेरिकी संरचनागत ऋण समस्या’bout चिनियाँ गुनासोको पनि कारण हुनुपर्छ । चीनले अमेरिकी ऋणपत्रको १.२ टि्रलियन -१ टि्रलियनमा १० खर्ब) डलर लिएर बसेको छ । विश्वका अन्य देशले लिएको भन्दा यो अत्यधिक बढी हो । तर, एजेन्सीले ऋण दरमा कटौती गरेपछि यसको मूल्यमा कमी आउने भएकाले अमेरिकी ऋण दर कटौतीप्रति चिनियाँ चासो गएको हुन सक्छ ।

सिह्न्वाले अमेरिकाले सहजै ऋण लिन सक्ने अवस्था गइसकेको चेतावनीको शंखनाद गरिसकेको छ । यद्यपि विश्व संचिति मुद्रामा डलरलाई युआनले विस्थापित गर्ने संकेत देखापरिसकेको अवस्थामा पनि अमेरिका अझै ऋण लिँदै छ । यसको ज्वलन्त उदाहरणमा विश्व संचितिको मुद्रामा युआनले डलरलाई विस्थापित गर्ने विकल्पको धम्की दिइसकेको छ । यसका लागि उसले १९९७ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको हङकङ र सिंगापुरलाई प्रयोग गर्दै आएको छ । युआनलाई विश्व संचितिको मुद्रा बनाउने प्रयासको थालनी २००९ बाटै सुरु भइसकेको छ । यसैबीच ‘इकलिप्स ः लिभिङ इन द स्याडो अफ चाइनाज इकोनोमिक डोमिनेन्स’ पुस्तकमा पिटरसन इन्स्िटच्युट फर इन्टरनेसनल इकोनोमिक्सका वरिष्ठ अर्थशास्त्री अरविन्द सुब्रमन्यमले लेखेका छन्, ‘२०३० मा विश्वको सर्वाधिक ठूलो अर्थतन्त्रको उपाधि चीनलाई हासिल हुनेछ, जुन अमेरिकाले १९७० र बेलायतले १८७० मा प्राप्त गरेको थियो । यो आर्थिक श्रेष्ठताले युआनलाई विश्वको संचिति र अन्तर्राष्ट्रिय मुद्राका रूपमा स्थापित गर्नेछ ।’ अमेरिकाले बेलायतलाई विश्वकै ठूलो अर्थतन्त्रबाट उछिनेलगत्तै अन्तर्राष्ट्रिय मुद्रामा पनि स्टर्लिङ पाउन्डलाई डलरले विस्थापित गरेको थियो । यही यथार्थ डलर र युआनमा पनि लागू हुनेछ र सन् २०३० तिर विश्व संचिति मुद्राको रूपमा युआनको उदय हुनेछ ।

अमेरिकी सैनिक शक्तिलाई आधार मान्दा चीनले स्पष्ट नखुलाएको शान्तिपूर्ण उदयको माध्यमबाट प्रत्याक्रमण शक्तिको विकास गरिरहेको छ । चीनले अमेरिकालाई विशाल सैनिक खर्च कटौती गर्न आह्वान गरिरहेको छ । अमेरिकाले खाडीको तेलजस्ता आर्थिक स्रोतमा पहुँच बढाउन प्रयोग गरिरहेको सैनिक शक्तिमा संवाहकको काम गर्ने आर्थिक शक्तिको कमजोरीले अमेरिकी सैनिक मजबुतीलाई कम गर्न सायद मद्दत गर्ला । यी सबै दृष्टान्त हेर्दा आगामी दुई दशकको अवधिमा विश्व शक्तिमा रूपान्तरण भई अमेरिकाको ठाउँ चीनले लिनेछ र सम्पूर्ण विश्वका साथ हामी अमेरिका ढलेको र चीन उदाएको साक्षी हुनेछौँ ।

Posted by: Dambar Rimal                                                Source: nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.