Daily Archives: 20/10/2011

आगामी दुई दशकमा अमेरिकाको ठाउँ चीनले लिने


आगामी दुई दशक अवधिमा विश्व शक्तिमा रूपान्तरण भई अमेरिकाको ठाउा चीनले लिनेछ र सम्पूर्ण विश्वका साथ हामी अमेरिका ढलेको र चीन उदाएको साक्षी हुनेछौँविश्वका प्रायः देशलाई विश्वव्यापी नियन्त्रणमा अमेरिकी नेतृत्व स्वीकार गर्नु विवादरहित दोस्रो प्राकृतिक नियमजस्तै भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए


त्रिपोली, कात्तिक ३ (एजेन्सी)- लिबियाका सत्ताच्युत शासक मुआम्मार गद्दाफी बिहीबार गृहनगर सिर्टेमा मारिएका छन् । उनी भीडन्तमा मारिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ‘उनी समातिए, उनको दुबै खुट्टा चल्ने अवस्थामा थिएन र उनलाई एम्बुलेन्सबाट अस्पताल लगिँदै थियो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

गद्दाफी पक्राउ


त्रिपोली, कात्तिक ३ (एजेन्सी)- लिबियाका सत्ताच्यूत शासक मुआम्मार गद्दाफी बिहीबार गृहनगर सिर्टेमा पक्राउ परेका छन् । अन्तरिम शासनका कमान्डरले उनी पक्राउ परेको पुष्टि गरेका छन्। ‘लामो समयदेखि भूमिगत गद्दाफी अन्ततः पक्राउ परेका हुन् ।’ राष्ट्रिय संक्रमणकालीन परिषद्का कमाण्डर महोम्मद लेथले एएफपीसँग भने, ‘मैले स्वयं गद्दाफीलाई देखेँ, उनले खाकी बर्दी लगाएका थिए ।’ पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री आजदेखि भारत भ्रमणमा


को-को जाँदैछन् भारत ?
काठमाडौं, कात्तिक ३ – प्रधानमन्त्री बाबुराम भट्टराई भारतको चारदिने औपचारिक सद्भावना भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन्। मध्याह्न सवा १२ बजे सात मन्त्री र आठ सचिवसहित ३७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी नयाँदिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सुनको नालिबेली


आभूषणका रूपमा मात्र नभएर सुनको उपयोग आयुर्वेदिक तथा एलोप्याथिक औषधिहरू, जीव रासायनिक उत्प्रेरकहरू, पर्यावरण विज्ञान, इलेक्ट्रोनिक्स, नेनो टेक्नोलोजी, फोटोग्राफी एवं दन्त चिकित्सादेखि अन्तरिक्ष यानहरूसम्म हुन्छ। फरक यति हो कि अरू ठाउँमा प्रयोग गरिने भन्दा आभूषणमा यसको प्रयोग बढी हुन्छ। वास्तवमा सुन विशिष्ट धातु हो, जसमा जल वा साधारण अम्ल-क्षारको प्रभाव हुँदैन न त अक्सिजनको। यसलाई पिटेर फैलाउन सकिन्छ। एक ग्राम सुनबाट एक स्क्वायर मिटरसम्मको पाता बनाउन सकिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्