कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निकालेको नयाँ वरियतामा नेपाल ९ स्थान तल झर्दै १ सय ४४ औँ स्थानमा पुगेको छ ।पछिल्लो चोटी फिलिपिन्स र मलेशियासँग खेलेका मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपाल वरियतामा ९ स्थान तल झरेको हो । एक महिना अघिको वरियतामा १ सय ९३ अंक रहेको नेपालको अहिले १ सय ७६ अंक मात्र छ ।
दक्षिण एशियाली क्षेत्रको बंगलादेश ३ स्थान तल झरे पनि नेपालभन्दा माथि, एक सय ४१ औं स्थानमा छ । भारत ३ स्थानमाथि चढ्दै १ सय ६० औं स्थानमा छ भने माल्दिभ्स ४ स्थानमाथि उक्लिदै १ सय ६२ औं स्थानमा पुगेको छ । पाकिस्तान १ सय ७३ औं स्थानमा झरेको छ भने श्रीलंका १ स्थान तल झर्दै १ सय ७७ औं स्थानमा पुगेको छ ।
अफगानिस्तान एक सय ८४ औं र भूटान १ सय ९९ औं स्थानमा छन् । १६ सय २४ अंक सहित स्पेन पहिलो स्थानमा कामय छ । दोश्रो स्थानमा झरेको नेदरल्याण्डको भने १४ सय २५ अंक छ । एशियाली देश जापान २ स्थान तल झर्दै १७ औं स्थानमा पुगेको छ।
Posted By: Narayan Nepal