दुर्घटनाग्रस्त विमानमा रहेका सबै छ जनाको शव भेटियो


 दिलिप पौडेल, बाग्लुङ, कात्तिक २- हिजो राति बाग्लुङ बोवाङ-९को फागुनेधुरीमा दुर्घटना भएको सेनाको विमानमा रहेका सबै छ जनाको शव  आज बिहान फेला परेको छ। दुर्घटनास्थलमा उद्धार टोली गएराति अबेर १ बजेतिर पुगेको थियो। नेपालगञ्जस्थित श्री नं.४ फिल्ड एम्बुलेन्स गुल्ममा उपचारको लागि भर्ना भएका सिपाही केशवसिंह ऐरी र सिपाही मिलन गोतामेलाई थप उपचारको लागि छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याउने क्रममा मंगलबार साढे ६ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको विमानमा चालक विकास सिह राठौर र दिवाकर कार्की सहित सह-सेनानी डा. रविता पाठक (काठमाडौँ) र सिपाही केशवसिंह ऐरीका दाजु नेपाल प्रहरीका जवान रघुवीर ऐरी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यसअघि घटनास्थलबाट प्रहरीले सेनानी दिवाकर कार्कीको आईडी कार्ड, जहाजका टुक्राहरू र चार वटा लाश क्षतविक्षत अवस्थामा भेटिएको जानकारी गराएको थियो। जसमध्ये एक पुरुषको शव मात्र चिन्न सकिने अवस्थामा रहेको प्रहरीले जनाएको थियो।

गएराति उद्धारका लागि उडेको नेपाली सेनाको नाइटभिजन हेलिकप्टर पनि बाक्लो हुस्सु लागेका कारण अवतरण गर्न नसकी फर्कन बाध्य भएको थियो।

नेपालगञ्जबाट हिजो साँझ  ६२५ मा काठमाडौँका लागि उडेको नेपाली सेनाको आरएएन ४९ बीएन २ टी विमान ७:०५ बजे अर्घाखाँचीको ठाडामा अन्तिम सम्पर्क भएपछि  सम्पर्कविहीन भएको थियो।

  रुटै नपर्ने बाग्लुङमा किन गयो सेनाको जहाज? 
 हुम्लाको सिंहशार्दुल गुल्ममा कार्यरत सिपाही केशव ऐडीलाई उपचारका लागि लैजान उक्त जहाज मंगलबार नै काठमाडौँबाट नेपालगन्ज आएको थियो। मेनेन्जाइटिसबाट ग्रसित केशवको उपचार नेपालगन्जका हुन नसक्ने भएपछि चिकित्सकले काठमाडौँका लागि रेफर गरेका थिए।
मृतक दुवै चालक सेनाको मेजर हुन्। सह-सेनानी पाठक नेपालगन्जस्थित सैनिक अस्पतालकी चिकित्सक हुन्। घाइते केशवसँगै कुरुवाको रुपमा गएका राम प्रहरीका जवान हुन्। नेपालगन्ज विमानस्थलमा कार्यरत कर्मचारीका अनुसार विमानस्थल छाडने बेला उक्त जहाज  असहज किसिमले उडेको थियो। ७ बजेर ५ मिनेटमा टावरसँग उक्त जहाजको सम्पर्क टुटेको बताइएको छ।

Posted by: Shiva Paudel

Source: Nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.