जितेन थिङ्, कुवेत
नेपाल तामाङ घेदुङ, कुवेतले यही आउँदो नोभेम्बर १८, २०११ शुक्रबारको दिन, बिबिध कार्यक्रमका साथ बार्षिक उत्सब मनाउने निर्णय गरेको छ । गत शुक्रबार मुर्गाबस्थित सोल्टी नेपाली होटलमा नेपाल तामाङ घेदुङ, कुवेतका अध्यक्ष श्री सुन बहादुर तामाङको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रबासी माटोमा रहेर पनि आफ्नो परापूर्बकालदेखि चली आएको तामाङ जातीको मौलिक पहिचान, भाषा अनि संस्कृतीको संरक्षण, सम्बर्दन एबम बिकाश गर्नुका साथै कुवेतमा स्थापित नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै कुवेतमा रहेका नेपाली कामदारहरुले भोग्नु परेका कथित समस्याहरुको समाधान गर्ने उदेश्यले नोभेम्बर १२, २०१० मा बृहत भेलाबिच नेपाल तामाङ घेदुङ कुवेतको स्थापना भएको हो ।
साथै, नेपाल तामाङ घेदुङ केन्द्रिय कार्यालयबाट तत्कालिन अध्यक्ष श्री धन प्रसाद तामाङ ज्यूको हस्ताक्षरित दर्ता प्रमाणपत्र, दर्त नम्बर प्राप्त भएको छ । शुक्रबार भएको घेदुङको मासिक बैठकमा प्रतिकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । बिगतमा भएका कमिकमजोरीहरुलाई हटाउँदै भाबी दिनहरुमा अझ प्रभाबकारी ढंगले अगाडि बढ्नु पर्ने बिचार सबैले प्रस्तुत गर्नु भएको थियो । तामाङ घेदुङमा आबद्द भएर घेदुङको यो अभियानमा तन मन र धनले भरपुर सहयोग गर्ने मनासायले घेदुङको साधारण सदस्य बन्ने क्रममा यो बैठकबाट सुरेश तामाङ ग्यबा, हेमा तामाङ डिम्डुङ र मदन बोम्जन तामाङ साधारण सदस्य बन्नु भएको छ ।
नेपाल तामाङ घेदुङ, कुवेतका संस्थापक तथा बर्तमान अध्यक्ष सुन बहादुर तामाङ ज्यूको पारिवारिक समस्या तथा असहज परिस्तिथीका कारण उक्त पदबाट राजिनमा दिने घोषणा गर्नु भएको छ । आगामी हुने नेपाल तामाङ घेदुङ, कुवेतको प्रथम बार्षिक भेलाबाट नयाँ नेतृत्व चयन गर्नुका साथै खाली रहेको अन्य पदहरु समेत पूर्ती गर्ने निर्णय बैठकले गरेको छ ।
Posted by: Jay Ale
thanks my dear bro tapaiko tyo mitho suchanako lagi