सम्पत्ति हत्याउने लोभमा यहाँको एक वृद्धको शव तीन दिनदेखि उनका भाइका छोरा (भतिजहरु) ले दाहसंस्कारका लागि उठाउन दिएनन् ।बाराको दक्षिण झिटकैया गाविस २ गम्हरियाका ७५ र्षीय हरिहर राय यादवको शव उनका हरुले दाहसंस्कारका लागि उठाउन नदिएका हुन् । सोमवार राति बजे हरिहरको निधन भए पनिउनको शव बुधवार साँझसम्म घर अगाडी खटमा थियो ।हरिहरका छोरी जोखनी देवीले २ कठ्ठा जग्गा दिने सहमत भएपछि बुधवार साँझ शवलाई दाहसंस्कार आर्यघाट लगेर दाह संस्कार गरिएको छ । तीन दिनदेखि शव राखिएको ठाउँ सुनसान थियो । दाह संस्कार गर्न नदिएपछि गाउँका सर्वसाधारण र पीडित परिवार दुःखी देखिन्थे ।हरिहरका भतिजहरुले शव दाहसंस्कार गर्न नदिएपछि हरिहरकी छोरी जोखनीदेवीले प्रहरी प्रशासनलाई गुहारेपछि उनको दाहसंस्कार गरिएको हो । दाहसंस्कारका लागि प्रहरी प्रशासनलाई गुहार्दा प्रहरीले २ कठ्ठा जग्गा काकाका छोरालाई दिने र काजक्रिया गर्न लाग्ने खर्च दुबै थरीले आधा आधा व्यवहोर्ने सहमति गराएको हरिहरकी ४० वर्षीया छोरी जोखनी देबीले बताइन् ।जोखनीले घरमा बुवाको शव छाडेर शोकाकुल अवस्थामा १० किमी टाढाबाट बुधवार जिल्ला प्रहरी कार्यालय कलैया पुगेकी थिइन् । ‘काकाका छोरालाई २ कठ्ठा जग्गा दिने प्रहरी कार्यालयमा बुधवार लिखित सहमति गरेपछि बुवाको दाहसंस्कार गर्न पाएँ’ हरिहरकी छोरी जोखनीले भनिन्, ‘जग्गा दिएपछि प्रहरीले दाहसंस्कार गर्ने वातावरण मिलाइदिए ।”सम्पत्ति हात पार्ने लोभमा काकाका छोरा पालधारी लगायतकाले शव उठन दिएनन्’ जग्गा दिने सहमति गरेर कलैया जिल्ला प्रहरीबाट फर्केर घर पुगेकी जोखनीले भनिन्, ‘बुवा हरिहर र स्वर्गीय काका बिजुली वीच १५ बर्ष अघि नै अंश बंडा भएको थियो । मेरा
भाइ (बुवाको छोरा) नभएपछि बुवाले मलाई नै सबै सम्पत्ति दिएदेखि काकाका छोराहरुले
मप्रति रिसाउँदै आएका हुन् ।’ तर हरिहरका भतिजाहरुले काकाले गाउँको साउबाट ऋण
खाएकोले त्यो ऋण हामीले तिरेकोले त्यस वापत जग्गा मागेको दाबी गरे । ‘काका हरिहरले
ऋण तिर्न नसकेर हामी भतिजहरुले तिर्यौ’ हरिहरका माइलो भतिज उमेश रायले भने ।
हरिहरले आफनो छोरा नभएपछि आफ्ना हकका सम्पुर्ण घर जग्गा (१६ कठ्ठा खेतीयोग्य र
साढे ६ धुर घडेरी) छोरी जोखनीकी नाममा १० बर्ष अघि नै भाई बिजुलीसित अंशबंडा गरी
राजीखुसीले रजिष्ट्रेशन गरेका थिए । मृतक हरिहर र उनका भाई बिजुली १५ बर्ष अघि
अंशबंडा गरी छुटेका थिए । ‘सम्पत्तिका लागि दाहसंस्कार गर्न नदिनु मैले सुनेको
छैन्’ त्यस गाविसका ६० वर्षीय पुर्व अध्यक्ष रामअवध यादवले भने, ‘यसो गर्नु भनेको
पीडितलाई थप पीडा दिनुको साथै सामाजिक अपराध हो ।’ दाहसंस्कार गर्न गाउँमा पटक पटक
स्थानीय भद्रभलादमीहरुले छलफल गरेपनि हरिहरका छोरीले जग्गा नदिने अडान राखेका कारण
दाहसंस्कार गर्ने समय लम्बिएको उनले बताए ।
‘गैर कानुनी प्रकृतिका शवलाई दाहसंस्कार गर्न विवाद आएको सुनिए पनि कालगतिले
मृत्यु भएकाको शव सम्पत्ति हात पार्न तीन दिनसम्म दाहसंस्कार गर्न नदिनु अचम्म
लाग्यो’ प्रहरी उपरिक्षक सुरेश विक्रम शाहले भने, ‘यो सामाजिक विकृति हो ।’
Posted by:Dambar Rimal Source: ekantipur
yo bahunbadi soch ho.yo bahunbadi sochle garda mirit aatmaalai pani santi pauna sakena.hello yo sansaarma tapaile ajambari buti paunu vay ajhi k garnu hunthayo hola…..??????