गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न


गैरआवासीय नेपाली संघ (NON- RESIDENT NEPALI ASSOCIATION)

प्रेस विज्ञप्ति – ०१-०११

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक मिति २०६८ साल असोज २८ गते (२०११ अक्टोवर १५) एनआरएनका अध्यक्ष जीवानाथ लामीछानेको अध्यक्षतामा काठमाडौमा सम्पन्न भयो। बैठकका निर्णयहरु यस प्रकार छन।

१) पाचौ गैरआवासीय नेपाली विश्व सम्मेलनमा प्रस्तुत काठमाडौ घोषणापत्र २०११ अनुमोदन गरियो। बैठकले विश्व सम्मेलन सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई हार्दिक धन्यवाद व्यक्त
गर्यो।
२) निवर्तमान चौथो कार्यसमितिले आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरी नयाँ कार्यसमितिलाई कार्यभार हस्तारण गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

३) निवर्तमान अध्यक्ष देवमान हिराचन प्रमुख संरक्षक र राम थापा, भिम उदास, ईन्द्रा बन संरक्षक रहने गरी संरक्षक परिषद गठन गरियो।
४) गैरआवासीय नेपाली संघको युवा संयोजकमा अष्ट्रेलियाबाट ध्रुव सुवेदीकाई मनोनित गरियो।
५) अर्को व्यवस्था नभए सम्म चौथो कार्समितिले गठन गरेका सम्पूर्ण कार्यदल र स्थायी समितिलाई निरन्तरता दिने निर्णय गरियो।
६) काठमाडौ घोषणापत्र २०११ मा गरिएको प्रतिवद्दता अनुसार १०० मेघावटसम्मको मध्यमस्तरीय जलविध्युत परियोजनाको कार्वान्यनको लागी अवधारणापत्र तयार गरी १ महिना भित्र कार्समितिमा पेश गर्ने जिम्मा अध्यक्ष जीवानाथ लामिछानेले दिईयो।
७) विभिन्न क्षेत्रहरुमा परियोजना सञ्चानगरेका गैरआवासीय नेपाली विज्ञहरुलाई ‘प्रोजेक्ट च्याम्पेन’घोषित गरी सहकार्य गर्ने।
८) ‘गैरआवासीय नेपाली सम्वन्धी ऐन’मा भएका गैरआवासीय नेपालीको परिभाषा लगायतका कमिकमजोरी बिषयमा छलफल गर्न एनआरएनएका पदाधिकारीहरुको प्रतिनिधी मण्डलले परराष्ट्रमन्त्रीसँग भेट गर्ने।
९) स्वास्थ्यको क्षेत्रमा परियोजनाहरु सम्पन्न गर्न Help Nepal Network सँग सहकार्य गरेर अगाडि बढ्ने।
१०) नेपालको विभिन्न जिल्लामा पुस्तकालयहरु स्थापना गर्न सकृय Nepal Library foundation सँग सहकार्य गर्ने।
११) अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुले आफ्नो कार्यकालमा अनिवार्यरुपमा कम्तीमा एउटा च्यारिटि परियोजना सम्मन्न गर्नु पर्ने निर्णय गरियो। बैठकमा उपस्थिति कार्यसमितिका सदस्यहरुबाट १ करोड ६० लाख बराबरको रकमको प्रतिबद्दता गरियो।
१२) एनआरएनए भवन काठमाडौमा निर्माण गर्नको लागी आवश्यक रकम संकलन शुरु गरियो। बैठकमा उपस्थिति कार्यसमितिका सदस्यहरुबाट १ करोड ४० लाख बराबरको रकमको प्रतिबद्दता गरियो। भवन निर्माणको लागि सबै राष्ट्रिय समन्वय परिषदलाई अनिवार्यरुपमा अर्थिक सहयोग गर्ने आग्रह गर्ने।
१३) हालै सिन्धुलीमा बस दुर्घटना परी मृत्यु भएका यात्रुका परिवार प्रति समवेदना प्रकट गरिन्छ।

डा. हेम राज शर्मा
प्रवक्ता, गैरआवासीय नेपाली संघ
मितिः २०६८ असोज २८

Posted by: Raju Gurung                                           Source: NRN.org.np

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.