प्रेम ओली
यो बाटो
त्यो बाटो
हिड्दै जादा दोबाटो
टोली अल्मलियो
अब हिंड्ने कुन बाटो
यात्रा ढलमलियो
एउटा बाटो
नसकिने बाटो
अर्को बाटो
बिचमै सकिने बाटो
यात्रु धरमरियो
कस्तो घनघोर बाटो ।
हिड्दै जादा चौबाटो
एउटा बाटो
खाली घुमी हिंड्ने बाटो
अर्को बाटो
नदिमा गइ खस्ने बाटो
तेस्रो बाटो
खाडीमा गइ फस्ने बाटो
चौथो बाटो
माहुरी आइ डस्ने बाटो
ओहो !
कस्तो फर्सादको बाटो
कस्तो बर्बादको बाटो
न पछी हट्न सक्ने
अ अघी बड्न सक्ने
न दाँया लर्कन सक्ने
न बाँया सर्कन सक्ने
झन बित्यासको बाटो ।
एउटा आउछ टोली हाक्दै
बिच बाटोमा नै हराउछ
अर्को आउछ टोली डाक्दै
मुल बाटो नै बिराउछ
फेरी अर्को आउछ फलाक्दै
उ झन नहिडदै खुट्टा कमाउछ
न उकालो
न ओरालो
तर
कस्तो रनभुल्लको बाटो
यता जाने कि
उता जाने
कस्तो अलमल्लको बाटो
Posted by: Shiva Paudel