एक छीन हाँसौ !!!


१) शिक्षक : तिमी ठुलो भएर के गर्छौ?
राम : बिहे
शिक्षक : होइन, मेरो मतलब तिमी ठुलो भएर के बन्छौ?
राम : दुलाहा
शिक्षक : हरे, मेरो मतलब तिमी ठुलो भएर के हासिल गर्न चाहन्छौ?
राम : दुलही
शिक्षक : उफ!!! हैन तिमी ठुलो भएर आमा बाबाको लागी के दिन चाहन्छौ भन्या?
राम : नाती

२) हरी बहादुर चाँड बाँडको बेलामा खसी किन्न गएछ।
हरी बहादुर : साउजी त्यो घोर्ले खसिको कती हो?
साउजी : ५०० रुपैयाँ
हरी बहादुर : आच्या, कती सस्तो रहेछ, किन नि?
साउजी : चाइनाको खसी हो कुनै ग्यारेन्टी छैन, घर पुग्दा सम्म भुक्न पनि सक्छ।

3) एउटा नेपाली टुरिस्ट गाइडले एक भारतीय टुरिस्टलाई काठमाडौंमा घुमाउदै थियो, घुम्दै जादा बाटोमा एउटा मातेर ढली रहेको देख्यो
टुरिस्ट : भई ओ क्या है?
गाइड : ए तो माता है!
टुरिस्ट : लेकीन ए तो पिता है!!
गाइड : इसिलिए तो माता है!!!

४) छोरो : आमा सत्य र विश्वाशमा के फरक छ?
आमा : बाबु, तिमी मेरो छोरो हो, त्यो सत्य हो र तिमी तिम्रो ड्याडीको छोरो हौ त्यो चाँही विश्वाश हो बुझ्योउ।

५) शिक्षक : हिजो मैले दिएको पाठ पड्योउ?
विद्यार्थी : पड्योउ सर!
शिक्षक : तिमी भन त रामे, बहादुर शाहको पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म थियो?
विद्यार्थी : रामे (किताबको पाना पल्टाएर देखाउदै)पेज नं ४ देखी पेज नं ९ सम्म सर!

६) अस्पातल मा एउटा अचम्मको बच्चा जन्म्यो, जन्मने बितिकै बोल्न जान्ने। बच्चा डाक्टरको नजिकै गएर सोध्यो, तपाईं मेरो डाक्टर हो?
डाक्टर : हो बाबु
बच्चा : तपाईंलाई धन्यवाद्
बच्चाले आमाको अगाडि गएर सोध्यो, तपाईं मेरो आमा हो?
आमा : हो बाबु
बच्चा : मलाई जन्म दिने आमा तपाईंलाई पनि धन्यवाद्
बच्चा बाउको अगाडि गएर सोध्यो, तपाईं मेरो बाउ हो?
बाउ : हो?
बच्चा : औंलाले बाउको निधारमा घोच्दै, तपाईंलाई चाँइ घोच्दा दुख्छ कि दुख्दैन, दुख्छ कि दुख्दैन हँ!!!

७) एक दिन कछुवा भुम्न भनेर शहर तिर निस्क्यो तर बाटै बाट शन्खे किराले कछुवालाई अपहरण गरेर लग्यो पछी पुलिसले पत्ता लगाएर कछुवालाई ल्याइ बयान लियो।
पुलिस : तिमीलाई लग्ने बेलामा के के भयो भन त?
कछुवा : खै सर मलाई त यादै छैन, सबै कुरा यती छिटो छिटो भयो की कुनै याद नै भएन।

अब हसाउने (हाँस्य)गीत सुन्ने पालो …

Posted by: Raju Gurung 

One response to “एक छीन हाँसौ !!!

  1. A very enjoying number.keep it up and we want more

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.