रक्षामन्त्रीको राजीनामा ’bout आज टुंगो


दाहाललाई भेटी गच्छदारले चार बूँदे’bout प्रष्टिकरण मागे-
काठमाडौँ, कात्तिक १ – हिजो आठ घण्टा लामो बैठक बसे पनि रक्षामन्त्रीको राजीनामा ’bout कुनै टुंगोमा पुग्न नसकेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले आज सत्ता सहयात्री माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गरेपछि यस’bout निर्णय गर्ने भएको छ।

यसै अनुरुप आज बिहान फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी सरकार गठनअघि मोर्चा र माओवादीबीच भएको चार बुँदे सहमति’bout पुनर्प्रतिवद्धता मागेका छन्।

चार बुँदे ’bout माओवादीको स्पष्ट जवाफ आएपछि मात्रै राजीनमा ’bout निर्णय गर्ने गच्छदारले बताएका छन्।

यसअघि दाहालले चार बुँदे सहमति पुनरावलोकन गर्न सकिने अभिव्यक्ति दिएका थिए भने वैद्य पक्षले यो सहमतिलाई ‘राष्ट्रघाती’को संज्ञा दिँदै आएको छ।

अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा सोमबार पार्टी मुख्यालय, सानेपामा बसेको राजनीतिक समितिको बैठकले पार्टी नेतृत्वलाई मंगलबार बिहानै एकीकृत माओवादीसँग वार्ता गर्न र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गर्न अह्राएको हो।

लोकतान्त्रिकका नेताहरूले अब माओवादी नेतृत्वसँग भण्डारीको राजीनामा माग्नुपर्ने संसदीय बोर्डको बैठकको धारणा माग गर्नुका साथै मोर्चासँगको चार बुँदे सहमतिलाई राष्ट्रघाती भन्ने नेताहरूको दृष्टिकोण’bout पनि छलफल गर्नेछन्। ‘त्यसपछि मोर्चासँग केही विषयमा विचार आदानप्रदान गर्नेछौं,’ महासचिव जितेन्द्र देवले नागरिकसँग भने, ‘त्यसपछि समितिको बैठक बसेर निर्णय गर्छौं।’

देवका अनुसार, भण्डारीको अभिव्यक्ति भाषा र संरचनागत रुपमा त्रुटिपूर्ण भए पनि आशय गलत नभएको बैठकको निश्कर्ष छ। त्यसअनुसार, अब उनको अभिव्यक्तिको रक्षा गर्दै राजनीतिक वक्तव्य दिने तर शान्ति र संविधानका लागि दलहरूबीच सहमति आवश्यक पर्ने भएकाले ‘बलिदान’ दिने सम्भावना छ।

समितिका १९ सदस्यमध्ये बैठकमा उपस्थित १५ जनामा रवीन्द्र ठाकुरले मात्रै राजीनामा गर्नुपर्ने धारणा राखे। बाँकी १३ जनाले राजीनामा गर्न नहुने बताए। स्रोतका अनुसार महासचिव देव र उपाध्यक्ष रामेश्वर राय यादवले भने स्पष्ट धारणा राखेका थिएनन्।
‘रक्षामन्त्रीले असोज ९ गते दिएको अभिव्यक्तिको एक/एक शब्द केलाएर छलफल र विश्लेषण भयो। रक्षामन्त्रीको भनाइको आसय सही थियो,’ देवले बैठकपछि पत्रकार सम्मेलनमा भने।

स्रोतका अनुसार फोरममाथि मन्त्री भण्डारीलाई राजीनामा नगराउन मोर्चामा आबद्ध अन्य दलहरूबाट पनि दबाब परेको छ। सोमबार फोरमको बैठक चलिरहँदा सद्भावना अध्यक्ष राजेन्द्र महतो लगायत मोर्चामा संलग्न दलहरूले ‘राजीनामा गराउन नहुने’ भन्दै निर्णय नगर्न दबाब दिएका थिए।

‘माओवादी उपाध्यक्ष मोहन वैद्यले मोर्चासँगको चारबुँदे सहमतिलाई ‘राष्ट्रघाती’ भन्ने आरोप लगाएको र संसदीय बोर्डले पनि रक्षामन्त्री भण्डारीको राजीनामा मागेको विषयमा माओवादीसँग छलफल गरेपछि हाम्रो बैठक बस्छ,’ देवले भने, ‘आइन्दा चारबुँदे निर्णय लगायत विषयमा माओवादीका नेताअनुसार फरक-फरक विचार आउने होइन, औपचारिक रूपमा अध्यक्षले मात्रै बोल्नुपर्छ भन्ने कुरा राख्छौं।’

  ‘माओवादीले खुट्टा कमायो’
माओवादीले ‘खुट्टा कमाएकाले’ शान्ति प्रक्रिया अघि बढ्न नसकेको सरकारको दोस्रो घटक फोरम (लोकतान्त्रिक)ले ठहर गरेको छ।
उक्त दलको सोमबार राजनीतिक समितिको बैठकका निर्णय सुनाउँदै महासचिव जितेन्द्र देवले भने, ‘माओवादीले खुट्टा कमाएकाले शान्ति प्रक्रिया अघि बढ्न नसकेको हो। माओवादीले चाहेको भए शान्ति प्रक्रिया अघि वढ्न सक्थ्यो। कांग्रेस र एमालेको साथ नहुँदा पनि शान्ति प्रक्रियाको एउटा चरणसम्म पुग्न सकिन्थ्यो।’
 
देवका अनुसार रक्षामन्त्रीको अभिव्यक्तिको रक्षा गर्दै पार्टीले मंगलबार संसद अवरोध हट्नेगरी निर्णय गर्ने छ। ‘संसद अवरोध पनि हट्ने, कांग्रेस-एमाले पनि सरकारमा आउनेगरी चमत्कारिक निर्णय गर्छौं,’ उनले भने, ‘कांग्रेस-एमाले शान्ति प्रक्रिया पूरा गर्न तयार भए रक्षामन्त्रीको भनाइको रक्षा गर्दै १५ दिन वा एक महिनाभित्र उनीहरूलाई सरकारमा ल्याउने वातावरण बनाउँछौं।’

प्रतिपक्षीहरूको जारी संसद अवरोध’bout फोरमले कांग्रेस र एमाले असंवैधानिक ढंगले अल्पमतले बहुमतलाई लाद्ने प्रयास गरेको ठहर गरेको छ। ‘संसद अवरोध गरेर कांग्रेस-एमालेले बलजफ्ती अल्पमतले बहुमतलाई लाद्ने प्रयास गरेका छन्,’ उनले भने।
स्रोतका अनुसार शान्ति प्रक्रियाको विषयमा कांग्रेस-एमाले सहमत भए फोरमले मन्त्री भण्डारीलाई राजीनामा गराउन सकिनेगरी छलफल अघि बढाएको छ। शान्ति प्रक्रिया’bout माओवादी सहमत नभए फोरमले सडक आन्दोलन गर्ने बताएको छ। ‘शान्ति प्रक्रियामा कांग्रेस-एमाले सहमत नभए त्यसले मुठभेड निम्त्याउँछ,’ देवले भने, ‘त्यो अवस्थामा हामी सडक आन्दोलनमा जान्छौं।’

यसैबीच मधेस नागरिक समाजले रक्षामन्त्रीको भनाइको गलत व्याख्या भएको टिप्पणी गर्दै उनको राजीनामा नगराउन दिनभरि केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो।

प्रधानमन्त्री भट्टराई कुरेको कुर्‍यै

माधव ढुङ्गेल, काठमाडौं कात्तिक १- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को राजनीतिक समितिको निर्णय आउला र संसदमा सम्बोधन गर्न जाउँला भनी पर्खेर बसेका प्रधानमन्त्री बाबुराम भट्टराई सोमबार कुरेको कुर्‍यै भए। उनी कांग्रेस-एमालेलगायत प्रतिपक्षीले दुई मन्त्रीको राजीनामा माग्दै गरिरहेको संसद् अवरोधका क्रममा उठाएका प्रश्नको जवाफ दिने तयारीमा थिए।

प्रधानमन्त्रीको दल एकीकृत माओवादीका तर्फबाट भूमिसुधारमन्त्री रहेका प्रभु साहले आइतबार राजीनामा बुझाए। फोरम लोकतान्त्रिकका तर्फबाट रक्षामन्त्री रहेका शरतसिंह भण्डारीको राजीनामा’bout निर्णय गर्न फोरम लोकतान्त्रिकको बैठक सानेपामा बसिरहेकाले उनी निर्णय कुरिररहेका थिए। दुवै मन्त्रीको राजीनामा एकसाथ स्वीकृत गर्ने र त्यसपछिमात्र संसद्मा मौखिक सम्बोधन गर्ने उनको तयारी थियो।

प्रधानमन्त्री भट्टराईले दिउँसो १ बजे बोलाइएको संसद् बैठक एक घन्टा पछि सार्न सभामुख सुवासचन्द्र नेम्वाङलाई खबर पनि पठाए। उपप्रधानमन्त्री तथा फोरम अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्रीलाई दुई बजेसम्म कुर्न आग्रह गरेअनुसार उनले खबर पठाएका हुन्।

बिहान ११ बजे सिंहदरबारमा भेट गरी सभामुखले प्रधानमन्त्रीलाई संसद्मा सम्बोधन गर्न सुझाव दिएका थिए। ‘संसद् अवरोध गरिरहेका प्रतिपक्षीको माग’bout संसद्मा बोलेर जवाफ दिनु राम्रो हुन्छ,’ सभामुख नेम्वाङको सुझाव थियो। संसद् अधिवेशन चालु रहेकाले आसन्न भारत भ्रमण’bout पनि सम्बोधन गरी जानकारी दिन सभामुखले सुझाव दिएका थिए।

प्रधानमन्त्रीलाई भेटेर सभामुख नेम्वाङ फर्कंदै गर्दा उपप्रधानमन्त्री तथा गृहमन्त्री गच्छदार भने प्रधानमन्त्री कार्यालय जाँदै थिए। दुवैबीच प्रधानमन्त्री कार्यालयको भर्‍याङमा भेट भएको थियो। दुवै त्यहीँ उभिएर केहीबेर कुराकानी पनि गरेका थिए। गच्छदारले केहीबेरमै बस्ने आफ्नो दलको राजनीतिक समितिको बैठकले रक्षामन्त्रीको राजीनामा’bout टुंगो लगाउने बताएका थिए।

प्रधानमन्त्रीले बिहीबारदेखि हुने आफ्नो भारत भ्रमण’bout जानकारी दिन र मुद्दा’bout सुझाव लिन सबै दलका नेताहरूलाई छलफलका लागि साढे ११ बजे बोलाएका थिए। गच्छदार पनि त्यसै सिलसिलामा प्रधानमन्त्री कार्यालय पुगे। नेताहरूसँगको बैठकपछि पनि प्रधानमन्त्री संसद् जाने मनस्थितिमा थिए। संसद् जानैका लागि दिउँसो कुनै कार्यक्रम नराखी प्रधानमन्त्रीले साँझ पाँच बजेमात्र मन्त्रिपरिषद बैठक राखेका थिए।

उता सभामुख नेम्वाङले पनि प्रधानमन्त्रीको आग्रहलाई स्विकार्दै संसद्को बैठक करिब डेढ घन्टापछि सारेका थिए। फोरम लोकतान्त्रिकको राजनीतिक समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको भए पनि त्यो बैठक पौने २ बजे मात्र बसेको थियो। त्यो पनि विवादका कारण निर्णय हुन नसकी लम्बिएपछि प्रधानमन्त्री कुरेको कुर्‍यै भएका हुन्।
सोमबारको संसद्मा सम्बोधन गर्नेगरी कुर्न नभ्याउने देखिएपछि करिब साढे २ बजेमात्र संसद् बस्यो, जुन यसअघिका दुईवटा बैठकझैं कांग्रेस-एमालेका सभासद्ले भाषण गरी अवरुद्ध गरेका थिए। कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरे र रमेश लेखक तथा एमालेका रघुवीर महासेठले राजीनामा गरेका मन्त्री साहविरुद्ध मुद्दा दायर गर्न माग गरेका थिए। अघिल्ला बैठकमा जस्तै रक्षामन्त्री भण्डारीले राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाउँदै राजीनामा माग गरेका थिए।

मंगलबार बिहानसम्म राजीनामा गराइसक्ने जानकारी प्रधानमन्त्री भट्टराईलाई गच्छदारले गराएको स्रोतले जानकारी दियो। संसद्को बैठक मंगलबार १ बजेका लागि बोलाइएको छ।

Posted by: Shiva Paudel

Source: Nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.