तिब्रगतिका कारण चालक ह्वेल्डनको मृत्यु


३० असोज, काठमाडौं । बेलायतका तिब्रगतिका कार चालक डान ह्वेल्डनको कार दुर्घटनामा ज्यान गएको छ । लस भेगान इन्डी ३०० कार रेसका क्रममा एकैपटक १५ वटा कार ठोक्किएर दुर्घटना हुँदा डानको ज्यान गएको हो ।रेस अन्तरगत १३ औँ मोडको दोश्रो कर्नरमा एकैपटक १५ वटा कार ठोक्किएका थिए । २ सय माइल प्रतिघण्टाको गतिमा गुडिरहेका कारहरु एक आपसमा ठोक्किँदा कति हावामा उछिटि्टएका थिए, कति पर्खाल भत्काउँदै बाहिर गए भने कति बारमा अडि्कए । ह्वेल्डन चढेको कारमा आगो लागेको थियो ।

दुर्घटनापछि घाइते बनेका ह्वेल्डनलाई तत्काल अस्पतालमा ल्याइएको थियो र केहीबेरपछि उनलाई मृत घोषित गरियो । दुर्घटनापछि रातो झण्डा उठाएर रेस रद्ध गरिएको थियो । ४० वर्षको इण्डी कार रेसको इतिहासमा यो सबैभन्दा दुखद घटना भएको बीबीसीले उल्लेख गरहेकेा छ ।

२००२ मा व्यवसायिक इण्डी कार रेसमा भाग लिन थालेका ३३ वषर्ीय ह्वेल्डन सन् २००५ का इण्डी-३०० च्याम्पियन हुन् भने उनले सन् २००५ र यहीँ वर्ष इण्डी-५०० रेसको उपाधि जितेका थिए ।

ह्वेल्डनको मृत्यु निकै दुखद क्षति भएको २००८ का फर्मुला वान च्याम्पियन लेविस ह्यामिल्टनले बताएका छन् ।

त्यस्तै फर्मुला वान ड्राइभर जेन्सन बटनले पनि ह्वेल्डनको मृत्युप्रति टि्वटरमार्फत शोक व्यक्त गरेका छन् ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.