कम्प्युटर पडि्कएर सशस्त्र प्रहरी हवल्दारको मृत्यु


१ कात्तिक, वीरगञ्ज । कम्प्युटर पडि्कएर वीरगञ्जमा सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज भन्सार सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार केदार काफ्ले रहेको पर्सा प्रहरीले जनाएको छ । मंगलबार बिहान सवा १० बजेको समयमा सञ्चार कक्षमा रहेको कम्प्युटर खोल्न लाग्दा एक्कासि पड्किएर घाइते भएका काफ्लेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । कम्प्युटर ठूलो आवाजसहित विस्फोट भएको सशस्त्र प्रहरी उपरीक्षक राम विकले जानकारी दिनुभयो । विस्फोटमा परी सशस्त्र प्रहरी नायव निरीक्षक हरिकृष्ण खड्का र सहायक निरीक्षक राम लामा घाइते भएका छन् । उनीहरु दुवैको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना कसरी भयो भन्ने’bout छानविन भइरहेको उपरीक्षक विकले जानकारी दिनुभयो ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.