सम्भोग पश्चात बिर्य चोर्ने तरुनीहरु पुलिसको फन्दामा


मानिस धनमाल चोरेर पुलिसको फन्दामा पर्ने घटना सामान्य हो । तर जिम्बाबेमा भने पुरुषको विर्य चोरेको आरोपमा तीन जना महिलाहरुलाई प्रहरीले पक्रेको छ ।

एक पुरुषमाथि जवर्जस्ती बलत्कार गरी उसको विर्य चोरेको आरोपमा तीन जना यौन उन्मत्त महिलालाई प्रहरीले पक्रेको हो । घटनामा महिलालाई साथ दिने अर्का एक जना पुरुष पनि पक्राउ परेका छन् ।

द हेराल्ड पत्रिकाका अनुसार, यो मामिलामा पक्राउ पर्नेमा २६ वर्षकी सोफी, २४ वर्षकी नेत्साइ तथा २८ वर्षकी रोजमेरी छन् । यी तिनैजना दिदीबहिनी हुन् । यिनीहरुसँगै पक्राउ पर्ने पुरुष यी मध्ये एकका ब्वाइफ्रेन्ड भएको बताइएको छ ।

पीडित पक्षका वकिल माइकल रेजाका अनुसार, गएको मार्च महिनामा यी तीनजना महिलाले १९ वर्षका युवकलाई गाडिमा लिफ्ट दिएका थिए । गाडिमा चढाएपछि उनीहरुले त्यो युवकलाई आफुहरुलाई पालैपालो सेक्स गर्न भनेका थिए । त्यो युवकले पनि भने अनुसार गर्यो । सेक्सका क्रममा महिलाले पुरुषलाई जबर्जस्ती कण्डम लगाइदिएका थिए र सम्भोगपछि विर्य जम्मा भएको त्यो कण्डम आफुहरुले राखेका थिए ।

यस्तै एक अर्को समाचार अनुसार यी महिलाहरुले एक सैनिकलाई ज्यान मार्ने धम्की दिएर जवरजस्ती सेक्स गराएका रहेछन् । ती महिलाहरुमाथि विभिन्न १४ जना पुरुषलाई जबर्जस्ती सेक्स गराएको अभियोग छ ।

तर यी महिलाहरु पक्राउ पर्नुको कारण भने अचम्मको छ । यिनीहरु चढेको कार दुर्घटना हुँदा कारभित्र भेटिएका कण्डमको आधारमा यिनीहरु पक्राउ परेका हुन् । दुर्घटनाग्रस्त कारभित्र प्रयोग भएको अवस्थाका ३१ वटा कण्डम भेटिएपछि प्रहरीले शंका लागेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

Posted by: Jay Ale                  Source: The Heraald / Onlikekhabar

One response to “सम्भोग पश्चात बिर्य चोर्ने तरुनीहरु पुलिसको फन्दामा

  1. जये सर नमस्कार होइन यो समाचार साचो हो भने त अचम्मै होनी कृपया पक्क होर

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.