भुमरी भित्र बाँचेको म भित्र डुबुल्की मार्दा..


असफल गौतम, पोखरा

पुस्तक समीक्षा:
मानिस जिन्दगीमा एक पटक कवि बन्ने गर्दछ भन्ने भनाई अहिले यहाँ चरितार्थ भएको छ। त्यसैको फलस्वरुप मोफसलको साहित्य आकाशमा एउटा इटा थपिएको छ। पाल्पाको पालुड्ड मैनादी गाविस वडानम्बर १, पाखासिली स्थायी घर भएका शालिकराम नेपाल आफू १८ वर्षको उमेर पुग्दा लेखेका टुक्राटाक्रीहरु जम्मा पारेर ‘भुँमरी भित्र बाँचेको म’ कविता सङ्ग्रह लिएर बाहिर निस्केका छन्।

जीवनको लामो समय अध्यापन पेसामा बिताएका उनका जीवन भोगाईका अनेक मोड, घुम्ती र पहरहरुको वकालत गर्दै देखेका र भोगेका घटनाक्रमहरुलाई कविताको रुप दिने प्रयास गरेका छन् आफ्नो कृतिमा। जसलाई जीवन भोगाईको एक कालखण्डको रुपमा यहाँ पाउन सकिन्छ।

२०२२ सालमा लेखिएको ‘प्रतिज्ञा’ शीर्षकको उनको सबैभन्दा पुरानो कविता रहेको देख्न सकिन्छः
कसैको धम्की डरले आज, ज्यान गए हट्दिनँ
वीरको चिन्ह नेपालको नाम, कहिल्यै मेट्दिन
बन्धुत्वमाला पहिरी बाँच्छु नेपाली जातिमा
प्रतिज्ञा यही लिएर बस्छु आमाको छातीमा ।

यो कविताको अंशबाट के बुझ्न सकिन्छ भने कवि युवा अवस्थामा कसैको डर धम्कीमा नफसिकन अगाडि बढ्ने कुरा गरिरहेका छन्। कवि यो कविता सिर्जना गर्दा जम्मा १९ वर्षका मात्र थिए। त्यो बेला भनेको त्यस्तै बेला थियो जुन बेला उनी पनि यसरी कवि बनेर कविता लेखे। समयले कोल्टो फेर्दै गयो।उमेरले भोटा फटाल्दै अगाडि बढायो फलस्वरुप उनलाई जागिरको आवश्यकताको महशुस भयो। अनि भौतारिन थाले जागिरको शिलशिलामा गाउँ शरहका जागिर पाइने भनिएका प्रत्येक ढोकाढोकामा। उनको आजको शिक्षक पेशाको विल्ला नभिरदाको उमेर सम्म उनको त्यो क्रियाकलाप निरन्तर जारि रहयो । सडकको पेटीमा आफ्ना आसा र भरोसालाई किनारा लगाएर अगाडि बढ्न विवश बन्नुपरेपछि कविका लागि समय यस्तो बनेर आयो। फेरि उनै कवि विवशता शिषकमा कवितामा लेखे। जुन उनको लागि सैतीसौ पटक जागिरका लागि कार्यालयको ढोकामा पुगेर भित्र छिरेका छन् यो समय उनलाई धेरै आशा र भरोसा छ सैतीसौं पटकको अथक प्रयासपछि उनको मनमा केही आशाको कोपिला पलाएको छ हर्षले मन गदगद भएको छ अब मैले जागिर पाउँने भए, जहानपरिवारका आवश्यकतामा केही भएपनि नुन ढिकीको चाँजोपाँजो मिलाउन पाउने भए भनेर तर समय सोचेजस्तो कहाँ छ र ? जिन्दगीको यात्रा अनकन्टार दोवाटोमा टोलाउँदा टोलाउदा कुन बाटोबाट कुन गन्तव्यमा पुग्ने हो जिन्दगीको गाडि कसैलाई थाहा नभएजस्तै भयो कविलाई अनि उनको मनमा यस्तो भाव जागेर आयो जसले आज कविताको रुप लिदैछः
सामान्य ज्ञान र इतिहास चाटेर अन्तरवार्ताको लागि ढोकामा उभिइरहदा
एक्कासी गुमानसिं…
पियनको आवाज राता पिरा अनुहारका बीच
ठिड्ड उभिन पुग्छ
‘कोही आफ्ना तपाईंका ?’
‘अँ हँ ’
‘…तीस हजार……..नत्र हामी’…….मुस्कील छ
यसबाट बुझन सकिन्छ चाकडीको कुरा। कवि आफूलाई सरकारी जागिरका लागि योग्य बनेको उमेरमा कयौ पटक भाग्य र योग्यतालाई जचाएर अन्तरर्वातामा पुगेको अन्तिम चरणको उनको तीतो अनुभव हो भन्न सकिन्छ यसलाई। हिजोका दिनमा पनि ब्याप्त रहेको घुस प्रथा अहिलेको समयमा झन् व्यापक बनेर गएको छ। जसले गर्दा योग्य कर्मनिष्ठ इमान्दार र मेहेनतीहरुको श्रम र पसिनामाथि सामन्ती विचारधारीहरु पैसाको मोहमा फसेर स्वच्छ प्रतिष्पर्धाका नामका कालो धन पोको पारेर आफ्ना हरुवा चरुवालाई त्यस्ता पद भिराउने गरेको इतिहासको पर्दाफास पनि यसले गरेको छ।

यति मात्र होइन कविलाई आफ्नो जागिरका लागि झेल्नु परेका व्यथादेखी लिएर नेपाल आमाले झेल्नुपरेका विविध समस्याले पनि चिन्तामा पारेको छ। सहायद लाग्छ कवि शिक्षण पेशामा लागिसकेको समय थियो यो। यहाँ उनको चिनारीबाट थाहा हुन्छ ३८ वर्ष शिक्षण पेशा अपनाएको भनेर त्यसैबेला देशको अवस्था देखेर अत्यन्त चिन्ता लागेको छ। देशमा शान्ति अग्रममनका लागि भनेर हिजो राज्यपक्ष र अन्य पक्षबीच भएका दुःखद प्रसङ्गहरुले नेपालको दशवर्षे जनयुद्ध कालको समयलाई सम्झाईदिएको छ। नेपाल आमाको सुख र खुशीका लागि भनेर बन्दुक समात्ने पक्ष र त्यो बन्दुकलाई थान्को लगाउछु भन्नेहरुको यहाँ दशक लामो इतिहासको कालखण्डको बेला कवि यसरी भावनामा बगेका छन्:
‘नरकङ्काल मानवको
एउटा जिउँदो इतिहास
हड्डी–हड्डीको पिञ्जरा
बाँच्ने आधार खोज्दै
जिन्दगीको परिवेशभित्र
भौंतारिदा भौंतारिदै ऊ आज ठूलो सहरमा पुगेको छ’
वर्तमान समयमा हिजो शान्तिका लागि बन्दुक समात्नेहरु सहरमा र सत्तामा पुगेका छन्। जसलाई हिजो कविले आफ्ना कवितामा व्यक्त गरेका कुरा आज यर्थात बनेका छन्। उनका सम्पूर्ण कविताहरु राम्रा र सुन्दर छन् त्यती हुँदाहुँदा पनि यहाँ पाठकीय विचार राख्नुपर्ने नै हुन्छ।

कुनै पनि व्यक्ति आलोचित बन्न चाहदैनन्। अनि भएको कमी कमजोरीहरु पनि बोल्न चाहदैनन् उसको नजरबाट झर्नुपर्छ भनेर। भएको संरचना जे छ त्यो ठीक हुदाँ हुदै पनि बेठिक देख्छन् कोही उनको हेर्ने दृष्टिकोण नै त्यस्तै भएर। जसरी पहेले रोग लागेकोले हरियो देख्दैन। सच्चा स्रष्टा बन्ने हो भने इमान्दारितापूर्वक गरिएको आलोचनाबाट सिक्न र आफैँलाई विकसित गर्न सक्छौ। आलोचकको आलोचनाबाट निरुत्साहित हुने चरित्रको विकास गर्न सक्नु नै महान हो। आलोचनाका पनि प्रकार छन्। यहाँ याद आयो, विष्णु अल्पविरामको ‘ईश्वर छन् छैनन् कविता संग्रहको’ भरेड्ड १ मा लेखिएको ‘भरेड्ड त सकुनी पनि चढेँ, अनि विदुर पनि। कंक्रिटको पनि अनि अर्को पनि’ यो भन्दा बढी भन्नु जरुर छैन। ईष्याबाट प्रेरित आलोचना र स्वच्छ आलोचना बीचको भेद छुट्टयाउनु नै महत्वपूर्ण हुन्छ। कुशल र असल मान्छेमा यो क्षमताको विकास हुन्छ र समालोचकको आशय भनेको सही बुझ्नु हो। यदि सफल मान्छेले आँफू को हुँ भनेर केलाएर हेर्छ भने आफूप्रति गरिएको आलोचना कुन दृष्टिकोणले कसरी उचित अनुचित त्यो पनि ठम्याईदिने व्यक्तिको खाँचो पदैँन।

४५ वटा सबै कविताको एकएक निचोड निकाल्दा एक उपन्यास नै बन्न पुग्ला यहाँ आधुनिकताको प्रवर्तन गनेर्, विषयगत विविधता, दुःखान्त र सुखान्त, राष्ट्रप्रेम, देशप्रेम, लघुदेखि बृहत आकारसम्मका कविता रचना गर्नु, द्धन्द्धप्रधानता, परिस्कारयुक्त शैली, दार्शनिकता, समस्यामुलकता, परम्परागत प्रवृतिप्रति तिखो व्यड्डय र प्रहसनको चोटिलो मिश्रण, बाह्यान्तरिक द्धन्दको विधान, प्रेम र विवाहसम्बन्धी नयाँ दृष्टिकोण, सामाजिकता, मनोविश्लेषणात्मकता, प्रगतिवाद, समस्याकेन्द्रित, युगबोध, मानवतावाद, अन्तराष्ट्रिय एवम् राष्ट्रिय सन्दर्भ परिवेशको चर्चा, सूक्ष्म झिनो विषयको गहन अध्ययन र चिन्तन, धार्मिक एवम् सामाजिक मुल्य मान्यताप्रति आस्थावान रहनु यस्तै विशेष प्रवृति रहेका नेपाल त्यसै यो समिक्षकको आशालाग्दा प्रतिभा बनेका छन् ।

तर निमको रुख आफ्नोपन गुमाउन सक्दैन। सर्वसाधारण विचार ख्याल गर्नु पर्ने कुरा भनेकै अर्थहीन र नचाहिदा राम रमिताबाट टाढै राखेर आफूँलाई निष्कपट न्यायको मापदण्डको लेखाजोखा गर्ने हो। त्यसैले कविताका नाममा तीन लाइनका हाइकु, चार लाईनमा मुक्तक जस्ता टुक्राटुकीलाई कविता नाम दिदा कवितामो मर्म हराउन सक्छ आगामि कृतिमा त्यो नाम नदिदा उपयुक्त हुन्छ होला। यसमा भने कविले समयमै सोच्दा राम्रो हुनेछ। लेखक स्वयम बोलेको आवाज हो कसैको चाकडी चाप्लुसी गर्न नजान्दा जागिरको क्रममा दुःख पाए। सत्य सधै सत्य हुन्छ, प्रगतिपथमा लम्केका पाईलाहरु बिना रोकावट सफलताको शिखर चढ्दै जाउँन सतत् शुभकामना ।

ईमेल: ashafalnews@gmail.com

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.