हार्दिक बधाई, नेत्र लिम्बुलाई !!


जितेन थिङ्, कुवेत

केही महिना अगाडि अल्घानिम सिक्युरिटी ग्रुपले नेपाली अप्रेसन म्यानेजर पाएको थियो । जसमा अल्घानिम सेक्युरिटी ग्रुपका सम्पूर्ण साथीभाइहरु एकदम उत्साहित भएका थिए र अल्घानिम जस्तो अन्तर्राष्ट्रिय कम्पनीको सेक्युरिटी बिभागको जिम्मा नेत्र लिम्बुले पाउनु भनेको हामी स्वयमले पाउनु हो भनी गर्ब गरेका थिए । अहिले पनि अल्घानिम सेक्युरिटी ग्रुपका सम्पूर्ण साथीहरुले पुन एकचोटी गर्ब गर्ने मौका पाएका छन । अल्घानिम सेक्युरिटी ग्रुपको सेक्युरिटी अप्रेसन म्यानेजर पाएको केही महिना नबित्दै हालै नेत्र लिम्बु अल्घानिम इन्डस्ट्रिज अन्तर्गत पर्ने सेक्युरिटी बिभागको म्यानेजर पदमा बढुवा हुनु भएको छ । अप्रेसन म्यानेजर हुँदा जसरी वहाँले सेक्युरिटी बिभागको दैनिक परिचालन/अप्रेसन मात्र हेर्नु हुन्थ्यो भने अहिले वहाँको काँधमा सेक्युरिटी बिभागको करोडौको बजेट, प्राबिधिक गतिबिधी र ब्यबसायिक बिस्तार गर्ने जिम्मेवारी थप भएको छ । यसै सिल्सिलामा यही आउने नोभेम्बर महिनाको पहिलो हप्तामा इन्टरनेशनल सेक्युरिटी सेमिनारमा सहभागी हुन दुबई जाँदै हुनुहुन्छ । अल्घानिम जब लेबल अनुसार वहाँको यस्तो तहमा पदोन्नती भएको छ जहाँ अहिले सम्म कुनै नेपाली पुग्न सकेको छैन । यो अल्घानिम इन्डस्ट्रिजको ईतिहासमा पहिलो हो ।

नेत्र लिम्बुले आफ्नो शिक्षा भारतको केरला राज्यबाट पुरा गर्नु भएको थियो र सन २००२ मा अल्घानिम इन्डस्ट्रिजमा आबद्द हुनु भएको थियो । वहाँको आफ्नो काम प्रती मोह, लगनसिलता, मिहेनतको फल्स्वरुप सन २००८ मा अल्घानिम इन्डस्ट्रिजको हजारौ कामदारहरुलाई पछी पार्दै डाइरेक्टोरेट अफ फेसिलिटिज बाट इम्प्लोयी अफ द इअर को अवार्ड हात पार्न सफल हुनु भएको थियो ।

वहाँको आफ्नो काम प्रतिको मोह, लगनसिलता, मिहेनतको बाबजुत दक्ष नेत्रित्व, दक्ष कम्युनिकेसन क्षमता र टेक्निकी ज्ञानको राम्रो अनुभबको कारणले गर्दा यो सफलता हात पार्न सफल हुनु भएको हो । यस सफलतामा वहाँको सबैसँगको मिलनसारिताले पनि ठुलो भूमिका खेलेको छ । आशा छ वहाँले आगामी दिनहरुमा पनि यस्तै प्रगती गर्दै जानु हुनेछ । वहाँको यस सफलतामा वहाँलाई अल्घानिम सेक्युरिटी ग्रुपमा आबद्द सबै साथीभाइ हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं ।

Posted by: Jay Ale

9 responses to “हार्दिक बधाई, नेत्र लिम्बुलाई !!

  1. नेत्रजी,
    धेरै धेरै बधाई तथा शुभकामना! हाम्रा असल मित्रको यो उपलब्धिले हामीलाई हर्षित तुल्याएको छ ! आगामी दिनहरुमा समेत यस्तै प्रगति अनि उपलब्धिका समाचारहरु सुन्दै रहन पाईयोस यहि हाम्रो शुभकामना अनि ईश्वरसामू प्रार्थना.

  2. Netra dai lai… mer pani dherai dherai shuv kamana, I wish Netra dai…. all the very best !!!

  3. Congratulation!!!!!!!!have a broght future ahead

  4. हार्दिक बधाई छ नेत्र सर । अल्घानिममा कार्यरत नेपाली हरुकोलागी मात्र नभै समग्र कुवेत बासी नेपालीहरु को गौरब को कुरा हो । भबिस्य मा अझा प्रगती हुँदै जाओस शुभकामना दिन चाहन्छु ।

  5. अल्घानिम कम्पनीमा कार्यरत नेपालीहरुकोलागी मात्र नभै समग्र कुवेतबासी नेपालीहरुको नाम उजागर गर्ने हाम्रो प्रिय मित्र नेत्र लिम्बु जीको बढुवा भएकोमा इस्लाम प्रजेन्टेशन कमिटीको नेपाली न्यु मुस्लिमको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं ।

  6. good Job weldone netra ji pheri2 yastai happy news sunne asha rakhdachu thx so much congratulations.
    Amar Tamu

  7. GAnesh pathak, Doha QAtar

    Congratulation Netra ji,

  8. cogratulation Netra sir

  9. Dear friends, many thanks for your comments. Appreciate this….it really feels good to know there are so many well wishers by your side. cheers

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.