नेपाली तयारी पोसाकको मुख्य खरिदकर्ता युरोप


काठमाडौं, २५ असोज/ युरोपेली संघ (ईयू) नेपाली तयारी पोसाकको सर्वाधिक ठूलो आयातकर्ता भएको छ । नेपालको कुल निर्यातको ४६.१३ प्रतिशत तयारी पोशाक ईयूमा निर्यात भएको छ । व्यापार र निर्यात प्रवद्र्धन केन्द्रका अनुसार बेलायत, फ्रान्स, जर्मनी, स्पेन र इटाली विगत पाँच वर्षको अवधिमा सर्वाधिक ठूलो खरिदकर्ताको रूपमा देखा परेका छन् । अमेरिकी निर्यात घटेको अवस्थामा युरोपेली संघले नेपाली तयारी पोसाक निर्यातकर्तालाई राहत दिएको छ ।

विगत पाँच वर्षको अवधिमा तयारी पोसाकको अमेरिकी निर्यातमा विशाल परिमाणले घटेको थियो । कुनै समय अमेरिका नेपालको सबैभन्दा ठूलो निर्यातक देश थियो । आर्थिक वर्ष २००५–०६ मा अमेरिका निर्यात भएको नेपाली तयारी पोसाकको अनुपात ५५.१६ प्रतिशत थियो । सोही वर्ष युरोपेली संघमा भएको निर्यात १८.१४ प्रतिशत मात्रै थियो ।

पाँच वर्षको अन्तरालमा यो अनुपातमा ठ्याक्कै परिवर्तन आएको छ । अमेरिकामा हुने निर्यात जम्मा २१.४९ प्रतिशतमा झरेको छ भने युरोपेली संघ सर्वाधिक ठूलो आयातक देश भएको छ ।

संघका देशहरूमध्ये फ्रान्स सबैभन्दा ठूलो आयातकर्ता देश भएको छ भने  दोस्रो र तेस्रोमा बेलायत र जर्मनी रहेका छन् ।

हालैका वर्षहरूमा युरोपेली संघमा बढेको मागले नेपाली तयारी पोसाक उत्पादकलाई राहत मिलेको तयारी पोसाक उद्योग संघका कार्यकारी अधिकृत अशोक कोइरालाले बताए ।

नेपाली तयारी पोसाकका लागि जापान र इजरायलबाट पनि चासो बढेको उनको भनाइ छ । युरोपेली संघले ४१ अति कम विकसित देशहरूका लागि लत्ताकपडा, तयारी पोसाक र चिनीको युरोप निर्यातमा शून्य भन्सारको व्यवस्था गरेको छ । ईयूले नेपाल र लाओसका लागि भन्सार शून्यमा आयात गर्ने सुविधा उपलब्ध गराएको छ ।

नेपाल तयारी पोसाक उद्योग संघका अनुसार नेपाली तयारी पोसाक उत्पादकहरूले विशेष गरी महिलाका उत्पादनहरू निर्यात गर्दै आएका छन् । यसमा ट्राउजर र बुटिक समावेश छ । विशेषगरी हात निर्मित र कपासका वस्तुहरूले संघका देशहरूमा खरिदकर्ता पाएको कोइरालाले बताए ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.