Daily Archives: 16/10/2011

आमा-छोरीको प्रस्तुति


“हात धोउ दिवस”को उपलक्ष्यमा ललितपुरको जावलाखेलमा गायिका कुन्ती मोक्तान छोरीद्वय सुवानी मोक्तान (बाँया) र शितल मोक्तान (दाँया)सँग प्रस्तुती दिँदै । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

२३ वर्षी तरुनी केही दिनमै बुढी बनेपछि…


भियतनामकी एक जना युवती केहीदिनमै बुढि बनेकी छिन् । २३ वर्षीया लक्का जवान रहेकी गुएथी फुओंग नामकी ती महिला एक्कासी एलर्जीको समस्या देखिएपछि केही दिनमै ७३ वर्षीया बुढी बनेकी छिन् ।

धेरैलाई विश्वास नलाग्न सक्छ तर उनको हकमा भने आश्चर्यजनक घटना भएको छ । अधिक सी-फुड खाएका कारण एलर्जीको समस्या देखिएपछि उनको उमेरमा एक्कासी बढोत्तरी भएर छाला चाउरियो र सरीर बुढो भयो । पढ्नेक्रम जारी राख्नुहोस्

घुम्न जाने भन्दै नेपाली युवतीलाई विदेशी डान्सबारमा पठाउने तीन पक्राउ


केपी ढुंगाना, काठमाडौं, असोज २९- श्रम इजाजतै नलिई घुम्न जाने भन्दै नेपाली युवतीलाई विदेशी डान्सबारमा पठाउन सक्रिय रहेको आरोपमा नेपाल एयरलायन्सका कर्मचारीसहित तीनजना पक्राउ परेका छन्। प्रहरीले ‘ट्राभल भिसामा डान्सबार र डिस्कोथेकमा काम गर्न हिँडेका’ सातजना युवतीको उद्धार गरी शनिबार उनीहरूलाई पक्राउ गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक बधाई, नेत्र लिम्बुलाई !!


जितेन थिङ्, कुवेत

केही महिना अगाडि अल्घानिम सिक्युरिटी ग्रुपले नेपाली अप्रेसन म्यानेजर पाएको थियो । जसमा अल्घानिम सेक्युरिटी ग्रुपका सम्पूर्ण साथीभाइहरु एकदम उत्साहित भएका थिए र अल्घानिम जस्तो अन्तर्राष्ट्रिय कम्पनीको सेक्युरिटी बिभागको जिम्मा नेत्र लिम्बुले पाउनु भनेको हामी स्वयमले पाउनु हो भनी गर्ब गरेका थिए । अहिले पनि अल्घानिम सेक्युरिटी ग्रुपका सम्पूर्ण साथीहरुले पुन एकचोटी गर्ब गर्ने मौका पाएका छन । अल्घानिम सेक्युरिटी ग्रुपको सेक्युरिटी अप्रेसन म्यानेजर पाएको केही महिना नबित्दै हालै नेत्र लिम्बु अल्घानिम इन्डस्ट्रिज अन्तर्गत पर्ने सेक्युरिटी बिभागको म्यानेजर पदमा बढुवा हुनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली विद्यार्थीलाई अमेरिकामा असाधारण शैक्षिक सफलता


नेपालका एक १४ वर्षीय बालकले संयुक्त राज्य अमेरिकामा असाधारण शैक्षिक सफलता हासिल गरेका छन्। राजधानीको ओमबहाल टोलका अपूर्व श्रेष्ठले यसवर्ष निम्नमाध्यामिक तहमा अमेरिकाको भर्जिनिया राज्यमै सर्वोत्कृष्ट स्थान हासिल गरी राष्ट्रपति शैक्षिक पुरस्कार ( प्रेसिडेन्ट्स एजुकेसन एआर्ड) प्राप्त गरेको उनका अभिभावक सुरेन्द्रलाल श्रेष्ठले बताएका छन्। उनी भर्जिनियाको इगल भ्यु स्कुलमा अध्ययनरत छन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली तयारी पोसाकको मुख्य खरिदकर्ता युरोप


काठमाडौं, २५ असोज/ युरोपेली संघ (ईयू) नेपाली तयारी पोसाकको सर्वाधिक ठूलो आयातकर्ता भएको छ । नेपालको कुल निर्यातको ४६.१३ प्रतिशत तयारी पोशाक ईयूमा निर्यात भएको छ । व्यापार र निर्यात प्रवद्र्धन केन्द्रका अनुसार बेलायत, फ्रान्स, जर्मनी, स्पेन र इटाली विगत पाँच वर्षको अवधिमा सर्वाधिक ठूलो खरिदकर्ताको रूपमा देखा परेका छन् । अमेरिकी निर्यात घटेको अवस्थामा युरोपेली संघले नेपाली तयारी पोसाक निर्यातकर्तालाई राहत दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्