जय आले, कुवेत
१४ अक्टोबर २०११ शुक्रबारका दिन, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको सोल्टी नेपाली होटल, कुवेतमा बसेको कार्यकारिणी समितिको १४७औं मासिक बैठकको अवसरपारी दुई नयाँ सदस्यहरुले क्लवमा प्रवेश गर्नु भएको छ ।
वहाँद्वय हुनुहुन्छ: कुवेतको नेपाली समाजमा चर्चित नाम -पप/आधुनिक गायक, गिटारिष्ट एवं वेब-ग्राफिक्स कलाकार श्री पुर्खा पुनमगर र अर्को चर्चित नाम -नेपाली संगितमा विगत १७ वर्षदेखी लगातार योगदान दिई रोजगारिको सिलसिलामा ६ महिना पहिला मात्र कुवेत आउनु भएका संगितकार, नृत्य निर्देशक एवं कमेडियन कलाकार श्री नबिन श्रेष्ठ ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सैद्दान्तिक एवं नीतिगत कार्यशैली तथा उद्देश्य ’bout क्लव अध्यक्ष धर्मराज गिरी, पूर्वाध्यक्ष किरण पौड्याल र उपाध्यक्ष जय आलेले बिस्तृत रुपमा ब्रिफिङ्ग (व्याख्या) गरिसकेपश्चात वहाँहरुको क्लवमा आवद्द रहेर काम गर्ने ईच्छा जाहेर भएकोले ताली पिटेर हार्दिकताका साथ स्वागत गर्दै क्लव कार्यसमितिको सदस्य पदमा वहाँहरुलाई प्रवेश गराईएको हो ।
नव-नियुक्त कलाकार सदस्यहरुको लामो समयदेखी क्लवमा कृयाशिल रहँदै आएका कलाकार सदस्यहरु केशव भण्डारी र जीबन लिम्बुसँग मिलेर (E-SAF-C टुर्नामेण्टलाई सफल तुल्याउन) ०६ जनवरी २०१२ मा प्रस्तुत हुन गईरहेको क्लवको च्यारिटी कल्चरल शो को तयारी तथा स्थानिय नेपाली कलाकारसँग सहकार्य र कस्तो प्रस्तुति दिने भन्ने ’boutमा बिशेष भूमिका रहनेछ ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले नयाँ सदस्यहरुलाई स्वागत गर्दै वहाँहरुको सफल कार्यकालको कामना गरेको छ ।