मिति: १४ अक्टोबर २०११
कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले बिभिन्न नेपाली चाड-पर्वको अवसर पार्दै कुवेतवासी नेपालीहरुलाई पृथक किसिमको मनोरञ्जन दिने, शुभ-कामना सन्देश आदान-प्रदान गर्ने र आपसी भाईचाराको सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउने उद्देश्यसहित बिगत ४ बर्ष देखि नेपाली समाज कुवेतमा बनभोज कार्यक्रमको आयोजना गर्दै आएको र जसमा यहाँहरुको समेत बृहत सहभागिता रहने गरेको सर्वविदितै छ ।
एवंगत यस बर्ष पनि यस क्लवले नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ-दिपावलीको पावन अवसरमा कारणवश केही दिन ढिला भएपनि ११ नोभेम्बर २०११, शुक्रवारका दिन, कुवेतको ग्रिन आईल्याण्ड पार्कमा विभिन्न मनोरन्जनात्मक खेलकूद सहितको “चौंथो वार्षिक बनभोज कार्यक्रम-२०६८” को आयोजना गर्न गईरहेको व्यहोरा सार्वजनिक गर्दै, निम्न बुँदाहरुमा ध्यान दिई यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
१) सहभागिताको लागि आफ्नो नाम/नम्बर दर्ता गराउने अन्तिम मिति १० नोभेम्बर २०११ दिनको ४ बजेसम्म तोकिएको छ । उक्त समयपश्चात सम्पर्कमा आउनुहुने कसैलाई पनि बनभोजमा सम्मिलित गराउन आयोजक असमर्थ रहने व्यहोरा यसै सूचना मार्फत जानकारी गराउन चाहन्छौं ।
२) बनभोज स्थलको प्रवेश शुल्क: बिहानीको जलपान, चिया-कफी, दिवाभोज तथा Consolation पुरस्कार सहितको उक्त कार्यक्रमको शुल्क बिगतका बर्षहरुमा झैँ के. डी. ३/- (तीन) मात्र तोकिएको छ ।
३) बिगतमा झैं सम्पूर्ण सहभागीहरुबाट असल ब्यबहारको अपेक्षा यस क्लबले आगामी कार्यक्रममा समेत राखेको छ । कथं-कदाचित कसैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उच्छ्रिंखल वा अभद्र ब्यबहार गरेको पाईएमा उक्त ब्यक्तिलाई कुवेतको सुरक्षा निकायमा हस्तान्तरण गर्न आयोजक समिति बाध्य हुनेछ ।
४) बनभोज स्थल “ग्रीन आईल्यान्ड” मा प्रवेश गर्ने समय बिहान ९.०० बजे देखि दिनको १२.३० सम्म मात्र हुनेछ ।
५) आफ्नो तथा परिवारको सामानहरुको सुरक्षा आफैले गर्नुपर्नेछ ।
उपलव्ध सुविधा तथा अवसरहरु:
१) खानामा ओपन बुफे साथै नास्तामा चिया, कफी, आदि ।
२) बिभिन्न किसिमका साङ्गितिक एवं मनोरन्जनात्मक कार्यक्रमहरुमा सहभागिता ।
३) समय-समयमा थप मनोरन्जनको लागि साधारण किसिमका खेलहरु खेलाईने जसमा बिजयी प्रतिस्पर्धीलाई Consolation पुरस्कार ।
४) आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर (खुल्ला नाचगान, कविता वाचन र अन्य) ।
५) बृहत नेपालीहरुसंग भलाकुसारीको अमुल्य अवसर ।
अन्त्यमा, कुवेतमा रहेका सम्पूर्ण संस्थाहरुको बृहत सहभागिताको लागि अनुरोध गर्दै उक्त दिन अन्य कार्यक्रमको आयोजना गरेर कार्यक्रमा नजुधाई दिनुहुन समेत यस यस क्लव “आयोजक समिति” हार्दिक अनुरोध गर्दछ ।
थप जानकारी तथा नाम दर्ताको लागि सम्पर्क व्यक्तिहरु:
धर्मराज गिरी -९४०६९७३४, ६६०६८९२५, राजु गुरुङ् -६७०७२९४४, सुरेश गुरुङ् -६६९२८३३४, जय आले -९९१०१४०८, किरण आले -५५४२९८०६, ईन्द्र भूषाल -६५७४८८६२, अमर गुरुङ् -६५८४१२६३, चन्द्र तामाङ् -९९१९५३५९, जगत मगर -९९२८८३२०, जितेन थिङ् -९७४७३७५५, ईन्द्र पोखरेल -६६३४१६१८, शिवराम पौडेल -६६९८३१३८, डम्बर रिमाल -६६८०९६४२, नारायण नेपाल -६६०३६९७१, जित खड्का -५५५१०७२९, नवराज श्रेष्ठ -६६४२०१९१, राम बस्नेत -६६५७६०८२, केशब भण्डारी -९७३५७४४६, जिबन सुब्बा -६५१०५७३१, बम बिष्ट -६६४६८५७९, यसोदा घिमिरे -६०६५५८०२, डोल्मा शेर्पा -५५८०४२६७, सरिता पौड्याल -६६२५६५२०, शिला गिरी -९९५६०४८५ वा यस क्लब कार्यसमितिका कुनै पनि सदस्यहरुलाई संपर्क गर्न सकिने छ ।
कार्यक्रम संयोजक: किरण पौड्याल –६६१०६९९०
धन्यबाद ।
आयोजक समिति,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत ।
Posted by: Jay Ale
SORRY bhannu parla hai kinaki yo pali pani yo banbhoj ma aauna namilalla jasto cha. FRIDAY ko din day off paunai garo huncha….. sabai jana daju-bhai & didi-bahini haru lai namaskar.