प्रस्तुति : कमला श्रेष्ठ प्रधान
– रुसका प्रसिद्ध उपन्यासकार फिदिन समुद्रको किनारमा बसी लहरहरूको मधुरो आवाज सुन्दै लेख्ने गर्दथे । उनले समुद्रको किनारमा बसेर थुप्रै कृति सिर्जना गरेका छन्, जसमध्ये असाधारण ग्रीष्म ऋतु नामक उपन्यास १० दिनमा पूरा गरेका थिए ।
– भिक्टर हृयुगो फ्रान्सका एक महान क्रान्तिकारी लेखक हुन् । उनी साहित्य सिर्जना गर्ने बेलामा उभिएर मात्र गर्दथे । आफू बराबरको अग्लो टेबुल बनाएका थिए । उनी सो टेबुलमा कागजका पाना राख्दै लेख्थे भने लेखेका पानाहरू भुइँमा फ्याँक्थे र पछि जम्मा गरेर पानाहरू मिलाउँथे । पढ्नेक्रम जारी राख्नुहोस्