मानिस किन गरिब हुन्छ भनेर अचम्म लाग्छ


“मेरो बंगुर फार्मको वार्षिक आम्दानी ५२ लाख छ”

२०४६ सालमा विराटनगरको एउटा युवक स्नातक तह अध्ययन गर्दागर्दै व्यापार गर्न काठमाडौं उक्लिएको थियो । विशेष गरी बाहिरका मानिस कि त जागिर खान काठमाडौं आइपुग्छन्, कि त अध्ययन गर्न,  तर ती युवकले काठमाडौंमा व्यापारको ठूलो स्कोप देखेका थिए । यद्यपि बाहिरका मानिसले एकैपटक पैसा लगाएर व्यापार गर्दा धेरै जोखिम उठाउनुपर्ने कुरा उनले सोचेका पनि थिएनन् । बुबासँग ५० हजार  रुपैयाँ लिएर आएका चन्द्रशेखरको उक्त रकम केही वर्षमै डुब्यो । यसबीच उनले होलसेलको काम गरे, जग्गा-जमिन नाप्दै हिँडे, तर पनि आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकेनन् । १० वर्षअघि भने  उनले एक जना साथीसँग मिलेर अनौठो व्यापार सुरु गरे, बंगुरपालन । जब उनीहरूले बंगुरपालन सुरु गरे, बंगुर फार्मले दिन दुईगुना-रात चौगुना प्रगति गर्न थाल्यो । चन्द्रशेखर अहिले नेपालका सबैभन्दा  ठूला बंगुरपालक किसान हुन्। बंगुर पालेरै उनले काठमाडौंको तीनकुनेमा आकर्षक घर बनाएका छन् । उनका ब्राह्मण बुबा बिहान पूजापाठमा मस्त हुँदा उनी नयाँ टाटा इन्डिका गाडी चढेर भक्तपुरस्थित  आफ्नो कृषि र्फममा पुगिसक्छन् । व्यावसायिक मित्र पवन पाण्डेसँग मिलेर बंगुर पालेरै वर्षको ५२ लाख खुद नाफा कमाउने उनीहरू  भन्न थालेका छन्, मानिसहरू किन गरिब हुन्छन् भनेर हामीलाई अचम्म  लाग्छ ।’

नेपालीहरू कृषि र पशुपालनले जीवन सम्पन्न हुन सक्दैन भनेर ठोकुवा गर्छन्, तपाईं भने बंगुर पालेरै लाखौं कमाएको दाबी गर्नुहुन्छ, कसरी सम्भव छ ?

सम्भव नभए मैले कसरी गरें त ? संसारमा गर्छु भनेर लागेपछि असम्भव केही पनि हुँदैन। जुनसुकै काम मेहनत र इमान्दारिताका साथ गर्ने हो भने मान्छेले सफलता पाउन सक्छ। बंगुरकै उदाहरण लिनुस् न।  तपाईं बंगुरलाई ६० रुपैयाँको दाना ख्वाउनुहोस्, १ सय ७५ रुपैयाँको मासु बढ्छ। अर्थात तीन किलो दाना बराबर १ किलो मासु। ६० रुपैयाँ लगाएर १ सय ७५ रुपैयाँ कमाउने कुनै व्यवसाय छ ?

त्यसो भए मानिसले किन कृषि व्यवसायप्रति नाक खुम्च्याएका होलान् ?

पहिलो त व्यावसायिक नभएर नै हो। दोस्रो व्यावसायिक हुन खोज्दा पनि उचित ज्ञान नभएर हो। सुरु-सुरुमा मैले पनि पटक-पटक गरेर १५ लाख घाटा खाएँ, तर हरेस खाइनँ। मानिसले दुई-चार वर्षमा पेसा  परिवर्तन गर्छ, त्यो नै घातक हो। बल्ल-बल्ल सिकेको कुरा अर्को पेसामा गएपछि त्यो ज्ञान काम लाग्दैन। कुनै काम सुरु गरेपछि त्यसलाई पार लगाएरै छाड्नुपर्छ।

तपाईंका बुबा अहिले पनि पूजा-पाठ गरिहिँड्नुहुन्छ, तपाईं भने बंगुर पालक, अचम्म लाग्दैन ?

युरोप-अमेरिकाबाट नेपाल आएका कुइरेहरूलाई हामी सम्मान गर्छौ, किन ? उनीहरू गाई खान्छन्, जुन हामी कल्पना पनि गर्न सक्दैनौ। हामी उनीहरूलाई सम्मान गर्छौं, ’cause उनीहरू सम्पन्न छन्,  व्यावसायिक छन्। यदि म बंगुर पालेर असफल भएको भए मेरो कुरा पनि काटिन्थ्यो होला, तर सफल भएका कारण मेरो पौरखको चर्चा हुन्छ। संसार नै यस्तो छ, सफल हुनुहोस्, नाम कमाउनुहुन्छ, असफल  हुनुहोस्, कुरा काटिन्छ।

व्यवसाय गर्ने धेरै क्षेत्रमध्ये बंगुरपालनलाई नै  किन रोज्नुभयो ?

मेरा हजुरबुबा खोटाङ जिल्लाका कहलिएका शुद्ध बाहुन। आफ्नो पालो नआई उहाँले खेतमा पानी लगाउनुभएछ। त्यसबेलाका जिम्वालले नियम मिचेको भन्दै हजुरबुबालाई सुँगुरको खोरमा थुनेछन्। यो एउटा  घटना आगोझैं पहाडभरि सल्कियो। सुनपानी छर्किएर, जनै फेरेर शुद्ध हुँदा पनि उहाँको खिसीटिउरी हुन छाडेन। उक्त घटनाले मलाई बंगुरप्रति ठूलो घृणा जागेको थियो, तर जुन कुरा मनमा गढ्छ, त्यो कुनै न  कुनै रूपमा प्रकट हुन्छ। अहिले भएको त्यही हो।

तैपनि सिधै बंगुर व्यवसाय नै गर्ने योजना बनाउन त गाह्रै हुन्छ, न त यो तपाईंको क्षेत्र थियो न कुनै अध्ययन?

काठमाडौंमा व्यापार गर्न आएको मानिस, सबैजसो व्यवसायमा असफल हुन थालेपछि मैले नयाँ काम गर्नुपर्छ भन्ने योजना बनाएँ। त्यसबेला बँदेलको मासु निकै महँगो थियो। मैले बँदेल पाल्ने योजना बनाएँ,  तर त्यो सफल हुन सकेन। अनि बंगुरको मासुको माग जताततै। त्यसबेला नेपालमा ८ अर्ब रुपैयाँको मासु विदेशबाट आयात हुँदो रहेछ। नेपाल कृषिप्रधान देश, तर आठ अर्बको मासु विदेशबाट आयात हुने  कुरा मेरा लागि अनौठो थियो। त्यसैबेला मलाई लाग्यो, यो भन्दा सुरक्षित पेसा अरू हुन सक्दैन। अहिले १० वर्षपछि नेपालमा १६ अर्ब रुपैयाँको मासु विदेशबाट आयात भैरहेको छ। अलिकति पढेलेखेको  मानिसलाई यस्तो तथ्यांकले नयाँ बाटो खोलिदिन्छ। मलाई पनि यो तथ्यांकले ठूलो उर्जा दिएको हो।

नेपालमा एउटा व्यक्तिले कुनै पेसाबाट सफलता पायो भने मानिस त्यसकै पछि कुद्ने चलन छ, अहिले तपाईंले बंगुरपालनमा पाएको सफलतापछि धेरै युवा तपाईंको बाटोमा हिडेर असफल भए, कस्तो लाग्छ ?

एकपटक तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई मैले भनेको थिएँ, मैले भनेको बाटोमा सात वर्ष हिँड्नुहोस्, यो देशमा कोही पनि गरिब हुँदैनन्। सुन्दा मानिस हाँस्न सक्छन्, तर सत्य हो। कुनै पनि मानिसले  गम्भीर भएर ५-७ वर्ष काम गर्ने हो भने ऊ गरिब हुनै सक्दैन, तर मानिसहरू विज्ञको कुरा ध्यान दिएर सुन्दैनन्। सुने पनि त्यसअनुसार काम गर्दैनन्। काम नगरेपछि परिणाम आउँदैन। नेपालमा कृषिमा जस्तो  भविष्य अरू केहीमा पनि छैन। ’cause हामीसँग दुई विशाल मुलुकको बजार छ। अहिले हामी खाद्यान्न, फलफूल र मासु सबैमा विदेशप्रति निर्भर छौं। यस्तो अवस्थामा कृषिमा असफल हुनु भनेको नै हाँसउठ ्दो कुरा हो। गम्भीर अध्ययन, चिन्तत, मेहनत र विज्ञका कुरा सुन्ने हो भने असफल हुने सम्भावना नै छैन। मेहनत नगर्ने मानिस नै असफल हुन्छ र गरिब पनि।

सफलताको यो बिन्दुमा आएपछि तपाईंका योजना के-के छन् ?

म जुनसुकै कामबाट पनि मानिसले सफलता पाउन सक्छ भनेर सारा युवालाई देखाउन चाहन्छु। मानिसले बोलेर विश्वास गर्दैनन्, त्यसैले मैले बंगुरकै कमाइबाट काठमाडौंमा भव्य महल बनाउने योजना  बनाएको छु। एउटा डिपार्टमेन्टल स्टोर पनि खोल्छु। त्यति गरेपछि मानिस पैसा कमाउन गलत काम गर्नुपर्दो रहेनछ भनेर बुझ्न बाध्य हुन्छ। म अहिले नै महँगो मोटर चढ्न सक्छु, तर त्यो अनुत्पादक क्षेत्रमा  लगानी हुने भएकाले मात्र २० लाखको गाडी चढेको हुँ। अहिले हाम्रो र्फमको कमाइ वर्षको ५२ लाख छ, त्यसलाई वाषिर्क १ करोड बनाउँछु।

सरकारले कृषिक्षेत्रमा करोडौं लगानी गरेको छ तर त्यो बालुवामा पानी बगेसरह भएको छ, सरकारले तपाईंबाट केही सिकेन ?

म सरकारी अधिकारी जसलाई भेटे पनि आफ्नो कथा सुनाउँछु। उनीहरूले पनि सापकोटाजी तपाईंले राम्रो गर्नुभएको छ भन्छन्, तर मेरो कुरा सुन्दैनन्। अहिले पनि मेरो बंगुर र्फमलाई सरकारले बंगुरपालन  तालिम केन्द्र बनायो भने धेरै बंगुरपालकको हित हुन्छ तर खै, किन नसुनेका होलान् ?

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.