दोहोरो नागरिकता दिन सकिन्न ‘अर्थमन्त्री’


काठमाडौं, असोज २६ (नागरिक)- अर्थमन्त्री वर्षमान पुनले गैरआवासीय नेपालीले सुरुदेखि उठाउँदै आएको दोहोरो नागरिकताको मुद्दा कार्यान्वयन गर्न नसकिने बताएका छन् । ‘मुलुकको भौगोलिक राजनीतिक अवस्थाका कारण दोहोरो नागरिकताको माग सम्बोधन हुनसक्ने सम्भावना कम छ,’ उनले भने, ‘तपाईंहरूले यसको विकल्प खोज्नु राम्रो हुन्छ ।’

दोहोरो नागरिकता एनआरएन संघले आफ्नो पहिलो सम्मेलनदेखि नै प्रमुख रूपमा उठाउँदै आएको मुद्दा हो । बुधबार राजधानीमा सुरु गैरआवासीय नेपाली (एनआरएन) संघको पाँचौं विश्व सम्मेलनका क्रममा आयोजित ‘नेपालमा लगानी अवस्था’सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले अन्य मुलुकमा पनि यो विषय छिनोफानो नभएको उदाहरण दिए । ‘तपाईंहरूले अरू मुलुकमा भएका प्रावधान हेरेर सुझाव दिनु भए सजिलो हुन्छ,’ उनले भने ।

संस्थानमा लगानी गर्नुस्:
कार्यक्रममा अर्थमन्त्री पुनले एनआरएनहरूलाई सरकारी स्वामित्वका संस्थानहरूमा लगानी गर्न आह्वान गरेका छन् । सम्भावना बोकेका केही संस्थान पनि घाटामा गएको बताउँदै उनले त्यस्ता संस्थानमा लगानी गर्न सके फाइदा हुने दाबी गरे । ‘घाटामै रहेका संस्थानमा लगानी गर्न चाहनुहुन्छ भने तत्काल पहल गर्न तयार छु,’ उनले भने । देशभित्र ३६ सार्वजनिक संस्थान सञ्चालित छन् । त्यसमध्ये आर्थिक वर्ष २०६६/६७ मा २२ संस्थान नाफामा सञ्चालन भइरहेका छन् भने १४ घाटामा छन् । नेपाल टेलिकम र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमात्र नाफा दिने संस्था हुन् ।

एनआरएनले निश्चित क्षेत्रमा लगानी गर्दा स्रोत नखोजिने बताउँदै त्यस्ता लगानीमा छुट दिन सरकार तयार रहेको पनि अर्थमन्त्री प्रस्ट पारे । सरकारले आगामी वर्षलाई ‘लगानी वर्ष’का रूपमा घोषणा गरिसकेको बताउँदै विदेशी लगानीकर्ता भित्र्याउन एनआरएनलाई सहयोगको आग्रह गरे । गर्भनर युवराज खतिवडाले बैकमै पैसा राख्दा पनि ठूलो मुनाफा लिन सकिने बताए । ‘सिधै लगानी नगरे पनि बैंकमा पैसा जम्मा गर्दा ठूलो मुनाफा आउने अवस्था छ,’ उनले भने, ‘डलरको मूल्य बढ्नु र व्याजदर उच्च हुनुले २० प्रतिशत आम्दानी हुन्छ ।’ सेयर मूल्य न्यूनतम विन्दुमा आइसकेकाले यसमा पनि लगानी गर्न सकिने उनले बताए ।

एनआरएन उपाध्यक्ष जीवा लामिछानेले ठूला परियोजनामा सामूहिक लगानी ल्याउन पहल गरिने बताए । विश्वभरका गैरआवासीय नेपाली मिले सय मेगावाट क्षमताको जलविद्युत आयोजनामा सजिलै लगानी गर्न सकिने उनले दाबी गरे ।

Posted by: Jay Ale                                                                     Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.