Breaking News..
काठमाडौं, असोज २६ (नागरिक) -गैर आवासीय नेपाली संघको अध्यक्ष पदका दुई प्रत्यासितबीच पत्रकार सम्मेलनमै झडपको स्थिति सिर्जना भएको छ । अध्यक्ष पदका प्रत्यासीहरु जीवा लामिछाने र देवमान हिराचनबीच आरोप प्रत्यारोप पछि हात हालाहालको स्थिति बन्दा जारी पत्रकार सम्मेलन नै रोकिएको छ । संघको अध्यक्षका लागि चुनाव हुन लागेको यो पहिलो हो । यसअघि अन्य पदमा चुनावी प्रकृयाबाट पदाधीकारी चयन हुँदै आएको भएपनि अध्यक्ष सर्वसम्मत रहँदै आएका थिए । संघको चुनावका लागि सबै पदमा उमेद्वारी परेका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित भएका दुबै अध्यक्षबीच एक अर्कालाई आरोप प्रत्यारोप सुरु भएपछि विवाद चर्किएको थियो । दुबै गैर आवासीय नेताले एक-अर्को विरुद्ध व्यक्तिगत लान्छनासहित उत्रिएका थिए ।
Posted by: Jay Ale Source: Nagarik
hahahahahhahaaaaaah yo bhandaa ramailo aru kehi huncha?dekhyo kurchi banepachi kasto hunerahecha?nrna vaner nak phulaune bikasit desaka nepali haru timiharu pani nepali neta bhanda kattipani farak chaenau.badhai cha kulangar haru ho.