Daily Archives: 12/10/2011

तिवारी हत्या प्रकरणमा मन्त्री साहलाई उन्मुक्ति दिइयो


काशी तिवारी हत्या प्रकरणमा मुछिएका भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साहलाई जिल्ला सरकारी वकिलको कार्यालय पर्साले उन्मुक्ति दिएको छ । प्रहरी अनुसन्धानबाट मुख्य योजनाकारका रुपमा देखिएका मन्त्री साह उपर सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेन । पढ्नेक्रम जारी राख्नुहोस्

फिलिपिन्ससँग नेपालको स्तब्धपूर्ण हार


काठमाडौ, आश्विन २५ – दक्षिण-पूर्वी एसियाली भ्रमणको सुरुआत यो भन्दा खराब हारबाट सुरु हुन सक्दैन । नेपाल मंगलबार मनिलाको रिजल मेमोरियल स्टेडियममा फिलिपिन्सको हातबाट स्तब्धपूर्ण रूपमा ४-० ले पराजित रह्यो । युरोपेली फुटबलको अनुभव प्राप्त खेलाडीले भरिएको फिलिपिन्सले नेपालमाथि प्रभुत्व कायम राख्यो । पढ्नेक्रम जारी राख्नुहोस्

गैरआवासीय नेपालीको पाँचौं सम्मेलन आजदेखि


‘कुरा धेरै भए, अब काम’-
विजय घिमिरे, काठमाडौ असोज २५ – गैरआवासीय नेपाली संघको पाँचौं विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्वभरि ५७ मुलुकमा छरिएरका नेपाली सम्मेलनमा सहभागी हुने छन् । यसका लागि धेरै जसो एनआरएन दसैंअघि नै नेपाल आइसकेका थिए। यो सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

भक्तराजको जीबनीमा आचार्य


गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनकथामाथि निर्माता रोशन राईले निर्माण गरेको चलचित्र आचार्यको गत बुधबार विशेष प्रदर्शन गरियो । शुक्रबारदेखि देशभर सार्वजनिक हुने उक्त  चलचित्रका निर्देशक प्रशान्त रसाइली हुन् । निर्देशक रसाइली बलिउडका अब्बल निर्देशक अनुराग वासुका मुख्य सहायक निर्देशक पनि हुन् । उनी ऋतिक रोशनद्वारा अभिनित चलचित्र काइटसमा निर्देशक वासुका मुख्य सहायक थिए । सिक्किमका निर्माता तथा निर्देशकको प्रयासबाट निर्माण भै प्रदर्शन हुन लागेको उक्त चलचित्रलाई शैलेन्द्र कार्कीले खिचेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्