ज्ञानु बस्नेत, इजरायल
असोज २३ । विगत लामो समयदेखि निष्कृय अवस्थामा रहेको गैर आवासीय नेपाली संघ – राष्ट्रिय समन्वय परिषद, इजरायलले नयाँ कार्यसमिति गठनका लागि आवश्यक प्रक्रिया तथा विशेष पहल शुरू गरेको जीवन खड्काले बताउनु भएको छ ।
यसैगरी आगामी केही समयमै हुन गइरहेको नयाँ कार्यसमिति गठन प्रक्रियामा खिचातानी, व्यक्तिगत स्वार्थ एवम् राजनीतिक मानसिकता नलिइ स्च्वछ एवम पारदर्शी हिसाबले कार्यसमिति गठन गर्न इजरायलस्थित बिभिन्न निकायका प्रतिनिधि, संघ-संस्था, बुद्धिजीवी र सम्पूर्ण गैर आवासीय नेपालीहरु समक्ष कार्यक्रम सफल पार्न साथ र सहयोगका आग्रह गरिएको छ ।
साथै इजरायलमा रहनु हुने गैर आवासीय नेपालीहरु लाई यथाशिघ्र NRN-इजरायलको नयाँ सदस्यता लिनुहुन एवम् पुराना सदस्यता नवीकरण गर्न संघले हार्दिक अनुरोध गरेको छ । सदस्यता लिनका लागि Tel Aviv Central Bus Park को नारायण मःम पसल तथा लेवन्स्की पार्क तलेअभिभ अगाडिको एडभान्स मनी ट्रान्सफर (Advance MoneyTransfer) मार्फत फारम लिन सकिने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले जनाएको छ ।
साथै यस सम्बन्धी जानकारी नपाउनुहुने महानुभावहरूलाई यसै समाचारलाई आधार मानेर सहभागी हुन अनुरोध समेत गरिएको छ ।
Posted by: Jay Ale