मुन्नी बद्नाम हुई, डार्लिङ तेरे लिएमा नृत्य


मुन्नी बद्नाम हुई, डार्लिङ तेरे लिएमा नृत्य गर्दै सुन्तली स्टेजमा प्रवेश गरेपछि दर्शकदीर्घाबाट हुटिङ सुरु गरिएको थियो, हास्य टेलिशृंखला मेरी बास्सैका चर्चित हास्य दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’लाई आँखैअगाडि देख्दा मोरङ हरैचाका डा. सूर्य पराजुली स्टेजनजिकै गएर पेटमिचीमिची हाँसे । आम्दा अस्पताल झापामा कार्यरत उनले दसैँ बिदामा घर आएका वेला सुकुना बहुमुखी क्याम्पस, मोरङको प्रांगणमा चर्चित हास्यदम्पत्ति धुर्मुस र सुन्तलीलाई नजिकबाट हेर्ने अवसर पाएका हुन् । उनले मात्र नभई सो प्रांगणमा भेला भएका पाँच हजारबढी दर्शकले दसैँका अवसर पारेर एकता मिडिया प्रालिले आयोजना गरेको दसैँ विशेष हास्य तथा सांस्कृतिक कार्यक्रममा मेरी बास्सैका हास्य जोडी धुर्मुस र सुन्तलीलाई प्रत्यक्ष हेरेनन् मात्र उनीहरूको प्रस्तुतिले पेट मिची-मिची हाँसे पनि । उनीहरूले स्वाभिमान नागरिक शीर्षकमा प्रहसन प्रस्तुत गरेका थिए ।

मुन्नी बद्नाम हुई, डार्लिङ तेरे लिएमा नृत्य गर्दै सुन्तली स्टेजमा प्रवेश गरेपछि दर्शकदीर्घाबाट हुटिङ सुरु गरिएको थियो । सुन्तलीपछि केही मिनेटमै धुर्मुस स्टेजमा फुत्त देखापरेका थिए । धुर्मुसलाई देखेर दर्शक जुरुक्क उठेर स्टेजतर्फ लम्किएका थिए । दर्शकले स्टेज पूरै घेरा हालेपछि धुर्मुस र सुन्तलीले आफ्नो प्रहसनलाई झन्डै पाँच मिनेट रोक्नुपरेको थियो ।

निर्धारित समयभन्दा अढाइ घन्टाढिलो सुरु भएको कार्यक्रममा गायक सुमित खड्काले हिमाल, पहाड, तराई कोही छैन् यहाँ पराइलगायतका आधा दर्जन राष्ट्रिय गीत गाएका थिए भने लोकगायक तुलसी पराजुलीले चार वटा लोकगीत प्रस्तुत गरेका थिए । विराट कला समूहका कलाकारले विभिन्न नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा अभिनेत्री रेखा थापा पनि आउने पक्का भएको थियो । आयोजक र दर्शकले रेखालाई साँझसम्म पर्खिए । तर, रेखा आइनन् । रेखा नआइपछि दर्शक निराश भएर घर फर्किए । रेखा नआएपछि दर्शक मात्र नभई आयोजक पनि क्रुद्ध भएका थिए । रेखाले आफू अन्दाज फिल्मको प्रोमोसनमा संलग्न भएकाले आउन नसकेको भन्दै अबेर मात्र आयोजकलाई जानकारी गराएकी थिइन् ।

स्थानीय र राष्ट्रियतहका चर्चित कलाकारलाई सम्मान र प्रोत्साहनका लागि आयोजना गरिएको कार्यक्रममा रेखालाई पनि सम्मान गर्ने कार्यक्रम थियो । उनको सम्मानमा आयोजकले चाँदीको फ्रेममा सम्मानपत्र तयार गरी कार्यक्रम स्थलमा ल्याएको थियो । रेखा नआएपछि सो सम्मानपत्र आयोजकले आफ्नै कार्यालयमा लगेर थन्काएको छ ।

Posted by: Dambar Rimal                                           Source: nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.