भक्तराजको जीबनीमा आचार्य


गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनकथामाथि निर्माता रोशन राईले निर्माण गरेको चलचित्र आचार्यको गत बुधबार विशेष प्रदर्शन गरियो । शुक्रबारदेखि देशभर सार्वजनिक हुने उक्त  चलचित्रका निर्देशक प्रशान्त रसाइली हुन् । निर्देशक रसाइली बलिउडका अब्बल निर्देशक अनुराग वासुका मुख्य सहायक निर्देशक पनि हुन् । उनी ऋतिक रोशनद्वारा अभिनित चलचित्र काइटसमा निर्देशक वासुका मुख्य सहायक थिए । सिक्किमका निर्माता तथा निर्देशकको प्रयासबाट निर्माण भै प्रदर्शन हुन लागेको उक्त चलचित्रलाई शैलेन्द्र कार्कीले खिचेका हुन् । भक्तराज आचार्यले आफ्नो जीवनको बाल्य एवं युवावस्था सिक्किमको डुवोर्समा बिताएको घटनाबाट आरम्भ हुने यो चलचित्रमा उनको त्यतिबेलाको भोकसंगको संघर्ष र संगीतप्रतिको लगावलाई मार्मिक  ढंगबाट उतारिएको छ । जब उनी संघर्ष गरेर नाम कमाउने धुनमा काठमाडौं आउँछन् त्यसपछि चलचित्रको मूल कथा सुरु हुन्छ । उनले नाम त कमाउँछन् तर पनि एउटा सामान्य कलाकारको संघर्षपूर्ण  जीवन बाँच्न बाध्य छन् । मदिरापान गरेर आफ्नो पीडा कम गर्ने क्रममा भएको एउटा झगडामा उनी नराम्रोसंग घाइते हुन्छन् । उनलाई ठीक त हुन्छ, तर जिब्रोमा भएको घाउले क्यान्सरको रूप लिएपछि  एउटा होनहार गायकको जिब्रो काटिन्छ । यद्यपि भक्तराजले संघर्ष गर्न छाड्दैनन् । चलचित्रमा बाबुको चरित्रलाई भक्तराजका ज्येष्ठ सुपुत्र तथा गायक सत्यराज आचार्यले जीवन्त तुल्याउने प्रयास गरेका छन्  भने यो चलचित्रमा विख्यात गजल गायक गुलाम अलिले पनि विशेष भूमिका निर्वाह गरेका छन् । सुनिल पोखरेल, अरुणा कार्की, गोपाल भुटानी, सौगात मल्ल स्वराङ्न नगरी स्पट साउन्ड राखिएको उक्त  चलचित्रका अन्य महत्वपूर्ण पात्र हुन् ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.