फिलिपिन्ससँग नेपालको स्तब्धपूर्ण हार


काठमाडौ, आश्विन २५ – दक्षिण-पूर्वी एसियाली भ्रमणको सुरुआत यो भन्दा खराब हारबाट सुरु हुन सक्दैन । नेपाल मंगलबार मनिलाको रिजल मेमोरियल स्टेडियममा फिलिपिन्सको हातबाट स्तब्धपूर्ण रूपमा ४-० ले पराजित रह्यो । युरोपेली फुटबलको अनुभव प्राप्त खेलाडीले भरिएको फिलिपिन्सले नेपालमाथि प्रभुत्व कायम राख्यो ।

नेपालका बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सले आपmनो टिमको सर्वाधिक बलियो पक्ष डिफेन्स रहेको दाबी गर्दै आए पनि त्यसले फेरि पूर्णतः निराश पार्‍यो । नेपालको कमजोरी रहेको फरवार्ड फिलिपिन्सविरुद्ध जम्न सकेन । टिमको मिडफिल्ड पनि खुला र फितलो देखिएको थियो ।

नेपालविरुद्ध चारै गोल इङलिस फुटबलमा बाक्लो अनुभव बटुलिसकेका खेलाडीले गरे । फिलिपिन्सका सुरुआती तीन गोल इङलिस मूलका यङहजब्यान्ड दाजुभाइले गरे । चेल्सीका उत्पादन फिलिप्सले काउन्टर आक्रमणमा १७ औं मिनेटमा गोलको खाता खोले । उनी लन्डन क्लबका युवा तथा रिजर्भ टिमका पूर्वखेलाडी हुन् । दाजु जेम्सले ३० औं मिनेटमा दोस्रो गोल थपे । उनी पनि चेल्सी एकेडेमीको उत्पादन र त्यसैको युवा तथा रिजर्भ टिमका पूर्वखेलाडी हुन् । उनले पेनाल्टी एरिया बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । फिलिप्सले ५५ औं मिनेटमा रिबाउन्डमा शक्तिशाली प्रहारको मदतले तेस्रो गोल गरे ।

चौथो गोल ८९ औं मिनेटमा सम्भव भयो । साउथह्याम्पटनको उत्पादन हार्टमन म्याथ्युले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बलले पोस्टका दिशा लिएको थियो । नेपालका तर्फबाट एकमात्र आक्रमण निराजन खड्काले बुने । उनले ६५ औं मिनेटमा गरेको प्रहार फुलहमका रिभर्ज गोलरक्षक नेल एथरडेजले बचाए ।

नेपालले खेलको अधिकांश समय एकै फरवार्ड खेलाएको थियो भने बाँकी खेलाडी डिफेन्सका लागि पछाडि झरेर खेलेका थिए । नेपालका तर्फबाट पुलिसका रमेश कटुवालले डेब्युको मौका पाए । उनी निराजन खड्काको स्थानमा ७० औं मिनेटमा मैदान छिरेका थिए ।

नेपाल र फिलिपिन्सबीचको यो पहिलो औपचारिक खेल हो । नेपालले अहिलेसम्म खेलेका छ मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमध्ये यो दोस्रो र सर्वाधिक ठूलो हार हो । अब नेपाली टिम बिहीबार मलेसियातर्फ लाग्नेछ । दक्षिण-पूर्वी एसिया भ्रमणको अन्त्यमा नेपालले थाई राष्ट्रिय टिमसँग पनि खेल्नेछ ।

Posted by: Raju Gurung                                          Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.