तिवारी हत्या प्रकरणमा मन्त्री साहलाई उन्मुक्ति दिइयो


काशी तिवारी हत्या प्रकरणमा मुछिएका भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साहलाई जिल्ला सरकारी वकिलको कार्यालय पर्साले उन्मुक्ति दिएको छ । प्रहरी अनुसन्धानबाट मुख्य योजनाकारका रुपमा देखिएका मन्त्री साह उपर सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेन ।

बुधबार जिल्ला अदालत पर्सामा दायर गरिएको मुद्दाबाट मन्त्री साहको नाम हटाइएको छ । चार जना उपर उक्त हत्या प्रकरणमा मुद्दा चलाइएको छ । मन्त्री साहका स्वकीय सचिव सियाराम कुशवाहालाई सर्वस्वसहित जन्म कैदको माग गर्दै मुद्दा पेस गरिएको छ । त्यस्तै हत्या गर्ने बेलामा मोटरसाइकल चालक रहेका अमन कुशवाहालाई १० वर्ष कैद  तथा मुकेश सर्राफ र बलराम साहलाई मतियार भन्दै तीन/तीन वर्ष कैद सजायको माग गरिएको छ ।

मुद्दा पेस गर्न अदालत पुगेका सहायक जिल्ला न्यायद्यविक्ता सत्यनारायण यादवले प्रहरीले दिएको मिसिलमा प्रमाण अभाव रहेकाले मन्त्री साह उपर तत्काललाई मुद्दा नचलाइएको जानकारी दिए ।

Posted by: Dambar Rimal                                                             Source :ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.