गैर आवासीय नेपालीलाई ढुक्क भएर लगानी गर्न प्रधान मन्त्रीको आह्वान


विष्णु पोखरेल, काठमाडौं, असोज २५ – प्रधान मन्त्री बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई स्वदेशमा लगानी गर्नका लागि आह्वान गरेका छन् । उनले सन् २०१२-१३ लाई नेपाल लगानी वर्ष घोषणा गर्ने तयारी भइरहेको बताउँदै नेपालको आर्थिक विकासका लागि लगानीको आह्वान गरेका हुन् ।

उनले गैर आवासीय नेपाली संघको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनको उद्‍घाटन गर्दै पहिलो पटक प्रधान मन्त्रीका हैसियतले आर्थिक सेल बनाएर काम गर्ने प्रयास थालेको बताए । उनले प्रति ब्यक्ति आम्दानी ३ हजार डलर पुर्‍याउने महत्त्वकांक्षी लक्ष्य राखेको बताउँदै कूल गार्हस्थ उत्पादनको ४५ प्रतिशत लगानी गर्ने वातावरण तयार पार्न आफू लागिपरेको समेत बताए । उनले वार्षिक ७ लाखलाई रोजगार दिन सक्ने वातावरण तयार हुनुपर्ने बताए ।

शान्ति प्रकृया पूरा भएपछि र संविधान बनेपछिको एजेन्डा आर्थिक सामाजिक विकास भएको उनको भनाई थियो । आर्थिक विकास नभई शान्ति नहुने बताउँदै उनले दुई महिनामा संविधानको खाका आउने बताए। नेपालमा पहिलेभन्दा लगानी गर्न वातावरण सहज भएको उनको दावी छ । ‘तपाँईहरु विदेशमा भएपनि तपाँईहरुको मन नेपालमै छ,’ भट्टराईले भने ।

Posted by: Jay Ale                                          Source: Nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.