एनआरएन परिचयपत्रमा किन देखिएन आर्कषण ?


दुई बर्षमा दुई सय पचासले पनि लिएनन्:
२५ असोज, काठमाडौं । हरेक दुई-दुई बर्षमा काठमाण्डौंमा भेला भएर नेपाल सरकारकारसँग मागको सूची तेर्साउने र नेपाल र नेपालीलाई गाली गर्ने वानी परिसकेका गैरआवासीय नेपालीहरुले सुरुका दिन चर्कोसँग उठाउँदै आएको माग हो- एनआरएन परिचयपत्र । नेपाली मूलका रहेपनि नेपालको नागरिकता त्यागिसकेका त्यस्ता गैरआवासीय नेपालीहरुलाई परिचयपत्र दिएमा उनीहरुलाई भिसा लिन, नेपालमा लगानी गर्न र आवातजावत गर्न सजिलो हुने एनआरएनको माग थियो । सोही मागअनुसार नेपाल सरकारले ऐन तथा नियमावलीको ब्यबस्था गरि एनआरएन परिचयपत्र दिने नीति बनायो । दुई बर्षअघि मात्र एनआरएनका अध्यक्ष देवमान हिराचनलाई परिचयपत्र दिएर थालेको यो अभियानमा एनआरएनको आर्कषण भने लाजलाग्दो नै छ ।

सरकारले परिचयपत्र दिन थालेपछि त्यसलाई बेवास्ता गर्दै दोहोरो नागरिकताको माग चर्काएका उनीहरुले यो दुई बर्षको अबधिमा करिव करिव साढे दुई जनाले मात्र परिचयपत्र लिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म झण्डै दुई सय ५० जना एनआरएनहरुले मात्र परिचय पत्र लिएका छन् ।

त्यसो त सम्बन्धित देशमा रहेका नेपाली नियोगहरुबाट पनि परिचयपत्र लिन सकिन्छ । तर यसरी परिचयपत्र लिनेको संख्या पनि कम छ । ‘नेपाली पासपोर्ट र परिचयपत्र हुँदा खासै फरक नहुने भएकाले मलाई परिचयपत्र लिन मन लागेन’ एनआरएन जापानका पूर्व अध्यक्ष राजन प्रधानाङ्गले भन्नुभयो । आफूजस्तै अरु धेरै एनआरएनहरुले पनि परिचयपत्र नलिएको उहाँको भनाई छ ।

त्यसो त परिचयपत्र लिंदा दोहोरो नागरिकताको माग छायाँमा पार्ने हो कि भन्ने चिन्ता उनीहरुमा देखिन्छ । ‘हाम्रो मुख्य माग दोहोरो नागरिकता नै हो, तर परिचयपत्र दिने व्यवस्थाले यसलाई ओझेलमा पारेको जस्तो लाग्छ’ गैरआवासीय नेपाली संघका सल्लाहकार जुगल भुर्तेलले भन्नुभयो-’त्यसैले पनि धेरैले परिचयपत्र लिन चाहेका छैनन् ।’ तर सरकार भने उनीहरुमा चेतना नपुगेकाले आकर्षण नदेखिएको बताउँछ । ‘ऐन नियम’bout धेरै जानकार छैनन्, त्यसैले परिचयपत्र बनाउनेहरुको संख्या कम भएको हुन सक्छ’ परराष्ट्र मन्त्रालयमा एनआरएन डेस्क हेर्ने उपसचिव रामबाबु ढकालले भन्नुभयो -’ परिचय पत्र लिनुपर्छ भनेर चेतना जगाउने काम गैरआवासीय नेपाली संघले नै गर्नुपर्छ ।’

प्रकृया सजिलो:
परराष्ट्र मन्त्रालयका अनुसार एनआरएनहरुको लागि परिचयपत्र उपलव्ध गराउने प्रकृया निकै सजिलो छ । सार्कबाहेकका अरु राष्ट्रमा दुई वर्ष बसेकाले परिचयपत्रको लागि परराष्ट्र मन्त्रालय या सम्बन्धित देशको नेपाली नियोगमा सम्पर्क गर्न सक्छन् । परिचयपत्रको लागि नेपाली मूलका विदेशी नागरिकलाई ५सय डलर र विदेशमा बस्ने नेपालीका लागि ५० डलर शुल्क तोकिएको छ । ‘सात दिनभित्र उपलब्ध गराउने नियम भएपनि हामीले दुई दिनमै दिने गरेका छौं’ मन्त्रालयका उपसचिव रामबाबु ढकालले भन्नुभयो -’विदेशमा रहेका नेपाली नियोगहरुले भने एक दिनमै उपलव्ध गराउने गरेका छन् ।’

प्रकृया सजिलो भएपनि धेरै गैरआवासीय नेपाली परिचयपत्र लिन इच्छुक देखिएका छैनन् । परिचयपत्रले नेपालीको पहिचान मात्रै झल्काउने तर नागरिकता लिएको जस्तो सुविधा नहुने भएकाले यसप्रति आकर्षण नभएको हो । एनआरएनले गैरआवासीय नेपाली सम्बन्धी ऐनमा भएका परिभाषा लगायतका विषयमा सुधार नभएसम्म परिचयपत्र लिनलाई प्रोत्साहन नगर्ने निर्णय गरेकाले पनि परिचयपत्र वितरण प्रभावकारी बन्न सकेको छैन ।

परिचयपत्र वा दोहोरो नागरिकताको माग नै न्यायसंगत नभएको र जरुरी नभएको बताउनेहरुको संख्या पनि कम छैन् । अहिलेसम्म नेपाली नागरिकता त्याग्ने नेपालीहरुको संख्या एक सयको हाराहारीमा पनि नभएको अबस्थामा सवैजसो एनआरएनहरुसँग नेपाली नागरिकता छ । जसले गर्दा उनीहरुलाई आम नेपाली नागरिकसरह नेपालमा आउजाउ गर्न, लगानी गर्न सम्पत्ति जोड्न कुनै समस्या छैन । जसले गर्दा उनीहरु थप रकम तिरेर एनआरएन परिचयपत्र लिन इच्छुक छैनन् ।

अब माग दोहोरो नागरिकताको:
यता गैरआवासीय नेपालीहरु भने दोहोरो नागरिकता र संबिधानमा मताधिकारको ब्यबस्था हुनुपर्ने राजनीतिक माग लिएर चर्को लबिङ गरिरहेका छन् । एनआरएन परिचयपत्र आफ्नो माग नभएको भन्दै हरेकपटक नेपाल आउने गैरआवासीय प्रतिनिधिमण्डलले राजनीतिक दलका नेताहरुलाई भेटेर दोहोरो नागरिकताको ब्यबस्था गर्न माग गर्छन् । पाँचौ बिश्व सम्मेलनको मुखैमा काठमाण्डौं भेला भएका गैरआवासीय नेपालीका प्रतिनिधिहरुले पनि राजनीतिक दलका प्रमुख र प्रधानमन्त्रीसमेतलाई भेटेर एनआरएनलाई दोहोरो नागरिकता दिनुपर्ने, एकपटकको नेपाली सधैको नेपाली हुनुपर्ने, मतदानको अधिकार हुनुपर्ने लगायतका माग दोहोर्‍याएका छन् । तर, सरकार भने एनआरएनलाई झट्टै दोहोरो नागरिकता दिने पक्षमा देखिन्न ।

Posted by: Jay Ale                                          Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.