राष्ट्रपति कतारमा


दिनेश रेग्मी, दोहा (कतार), आश्विन २४ – राजकीय भ्रमणका लागि राष्ट्रपति रामवरण यादव स्थानीय समयअनुसार सोमबार मध्याह्न १२:२३ बजे कतारको राजधानी दोहा आइपुगेका छन् । कतारका अमिर (राजा) शेख हमाद बिन खलिफा अलथानीको निमन्त्रणामा राष्ट्रपति यादव १५ सदस्यीय टोलीसहित कतार आएका हुन् । दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति यादवलाई कतारका न्यायमन्त्री हसन विन अब्दुल्ला अल घानिम, अमिरको कार्यालय ‘अमिरी दिवान’ को प्राटोकलको प्रतिनिधि, नेपालका लागि कतारका गैरआवासीय राजदूत र कतारका लागि नेपाली राजदूत सूर्यनाथ मिश्रले स्वागत गरेका थिए ।

राष्ट्रपतिलाई विमानस्थलबाट रातो कार्पेट बिछ्याएर सुरक्षा गार्डको सम्मानसहित अमिरी प्रोटोकल लजमा लगिएको थियो । अमिरी लजमा राष्ट्रपति र टोलीसँग न्यायमन्त्री अल घानिमले परिचय र छोटो भलाकुसारी गरेको दूतावासले जनाएको छ ।

भलाकुसारीपछि राष्ट्रपति यादव र टोली सामुदि्रक किनार कर्निसस्थित पाँचतारे होटल सेराटनमा पुगेको थियो । राष्ट्रपति र टोली कतार भ्रमण रहने बेलासम्म यही होटलमा बस्ने दूतावासले जनाएको छ ।

राष्ट्रपतिले सोमबारै अपराह्न नेपाली दूतावास भवन र समुद्र पुरेर सामुदि्रक किनारामा बनाएको ‘पर्ल कतार’ को भ्रमण गरी रात्रिभोज राजदूत मिश्रको निवासमा गर्ने कार्यक्रम छ । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३५ वर्षपछि यो राजकीय भ्रमण भएको यहाँका नेपालीले बताएका छन् ।

नेपाल-कतारबीच २०३३ माघ ८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसअघि तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रको भ्रमण भएको थियो । सरकार प्रमुखका रूपमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको औपचारिक भ्रमण गरेका थिए ।

Posted by: Shiva Paudel

Source: ekantipur

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.