गोप्य कुरो नबताउँदा अबलाको यस्तो हाल


बोक्सीको आरोप लगाउँदै नेपाल तथा भारतका विभिन्न ठाउँमा महिलामाथि हिंसा भएका खबर नौलो होइन । दिसा खुबाउने, नांगेझार पारेर गाउँ घुमाउने जस्ता कुकृत्य महिलामाथि हुँदै आएका छन् । तर पछिल्लो पटक भारतकी एक महिलाले बोक्सीको नाममा होइन गोप्य कुरा नबताएको निहुँमा ठूलो अपमान बेहोर्नु परेको छ ।

दशैंको अवसरमा दुर्गा देवीको पूजा हुन्छ । तर भारतको उत्तर प्रदेशस्थित लखिपुरको दुर्गापूर पडरी गाउँमा भने दुर्गा देवीकै साक्षात रुप एक महिलाको अपमान भएको छ । स्थानीय दरबारीलालकी पत्नीलाई गाउँकै युवा र अधवैंशे पुरुषहरुले अपहरण गरी नांगै बनाएर गाउँ घुमाएका छन् ।

रातीमा घरभित्र जबर्जस्ती छिरेका गाउँलेहरुले ती महिलालाई उठाएर लगे । केही गोप्य कुराको ’boutमा जानकारी लिन भन्दै महिलालाई लगेका गाउँलेहरुले रातभरी एउटा कोठामा लगेर महिलालाई केरकार गरे तर कुरो नबताएपछि नांगै बनाएर गाउँ घुमाएका छन । त्यतिले मात्र नपुगेपछि उनलाई लखेटी लखेटी कुटपिट समेत गरेको श्रोतले खुलाएको छ ।

महिलालाई नांगै बुंगै बनाएर गाउँ घुमाएको देख्दा गाउँका केही सज्जनहरुको चित्त दुखेछ । उनीहरुले घटना’boutमा प्रहरीलाई खबर गरेपछि तत्काल आएको प्रहरीले महिलामाथि अत्याचार गर्नेलाई पक्राउ गरेको छ । महिलाको उपचार भैरहेको छ भने अपराधी जेलमा कोचिएका छन् । घटना’bout अनुसन्धान भैरहेको खबर छ ।

Posted by: Jay Ale                                                       Source: Dainik-bhaskar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.