आज कोजाग्रत पूर्णीमा, दसैंको अन्तिम दिन


२४ असोज, काठमाडौं । कोजाग्रत पूर्णीमाको अवसरमा आज देशैभरी धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइंदै छ । पौराणिक मान्यताअनुसार आजकै दिन महालक्ष्मी बैकुन्ठबाट पृथ्वीमा “को जाग्रत छ” भनी आउँदा एक किसान दम्पतीका घरमा बाहेक अन्य कतै पनि उज्याले नदेखेकाले तिनै किसान दम्पतीका घरमा बास बसेको र ’emबाट प्रसन्न भई धनधान्यले पूर्ण पारिदएको विश्वास मानी आज महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्रम बस्ने प्रचलन छ ।

विजयादशमीको दिनदेखि सुरु भएको टीका र जमरा लगाउने काम परम्परागत रुपमा आजकै दिनबाट पूरा हुन्छ । यसका साथै घटनास्थापनाका दिन विधिवत् राखिएको जमरा, कलशलगायत पूजाका अन्य सम्पूर्ण अवशेष आजै विसर्जन गरिन्छ । कोजाग्रत पूणिर्मा नेपालीहरुको अर्को महान् चाड तिहारको आगमन हुन लागेको सङ्केतका रुपमा पनि मनाइन्छ ।

भोलिदेखि एक महिनासम्म पवित्र नदीको जल वा कुण्डमा, कार्तिकस्नान तथा तुलसीपूजा प्रारम्भ हुन्छ ।

Posted by: Jay Ale                                                            Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.