Daily Archives: 11/10/2011

दिपावली साँझको रुपमा गैर आवासीय नेपाली तारा कतारको फाईनल अक्टोबर २८ मा दोहा सिनेमा हलमा हुने


बुधबल गुरुङ, दोहा

अक्टुबर ११, कतार । “गैर आवासीय नेपाली तारा कतार २०११” को टप टेनमा पर्ने गायन र नृत्य विधाका प्रतियोगि कलाकारहरुको नाम र फाईनल कार्यक्रम प्रकाशित भएको छ । “तमू सांस्कृतिक परिवार कतारको तेश्रो अभियान, विदेशमा भएका प्रतिभाको खोजि, उचित अवसर र उचित सम्मान” पढ्नेक्रम जारी राख्नुहोस्

गोप्य कुरो नबताउँदा अबलाको यस्तो हाल


बोक्सीको आरोप लगाउँदै नेपाल तथा भारतका विभिन्न ठाउँमा महिलामाथि हिंसा भएका खबर नौलो होइन । दिसा खुबाउने, नांगेझार पारेर गाउँ घुमाउने जस्ता कुकृत्य महिलामाथि हुँदै आएका छन् । तर पछिल्लो पटक भारतकी एक महिलाले बोक्सीको नाममा होइन गोप्य कुरा नबताएको निहुँमा ठूलो अपमान बेहोर्नु परेको छ ।

दशैंको अवसरमा दुर्गा देवीको पूजा हुन्छ । तर भारतको उत्तर प्रदेशस्थित लखिपुरको दुर्गापूर पडरी गाउँमा भने दुर्गा देवीकै साक्षात रुप एक महिलाको अपमान भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अतित… !!


– गौरी मल्ल,


बर्षौपछि आज एकपटक फेरि
अतितलाई पुनर्जागरण गर्दैछु
लाग्छ कसैले उपन्यासको अन्तिम पृष्‍ठबाट
मुख्य पृष्‍ठसम्म पल्टाउँदैछ फरर र र र
अनि म आफ्नै कहानि उल्टोबाट पढ्दैछु
ओह.. कति बसन्त कति पतझड
एकएक गर्दै रिभर्स गिएरमा गए जस्तो
कैयन् क्षण गुज्रिसकेछन्
पल, दिन, हफ्ता, महिना हुँदै
बर्ष बर्षौंमा परिणत भैसकेछन पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएन उम्मेदवारहरु चुनाव प्रचारमा ब्यस्त


प्रतिनिधि दर्ता आजसम्म
२४ असोज, काठमाण्डौ । बुधबारबाट सुरु हुने गैरआवासीय नेपाली संघ-एनआरएन) को पाँचौ बिश्व सम्मेलनका लागि काठमाण्डौंमा भेला भएका बिश्वभरका नेपालीहरुलाई चुनावी तातो लागेको छ । चुनावको पूर्वसन्धामा बिभिन्न ५३ वटा मुलुककबाट नेपालमा आएका अधिवेशन प्रतिनिधिहरुले कुन उम्मेदवारलाई सघाउने भन्ने बिषयमा समुह समुहमा छलफल गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सेती खोंचमा खसेका युवालाई बेहोस अवस्थामा उद्धार


ईश्वरी न्यौपाने,पोखरा, आश्विन २४ – सेती नदीको खोंचमा खसेका एक युवाको बेहोस अवस्थामा उद्धार गरिएको छ । चाइना पुलको दक्षिण पुर्वपट्टी रंगशाला पछाडिबाट सोमवार साँझ करिब एक सय मीटर तल खोंचमा खसेका युवालाई प्रहरीले  माथी निकाल्न सफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज कोजाग्रत पूर्णीमा, दसैंको अन्तिम दिन


२४ असोज, काठमाडौं । कोजाग्रत पूर्णीमाको अवसरमा आज देशैभरी धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइंदै छ । पौराणिक मान्यताअनुसार आजकै दिन महालक्ष्मी बैकुन्ठबाट पृथ्वीमा “को जाग्रत छ” भनी आउँदा एक किसान दम्पतीका घरमा बाहेक अन्य कतै पनि उज्याले नदेखेकाले तिनै किसान दम्पतीका घरमा बास बसेको र ’emबाट प्रसन्न भई धनधान्यले पूर्ण पारिदएको विश्वास मानी आज महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्रम बस्ने प्रचलन छ । पढ्नेक्रम जारी राख्नुहोस्