यौनिकता र व्यवस्थापन


-डा. शान्ता निरौला,

मानिसको जीवनमा गाँस, बास र कपासजस्तै यौन पनि अत्यावश्यक छ । तसर्थ मानिसमा यौनसम्बन्धी उत्सुकता जाग्नु स्वाभाविक हो । हाम्रो समाजमा वैवाहिक जीवनमा यौनसम्बन्ध स्वीकार्य छ । सामाजिकरूपले मान्यताप्राप्त सुरक्षित यौनसम्बन्धमा सीमित रहनुलाई यौन संयमता भनिन्छ । केही समयअघि यौन शब्दको उच्चारण सभ्य समाजमा अपाच्य हुन्थ्यो । कसैले यौन शब्दको उच्चारण गरेमा ऊ उच्छृङ्खल, उत्ताउलो व्यक्तिमा गनिन्थ्यो र सबैको कड्के नजरको सिकार हुन्थ्यो । तर आजकाल यो समस्या छैन । कुनै पनि व्यक्तिले खुलेआम यौनको ’boutमा चर्चा गर्न सक्छ । युवायुवतीहरू कसैलाई राम्रो भन्नुपर्‍यो भने ‘यु लुक सेक्सी’ भन्ने गर्छन् । सेक्सी दर्जा पाउने व्यक्तित्व फुरुङ्ग परेर, आत्मविश्वास र फुर्ति बढेको अनुभव गर्दछ र गमक्क पर्दछ । यसको ठीक उल्टो, न्यून आत्मसम्मान भएको अर्को व्यक्ति आफूमा आकर्षा नभएको अनुभव गर्दै हीनताबोधले ग्रस्त हुन्छ ।

विवाह नभएका युवायुवतीहरूमा पनि यौन जिज्ञासा उठ्नु स्वाभाविक प्रक्रिया हो । किशोरावस्थामा प्रवेश गरेपछि मानिसमा यौनसम्बन्धी विभिन्न चर्चा गर्ने व्यवहार देखिन्छ । शरीरमा आउने परिवर्तनका कारण र हर्मोनका कारण यस्तो व्यवहार देखिन्छ । साथीभाइसँग यस्ता विषयमा कुरा गर्नुलाई नकारात्मक तरिकाले व्याख्या गर्न मिल्दैन । सीमित साथीभाइसँग गोप्यरूपमा आ-आफ्ना कुराहरू साट्नु सामान्य हो ।

तर यदि किशोरावस्थामा यौनसम्बन्धी गलत सिकाइ भयो भने व्यक्तिको यौनिकतामा नराम्रो प्रभाव पर्नसक्छ । साथीभाइबाट जानकारी लिने या आफैँ नयाँ कुरा पत्ता लगाउने क्रममा यौनसम्बन्धी गलत सिकाइ वा अवधारणा पनि हुनसक्छ । ढिलो विवाह गर्ने चलन चलेकाले युवायुवतीहरूले यौनसम्बन्धको वैध अधिकारबिना नै लामो समय बिताउनुपर्ने हुन्छ, जसले गर्दा उनीहरूमा यौनसम्बन्धी समस्याहरू देखापर्न सक्छन् । यदि यस्तो भएमा व्यक्तिको व्यक्तित्व र यौनिकता दुवैमा ज्यादै नकारात्मक असर पर्नसक्छ । जस्तै, किशोरावस्थामा नै अप्राकृतिक र अवैधिक यौन क्रियाकलाप गर्ने, बलात्कार गर्ने, समाजमा विकृति फैलाउने, अरूको यौन क्रियाकलाप लुकेर हेर्ने आदि ।

यदि कुनै व्यक्तिमा यौनसम्बन्धी गलत सिकाइ, बुझाइ वा अवधारणा हुन गएमा उक्त समस्या उसका लागि मात्र नभई पूरै समाजको लागि पनि घातक हुन पुग्छ । यौनिकतामा विचलन आएका व्यक्तिहरूले समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष असर पुर्याइरहेका हुन्छन् । यौनिकतामा विचलन आउनाले देखिने समस्याहरू निम्नानुसार छन् :

१) नपुङ्सकता (औषधि सेवन, चोटपटक, थकाइ, रोगका कारणले)
२) आफ्नो यौनाङ्ग अरूलाई देखाउने
३) अरूको यौन क्रियाकलाप लुकेर हेर्ने
४) विपरीत लिङ्गीका सामानहरू थुपार्ने
५) बालबालिकासँग सम्बन्ध राख्ने
६) बलात्कार गर्ने
७) एकै परिवारमा (बुबाछोरी, दाजु-बहिनी) मा सम्बन्ध राख्ने
८) विपरीतलिङ्गीलाई दुःख दिने (टोक्ने, पिट्ने आदि)
९) आफैँलाई दुःख दिने
१०) धेरै जनासँग सम्बन्ध राख्ने
११) आत्मविश्वास र आत्मसम्मान न्यून हुने
१२) समाजमा घुलमिल हुन गाह्रो हुने आदि ।

यस्ता व्यवहारले व्यक्तिलाई मात्र नभई परिवार, समाज र देशलाई नै नराम्रो अवस्थामा पुराउछ । यो देख्दा सामान्य देखिने जटिल समस्या हो । यसकारण यो समस्याको नियन्त्रण अत्यावश्यक छ । यसका लागि सम्पूर्ण व्यक्ति, परिवार र समाजमा चेतना जगाउनुपर्दछ । यसका लागि विभिन्न खोज र अनुसन्धान पनि भएका छन् । जसअनुसार यौनिकताको सही व्यवस्थापन र नियन्त्रणका बुँदाहरू निम्नप्रकारका छन् ।

१) यो विषय स्वाभाविक हो तर जटिल हो । त्यसैले आफूभित्रै म नियन्त्रणमा बस्छु, संयमित हुन्छु भन्ने हठ निश्चय जरुरी हुन्छ ।
२) चिसो पानीमा नुहाउने, पौडी खेल्ने ।
३) मुखमा पानी भर्ने । पानी भरेकै अवस्थामा निधारदेखि तल अनुहार वरिपरि पानी छ्याप्ने । निसास्सिनेजस्तो अवस्था आएपछि मुखको पानी फालिदिने । यही क्रम दुई-चारपटक दोहोर्‍याउने । यसले यौनको गर्माहटलाई छिटै निक्र्यौल दिन्छ ।
४) उच्छृङ्खल पुस्तक, पत्रपत्रिका, कामसूत्र, कोकशास्त्र पढ्ने बानी छ भने तुरुन्तै त्यागिदिने ।
५) यौनलिप्साका सोचाइलाई आफूभित्र आउन नदिने । त्यस्ता सोचाइलाई बेवास्ता गर्ने । अरू विषयवस्तुतिर ध्यान केन्द्रित गर्ने ।
६) अश्लील फिल्म नहेर्ने ।
७) राजयोग ध्यान गर्ने ।
८) करिब दुई इन्च गोलो रबरको भकुन्डोलाई दिसा गर्ने प्वाल र अण्डकोषको बीचमा राखी दिनको दुईपटक पाँच/दश मिनेटको लागि बस्ने ।
९) सिद्धासनमा बस्ने: दाहिने खुट्टाको कुर्कुच्चा मलद्वारबीचमा अड्याउने र देब्रे खुट्टाको कुर्कुच्चा पिसाब फेर्ने ठाउँमाथि सुरक्षित तरिकाले राख्ने । दुवै घुँडा छुने र मेरुदण्ड सीधा राखेर ज्ञान मुद्रामा बस्ने ।
१०) वीर्य स्तम्भासन: एउटा खुट्टा अगाडि र अर्को पछाडि गरेर भुइँमा उभिने । अगाडिको खुट्टा उचाल्ने, जसले गर्दा खुट्टाको तल्लो भाग भुइँको समकोणमा रहोस् । यसो गर्दा आफ्ना दुवै हात पछाडि लगेर एक अर्कामा समाउने । मेरुदण्ड सीधा राखेर टाउको निहुराउने, जसले गर्दा टाउकोले अगाडिको खुट्टाको बुढी औँला छोओस् । आधादेखि एक मिनेटसम्म यस्तै गरिरहने र बिस्तारै टाउको उठाउने । अर्को खुट्टा टेकेर पनि यही क्रिया दोहोर्‍याउने ।
११) सुखासन
१२) आफूलाई विभिन्न तरिकाले व्यस्त राख्ने, नाच्ने गाउने आदि ।
१३) राम्रो सङ्गत गर्ने ।
१४) विभिन्न थेरापीहरू गर्ने आदि ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.