Daily Archives: 10/10/2011

खुला सिकाइबाटै बिए र एमएको डिग्री


शैक्षिक जनशक्ति विकास केन्द्रका उपनिर्देशक शिवकुमार सापकोटाका अनुसार नयाँ कोर्षको विकासका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ

खुला सिकाइका माध्यमबाट स्नातक (बिए) र स्नातकोत्तर (एमए) तहको शिक्षा लिन पाइने भएको छ । शैक्षिक जनशक्ति केन्द्रले अभ्यासमा आधारित योग्यता हासिल गर्न र कम लगानीमा योग्यता बढाउन नयाँ कार्यक्रम ल्याउन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

यौनिकता र व्यवस्थापन


-डा. शान्ता निरौला,

मानिसको जीवनमा गाँस, बास र कपासजस्तै यौन पनि अत्यावश्यक छ । तसर्थ मानिसमा यौनसम्बन्धी उत्सुकता जाग्नु स्वाभाविक हो । हाम्रो समाजमा वैवाहिक जीवनमा यौनसम्बन्ध स्वीकार्य छ । सामाजिकरूपले मान्यताप्राप्त सुरक्षित यौनसम्बन्धमा सीमित रहनुलाई यौन संयमता भनिन्छ । केही समयअघि यौन शब्दको उच्चारण सभ्य समाजमा अपाच्य हुन्थ्यो । कसैले यौन शब्दको उच्चारण गरेमा ऊ उच्छृङ्खल, उत्ताउलो व्यक्तिमा गनिन्थ्यो र सबैको कड्के नजरको सिकार हुन्थ्यो । तर आजकाल यो समस्या छैन । पढ्नेक्रम जारी राख्नुहोस्

आदिवासी जनजाति महासंघ, साउदी अरेबियाले पीडित महिलाहरुलाई हवाइ टिकेट उपलब्ध गरायो ।


नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबियाले गत २९ जुलाई २०११मा अयोजित १७औ विश्व आदिवासी दिवस सम्पन्न गर्नको लागि आयोजक कमिटीका पदाधिकारीहरु, जनजातिहरुको प्रगती चाहने, जनप्रगतिशिल मन्च, पढ्नेक्रम जारी राख्नुहोस्

अलविदा जगजीत सिंह


२३ असोज, काठमाडौं । भारतीय चर्चित गजल गायक एवं गीतकार जगजीत सिंहको निधन भएको छ । उनको मुम्बईको लीलावती अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । राजस्थानको श्रीनगरमा ८ फेब्रअरी, १९४१ मा जन्मिएका सिंहलाई ब्रेन हेमरेज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनु अघि सिंह पाकिस्तानी गजल गायक गुलाम अलीसँग कार्यक्रम प्रस्तुत गर्ने तयारीमा थिए । पढ्नेक्रम जारी राख्नुहोस्

अब सगरमाथाको लाइभ तस्बिर


आशिष लुइँटेल ,काठमाडौ, आश्विन २३ –  जलवायु परिवर्तनको असर’bout अध्ययन गर्न सगरमाथाको कालापत्थरमा वेबक्याम जडान भएको छ । अब सगरमाथाका लाइभ तस्बिर इन्टरनेटको सहायताले हेर्न सकिने भएको छ । यो प्रणाली राखिएको ठाउँ समुद्र सतहदेखि ५ हजार ६ सय ७५ मिटर उचाइमा छ । यसले विश्वकै अग्लो ठाउँमा जडित वेबक्यामको रेकर्ड राखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव देउसी-भैलो खेल्ने


जय आले, कुवेत  

बिगत लामो समयदेखी कुवेतबासी नेपालीहरु बीच कृयाशिल संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी फेब्रुअरी २०१२ मा सञ्चालन हुन गईरहेको दोस्रो सार्क स्तरिय फूटबल च्याम्पियनशिप (E-SAF-C) को सहयोगार्थ यस वर्षको नेपालीहरुको दोश्रो महान पर्व शुभ-दिपावलीको अवसरमा यहि आगामी २६ अक्टोबर (लक्ष्मी पूजा) को दिन, बेलुकीको ठिक ६.०० बजेदेखी यस क्लवले देउसी-भैलो खेल्ने कार्यक्रमको तय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

यसवर्षको नोबेल पुरस्कार : कुन कसले पाए ?


विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिलाई दिइने बहुचर्चित नोबेल पुरस्कार यसवर्ष धमाधम घोषणा गरिँदैछ । शनिबारसम्ममा विभिन्न पाँच विधामा नोबेल पुरस्कारको घोषणा गरिसकिएको छ भने अर्थशास्त्र तर्फको नोबेल पुरस्कारको घोषण सोमबार गरिँदैछ । कुन विधामा कसले नोबेल पुरस्कार पाए, प्रस्तुत गरिएको छ पढ्नेक्रम जारी राख्नुहोस्