देवघाटमा अन्त्येष्टि:
२२ असोज, चितवन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पितृशोक परेको छ । उहाँका पिता मुक्तिरामको ८५ वर्षको उमेरमा चितवनको भतरपुर –६ स्थित कृष्णनगरमा कान्छा छोरा गंगरामको घरमा गएराति १० बजे निधन भएको हो ।
दाहाललाइ राजधानीमा उपचार गरी एक साता अघिमात्र चितवन लगिएको थियो । प्रोष्टेड ग्ल्यान्डको अप्रेसनपछि दाहाललाई चितवन ल्याइएको थियो । दाहाल मृगौला, टाउकोमा पानी जम्ने, प्रोष्टेड ग्ल्याण्ड लगायत रोगबाट पीडित हुनुभएको थियो । दाहालका प्रचण्ड र गंगाराम गरी २ छोरा र ६ छोरी हुनुहुन्छ । बाबुको निधनको खबर पाएलगत्तै प्रचण्ड सपरिवार गएराति नै चितवन पुग्नुभएको छ । दाहाल निवासमा श्रद्धाञ्लजी दिने माओवादी नेता कार्यकर्ता शुभचिन्तक र आफन्तको भिड लागेको थियो ।
यसैबीच दाहालका जेठा छोरा प्रचण्डले उहाँको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । दाहालको चितवनको देवघाटमा आज बिहान अन्त्येष्टि गरिएको छ । दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री डा.बाबुराम भट्टराई, माओवादी पोलिटब्युरो सदस्य अग्नि सापकोटा, सभासदहरु, माओवादी र अन्य दलका नेता तथा कार्यकर्तालगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
Posted by: Jay Ale Source: N-linekhabar