फुटबलमा खराब सुरुआत


 पवन आचार्य,हाम्बनटोटा, आश्विन २२ – नेपाली बिच फुटबल टोलीले पहिलो दक्षिण एसियाली बिच खेलकुद प्रतियोगिताको उद्घाटनपूर्व नै फराकिलो हारको सामना गरेको छ । हाम्बनटोटाको बिचमा भएको खेलमा नेपाललाई घरेलु टोली श्रीलंकाले ११-२ गोलले हरायो । घाँसे मैदान छाडेर पहिलोपटक बालुवामा फुटबल खेलेका नेपाली टोलीेले पहिलो १२ मिनेटमा नै ४ गोल खाएको थियो । त्यसपछि दोस्रोमा ७ गोल खाँदै १ गोल फर्काएको नेपालले अन्तिम १२ मिनेटमा भने १ गोल थपेको थियो । 

नेपाली टोलीका कप्तान सुमन सुवेदीका अनुसार बिचमा खेल्ने अनुभव नभएकाले फराकिलो अन्तरको हार बेहोर्नुपरेको हो । उनले भने, ‘पहिलोपटक खेलिएकाले पनि हुन सक्छ हाम्रो तालमेल मिलेन । पहिलो फेजमै ४ गोल खाएपछि हामीबीचमा तालमेल अभाव भयो र हार बेहोर्न बाध्य भयौं ।’ पाँचजना खेलाडी सम्मिलित हुने बिच फुटबलमा नेपाली टोलीले बढी गोल गर्ने रणनीतिअनुसार १-१-३ को खेल खेलेको थियो ।

आगामी खेलमा रक्षात्मक रणनीति अपनाइने सुवेदीले बताए । 

नेपाली टोलीका म्यानेजर इन्द्रमान तुलाधरले भने मौसमी प्रतिकूलताले नेपाली खेलाडीहरूले सोचेअनुरूप प्रदर्शन गर्न नसकेको स्वीकारे । ‘हाम्रा खेलाडी थकित थिए । लामो यात्राले पनि हामीलाई पिरोलेको थियो,’ उनले भने आगामी खेलमा भने प्रदर्शनमा सुधार आउने आशा छ ।

नेपालका तर्फबाट दुवै गोल निराजन मल्लले गरेका थिए । श्रीलंकाकातर्फबाट प्रदीप फरिंगुले चार, मालिंगा सिल्भाले तीन, कप्तान आर्सेलरले दुई तथा दिनेश निलान्त र रोहित कुमारले एक-एक गोल गरेका थिए ।

अन्तिम समयसम्म पनि नेपालले पहिलो दक्षिण एसियाली बिच खेलमा फुटबलमा सहभागिता जनाउने निश्चित भएको थिएन । अन्तिम समयमा आएर नेपालले सहभागिता जनाएको थियो । तुलाधरका अनुसार नेपाली टोली श्रीलंकाको राजधानी कोलम्बोबाट करिब ६ घन्टाको बसको यात्राबाट थाकेका थिए । उनले आगामी खेलमा नेपालले आफ्नो प्रदर्शनमा सुधार गर्ने दाबी गरे ।

नेपालले आइतबार दुई खेल खेल्ने छ । नेपालले पहिलो माल्दिभ्स र दोस्रो खेल बंगलादेशविरुद्ध खेल्नेछ । बंगलादेशले शनिबार नै भएको खेलमा माल्दिभ्सलाई ४-३ ले पन्छायो । जितसँगै श्रीलंका र बंग्ालादेशले दुई-दुई अंक बटुलेका छन् ।

Posted by: Shiva Paudel

Source: ekantipur

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.