Daily Archives: 09/10/2011

फुटबलमा खराब सुरुआत


 पवन आचार्य,हाम्बनटोटा, आश्विन २२ – नेपाली बिच फुटबल टोलीले पहिलो दक्षिण एसियाली बिच खेलकुद प्रतियोगिताको उद्घाटनपूर्व नै फराकिलो हारको सामना गरेको छ । हाम्बनटोटाको बिचमा भएको खेलमा नेपाललाई घरेलु टोली श्रीलंकाले ११-२ गोलले हरायो । घाँसे मैदान छाडेर पहिलोपटक बालुवामा फुटबल खेलेका नेपाली टोलीेले पहिलो १२ मिनेटमा नै ४ गोल खाएको थियो । त्यसपछि दोस्रोमा ७ गोल खाँदै १ गोल फर्काएको नेपालले अन्तिम १२ मिनेटमा भने १ गोल थपेको थियो ।  पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विदेशमै पुग्छ पहिला नेपाली असर्फी


अजय देशार, इगलैण्ड ।  इगलैण्डको असर्फी बजारमा नेपालमा चल्तीमा ल्याइएका असर्फी बिक्रीका लागि राखिएको पाइएको छ । सो असर्फी बजारमा नेपाली असर्फीको राम्रो व्यापार हुने गरेको खुलेको छ । असर्फी संग्रहकर्ताले यहाँ विगत केहि वर्ष देखि नेपाली असर्फी बेच्न थालेको बताएका छन् । पसलमा बेच्न राखिएको असर्फीको अगाडी ‘श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव-२०३१’ र पछाडि ‘श्री भवानी अन्तराष्ट्रिय वाल वर्ष नेपाल – असर्फी’ उल्लेख छन् । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी अध्यक्ष प्रचण्डलाई पितृशोक


देवघाटमा अन्त्येष्टि:
२२ असोज, चितवन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पितृशोक परेको छ । उहाँका पिता मुक्तिरामको ८५ वर्षको उमेरमा चितवनको भतरपुर –६ स्थित कृष्णनगरमा कान्छा छोरा गंगरामको घरमा गएराति १० बजे निधन भएको हो ।

दाहाललाइ राजधानीमा उपचार गरी एक साता अघिमात्र चितवन लगिएको थियो  । प्रोष्टेड ग्ल्यान्डको अप्रेसनपछि दाहाललाई चितवन ल्याइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्