कुवेतमा दशैंको टिकाकासाथ सामाजिक अभियान


डम्बर रिमाल, कुवेत

भनिन्छ सेवा नै धर्म हो, सेवा त्यसलाई गर्नु जसलाई प्रत्यक्ष सेवाको जरुरी छ । सेवा गरे पुण्य मिल्छ भन्ने स्तुतीलाई अंगिकार गरेर चल्नेको हमेशा भगवान दाहिने हुन्छन भनें सेवा गर्न चाहने व्यक्ति थप प्रोत्साहित हुन्छ, यस सामाजिक कार्यमा र कुनैपनी परिवेशमा असाहायहरूको सेवामा समर्पित रहन्छ । आज यस्तै सामाजिक भावमा ओतप्रोत रहेका व्यक्तित्वहरू कुवेतको मरूभुमिमा पनि रहेको पाइएको छ । जसले प्रत्यक्ष या अप्रत्यक्ष रूपमा कुवेतको नेपाली समाजलाई सेवा प्रदान गर्दै आएका छन जुन ज्यादै राम्रो पक्ष हो ।

प्रसंग यस वर्षको दशैंको टिका र पर्वत जिल्लाको रानीपानी गाबिसका एकै परिवारमा अपाङ्ग बन्न पुगेका पाँच जना असहाय दिदीबहिनीहरुको हो ।

कुवेतमा दसैंको टिकालाई एक माध्यम बनाई टिकाको भोलिपल्ट शुक्रवार सार्वजनिक विदाको दिन एक टिकाटालो तथा दक्षिणा संकलन कार्यक्रम गरि टिका ग्रहण गर्न आउनेहरुबाट दक्षिणा संकलन गरी अपाङ्ग बन्न पुगेका बालिकाहरुको सहयोगको लागि नेपाल पठाउने प्रबन्ध मिलाईएको छ ।

कुवेतको नेपाली समाजमा एक समाजसेवीको रुपमा परिचित व्यक्तित्व ध्रुव कुमार संग्रौला (कुमार झपाली)ले यस सार्वजनिक टिका ग्रहण अभियान कुवेतको जिलिव अल-सुवैखस्थित आफ्नै निवासमा आयोजना गर्नुभएको थियो । कुवेतवासी नेपालिहरूबीच  अर्को चर्चामा रहेको नाम नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष पण्डित टिकाराम आचार्यले धार्मिक पुजापाठ विधीपूर्वक गराई आगन्तुकलाई आशिर्वाद दिंदै टिका लगाई  दिएका थिए । कतिपय आगन्तुकले टिका नलगाए पनि उपस्थिति जनाइ आफ्ना सहयोगि हातले अपाङ्ग बालिकाहरुको उद्वारकालागी दक्षिणा दिएका थिए ।

शुद्द शाहकारी जलपानको समेत ब्यवस्था रहेको उक्त टिकाटालो कार्यक्रममा कुवैतस्थित  नेपाली दूतावासका राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलको समेत उपस्थिती रहेको थियो भनें महामहिम राजदूतले एक अबोध बालकलाई टिका लगाई दिएर अपाङ्ग बालीकाहरुको लागि दक्षिणा प्रदान गर्नु भयो भनें अन्य आगन्तुकहरुलाई कार्यक्रमका पण्डित टिकाराम अचार्यले टिका लगाई दिएर अपाङ्गहरुको लागि चन्दा स्वरुप दक्षिणा संकलन गर्नुभएको थियो ।

मजुदर सँघ कुवैतका अध्यक्ष टेन्डुप शेर्पा, NRNA कुवेतका ICC कोर्डिनेटर राजन कुवँर, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरी, क्लबका उपाध्यक्ष एवं कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय अले, क्लबका सचिव एवं कुवेतनेपालका संवाददाता इन्द्र भुषाल, क्लवका सदस्य एवं कुवेतनेपालका संवाददाता डम्बर रिमाल, नेपालकुवेत डटकमका प्रधान सम्पादक राजन रिमाल, मरुभुमिको कोसेलीका प्रधान सम्पादक तोयानाथ दाहाल, नेवा गुठीका सचिव कल्याण श्रेष्ठ, कलाकार माधब शर्मा, माधव वाग्ले, अनिल रसाईली, जन-जाग्रिती समाज कुवैतका छत्र कार्की, तारा पौडेल लगायत धेरै कुवेतवासी नेपालीको सहभागीता रहेको उक्त टिकाटालो कार्यक्रमबाट के.डी २७३ + ने.रु. २,५०० चन्दा संकलन भएको कार्यक्रमका संयोजक कुमार झापालीले बताउनु भयो । यस चन्दा संकलन अभियानलाई निरन्तरता दिंदै यस वर्ष २०६८ सालको भाइटिका अर्थात अक्टोबर २८ तारिख माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको वार्षिक बनभोज कार्यक्रमको दिनसम्म चलाई एकमुष्ट रकम पीडितको परिवारलाई नेपाल पठाईने छ ।

कुवेतस्थित कुनैपनि नेपाली सँघ-संस्थाहरु, समाजसेवीहरु या अन्य महानुभावहरु यदी तपाईंहरु जो कोही पनि पीडितहरुलाई केही आर्थिक सहयोग गरी पुण्य कमाउन चाहनुहुन्छ भनें निम्न व्यक्तिहरुलाई सम्पर्क गरि सहयोग गर्न सक्नुहुने जानकारी गराईन्छ । या सिधै पर्वतको टेलिफोन नं. ९८४१३७८९९९ मा र रानीपानी गाविसको टेलिफोन नं. ९८४१९६५५२५ मा सम्पर्क गरेर पनि आफ्नो सहयोग पीडित समक्ष पुर्‍याउन सक्नुहुनेछ ।

विभिन्न देशबाट पीडितहरुलाई सहयोगको क्रम जारी रहेको अवस्थामा कुवेतबाट पनि हामीले यो सामाजिक अभियान चालेका हौं, संयोजक कुमार झापालीले बताउनु भयो ।

कुवेतका लागी सम्पर्क:
१) कुमार झापाली – ९९४५१३१४, २) टिकाराम आचार्य – ९९२६६३१४, ३) टेन्डुप शेर्पा – ५५३४५१२६, ४) ईन्द्र भूषाल – ६५७४८८६२, ५) डम्बर रिमाल – ६६८०९६४२

Related News…

पर्वतका अपाङ्ग परिवारलाई सहयोग गरौं…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.