लिम्बुवान हङकङको आइल्याण्ड क्षेत्रीय समिति पुनर्गठन


बिष्णु इङ्नाम, हङकङ ४ अक्टोबर २०११
“सघीय गणतान्त्रिक नेपालको अब बन्ने संघीय स्वायत्त राज्यहरूमा लिम्बुवान पनि एउटा आत्मनिर्णयको अधिकारसहितको विशिष्ट स्वायत्त राज्य हुनुपर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरूको आधारमा नेपालको संखुवा-अरुण-सप्तकोशीपूर्वका नौंवटा जिल्लाहरूसहितको हुनुपर्छ” भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, हङकङ प्रवास कार्य समिति अर्न्तर्गत (मातहत) को हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समितिको पुनर्गठन गरिएको छ ।
हङकङ आइल्याण्ड स्थित वान्चाईमा २ अक्टोबर २०११ आइतबारका दिन एक कार्यक्रम गरी श्री कुमारहाङ हुक्पा चोङ्बाङको अध्यक्षतामा सो हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समितिको पुनर्गठन गरिएको हो । उक्त भेलामा प्रमुख अतिथि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङका अध्यक्ष तथा मञ्च सम्बद्ध संलिराप लिम्बुवान, नेपालको केन्द्रीय सदस्य श्री नबराज काम्बाङ र अर्का अतिथि परिषदकै प्रवास कार्य समिति हङकङका उपाध्यक्ष तथा लिम्बुवानका राष्ट्रिय पार्षद सदस्य श्री बिष्णु इङ्नाम रहनुभएको थियो ।  कार्यक्रम सञ्चालन मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समितिका निवर्तमान सचिव उर्मिला बेघाले गर्नु भएको थियो । यस भेलाले निम्न वमोजिमका व्यक्तिहरूलाई समितिको पदाधिकारी तथा सदस्यहरूमा संशोधनसहित सर्वसम्मतले चयन गरेको छ ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, हङकङ आइल्याण्ड क्षेत्रीय कार्य समिति, हङकङ-
१. अध्यक्ष                   कुमारहाङ हुक्पाचोङबाङ
२. उपाध्यक्ष                डम्बरकुमार काम्बाङ
३. सचिव                     अशोक माबो
४. महिला-सचिव        उर्मिला बेघा
५. अर्थ-सचिव            मोहन केदेम
६. संगठन सचिव       बमबहादुर काम्बाङ
७. सदस्य                   डम्बर चोङ्बाङ लिम्बू
८. सदस्य                   हेम येङ्देन
९. सदस्य                    योगेन्द्र पन्धाक
१०.सदस्य                    वाली केरुङ
११.सदस्य                    नविन पन्धाक
१२.सदस्य                     हिमाल केदेम
१३. सल्लाहकार          सुरेन्द्र योङ्हाङ
१४. सल्लाहकार          कुलबहादुर एभेङ
१५. सल्लाहकार          कुलमान तामाङ
१६. सल्लाहकार          मनिकुमार मेन्याङ्बो
१७. सल्लाहकार          कुमार हाङ्स्रोङ्बा
सो भेलामा अन्य पार्टी परित्याग गरी मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा नव प्रवेश गर्नुहुने श्री मनिकुमार मेन्याङ्बो र वाली केरुङलगायतलाई प्रमुख अतिथि काम्बाङद्वारा स्वागत गरी लिम्बुवानको सदस्यता-पत्र प्रदान गर्नुभएको थियो ।
पुनर्गठित मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समितिले संगठन विस्तारलाई व्यापक रुपमा अघि बढाउने प्रतिवद्धतासहित श्री कुमारहाङ हुक्पा चोङबाङको अध्यक्षता मन्तव्यसहित कार्यक्रम समापन गरिएको थियो ।

Posted by: Shiva Paudel

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.