चाइनातिर चेलीहरू


चीनको स्वशासित क्षेत्रमा व्यापार उत्थान र रतिरागका लागि लगिँदै छन् नेपाली युवती
माई लाइफ, माई राइट,” घर पोखरा र नाम कल्पना परयिार बताउने बार डान्सरले अलिक झर्किंदै भनिन्। नेपालकी एक सामाजिक कार्यकर्ताले चीनको खासा पुगेर कल्पनालगायतका युवतीको पुन:स्थापन गर्न खोज्दा ‘नेपाल लगेर दुईवटा बाख्रा दिएर यसैले जीवन चला भन्नका लागि फर्काउन खोजेको ?’ भन्दै ती सामाजिक कार्यकर्तालाई कल्पनाले दिएको जवाफ थियो यो। नेपालसँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बत अन्तर्गत पर्ने खासामा भेटिएकी १५ वर्षिया कल्पना विगत तीन महिनादेखि स्थानीय झुपा -बियर बार)मा नर्तकी छन्। नेपाली, तिब्बती तथा चिनियाँ र केही संख्यामा भारतीय आगन्तुक बारका पाहुना हुन्। पाहुनासँग नारिंदै उनीहरूको टेबुलमा बसेर पाहुनालाई स्पर्श गर्नु, पाहुनासँगसँगै चुरोटको सर्को र ल्हासा बियरको चुस्की लिएर फ्लोरमा आफ्नो नृत्यकला देखाउनु नै उनको पेसा हो। तर, खासा, कुती, केरुङ र ल्हासामा झुपा भन्नासाथ बियर बार मात्र बुझिँदैन, देहसुखका लागि भौँतारनिेहरूको चौतारी भन्ने पनि बुझिन्छ।

रातको त्यस्तै ३ बजेको हुँदो हो। रंगीविरंगी-मधुरो प्रकाश र चर्को ध्वनिले बारमा डिस्कोथेकको झल्को दिन्थ्यो। खासाको प्रसिद्घ पुरानो गुम्बा सामुन्ने रहेको वाङ्दे डिस्को बारमा पाँच जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्की-मस्की नाच्दै थिए। पृष्ठभूमिमा खासा बजार नै थर्किने गरी नेपाली, तिब्बती र हिन्दी गीत बजिरहेका छन्। ‘मुन्नि बदनाम हुई…’, ‘ए माया बोल न किन यस्तो लाज…,’ अनि, तिब्बती लोकभाकाका गीतहरूसँगै नेपाली युवतीहरू बियर र यौवनको उन्मादले झुम्दै गइरहेका थिए। बिहान ५ नबज्दै कल्पना मात्रै होइन, उनका संगीहरू एकएक गर्दै डान्स फ्लोरबाट हराउँदै गए। ग्राहकको संख्या पनि पातलिँदै गयो। स्थानीय लजहरूमा नेपाली युवतीहरू अघि बारमा भेटिएका ग्राहकसँग अभिसाररत हुँदै गए। बिहान ७/८ बजेपछि उनीहरू आ-आफ्नो कोठामा फर्किए।

१२ बजे खाना खाएपछि साँझ ४/५ बजे उठ्छन् उनीहरू। उठेपछि शृंगारपटारको हतारोमा देखिन्छन्। फेरी आफ्नो कार्यथलो बारमा गएपछि उही नित्यक्रम दोहरनि थाल्छ। नगरबधुको भूमिकामा आफूलाई अभ्यस्त बनाउन उनीहरू सिपालु हुँदै छन्, यसरी दिनदिनै।

छिमेकी मुलुक चीनको स्वशासित प्रदेश तिब्बत अन्तर्गतका नेपाली सीमानजिकका कुनैबेलाका साना गाउँ कुती, केरुङ, खासा, झाङ््मु आदि अहिले साना सहरमा रूपान्तरण हुँदै छन्। विकाससँगै उपभोक्तावाद पनि मौलाउँदै छ। परिणामत: त्यस्ता सहरहरू आर्थिक अवस्था कमजोर भएका चिनियाँ र तिब्बती मूलका युवतीसँगसँगै नेपाली युवतीहरूको पनि रतिराग विनिमयका गन्तव्य बनेका छन्। चीनमा उत्पादित उपभोग्य सामग्रीको बिक्री तथा नेपाल निर्यातको प्रमुख नाका खासा त्यस्तै एउटा सानो सहर हो, जहाँ बिहानदेखि साँझसम्म कारोबार चल्छ । र, साँझ छिप्पिँदै गएपछि नारी देहसँगको अभिसारमा रमाउने लालसा राख्छ, यो सहर। ठ्याक्कै यहीँनेर स्थानीय बासिन्दाका लागि नेपाली युवती यौनसुख आपूर्तिको साधन बन्ने क्रम बाक्लिँदो छ। करबि दुई किलोमिटर क्षेत्रफलमा फैलिएको अग्लो पहाडको खोचमा रहेको र भोटेकोसी नदीको आडमा बसेको पुरानो वस्तीको झल्को दिने खासा रतिरागात्मक सम्बन्धको साइनो खोज्नेका लागि सहज पहुँच भएको विस्तारति बजार बन्दै छ, जहाँ नेपाली युवतीको अत्यधिक माग छ।

यसरी तिब्बतका खासा, कुती, केरुङ र ल्हासामा नेपाली एजेन्ट र यहाँका रेस्टुराँ तथा डान्स बारका चिनियाँ मालिक तथा तिनका केही प्रतिशतका नेपाली साझेदारको मिलेमतोमा नेपालबाट युवतीहरू त्यहाँ रहेका रेस्टुराँ, डान्स बार र कतैकतै मसाज पार्लरमा ल्याइन्छन्। यी सहरहरूमा पुग्नेमध्ये सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, कैलाली, झापा, दोलखा, रौतहट, तेह्रथुम, बारा, सर्लाही, अर्घाखाँची, नुवाकोट, स्याङ्जा, ललितपुर, नवलपरासी, मकवानपुर, दाङ आदि जिल्लाका युवती बढी छन्। सीमा जोडिएको र गरबिीले सताइएको जिल्ला भएकाले होला, यसरी खासा पुग्ने नेपाली महिला तथा युवतीमध्ये सिन्धुपाल्चोक जिल्लाका सबैभन्दा बढी छन्। यहाँको वाङ्दे डिस्को बारमा डिजेका रूपमा कार्यरत हेटौँडाका विक्की लामाका अनुसार खासामा मात्र पाँचवटा डान्स बार, नौवटा नेपाली प्रकृतिका होटल, २५ वटा लज र आधा दर्जनभन्दा बढी क्याबिन शैलीका रेस्टुराँ सञ्चालनमा छन्। नेपालको भन्दा बढी मासिक पारश्रिमिक र लोभलाग्दो टिप्सका कारण पनि नेपाली युवती यतातिर आकषिर्त भइरहेका छन्। यहाँ खाने, बस्ने सुविधासहित सरसफाइ गर्नेले पाँचदेखि सात हजार, वेटे्रसले न्यूनतम सातदेखि नौ हजार, नर्तकीले १० देखि १२ हजार रुपियाँसम्म पाउँछन्। यसबाहेक देहसुख प्रदान गरेबापत पाउने रकम अर्को आकर्षण हो। कल्पना भन्छिन्, “पैसा भए पनि बन्धकजस्तो जीवन भएकाले मज्जा छैन मुग्लानमा।”

नेपाली सीमाबाट ३० किलोमिटर क्षेत्रसम्म आवतजावत गर्न एक दिनका लागि अनुमति पत्र दिइन्छ। तर, कतिपय नेपाली युवतीहरू यस्तो पासमा गएर तीन महिनाभन्दा बढी समय बिताउँछन्, खासामा। कोदारीस्थित अध्यागमन कार्यालयका प्रमुख विजयराज पौडेलका अनुसार सिन्धुपाल्चोकबाट नागरकिता लिएको छ भने एक वर्षको पास हुन्छ। यसले एक वर्षसम्म तिब्बतमा ३० किलोमिटरभित्र जान सक्ने प्रावधान छ। सिन्धुपाल्चोकबाहेकका जिल्लाको नागरकिताका आधारमा एकदिने प्रवेश पास दिइन्छ। “हामीले नागरकिताका आधारमा खासा प्रवेशका लागि एकदिने पास दिनैपर्छ, खासामा अनुचित काम गर्न लागेको शंका लागे पनि हामीले प्रवेश पास रोक्न मिल्दैन। ’cause, नियम नै यस्तै छ।” पौडेल भन्छन्, “कुनै सामाजिक संस्था र प्रहरी निकायको समन्वयका आधारमा त्यसरी खासामा बेचिन थालेका युवतीलाई परामर्श दिन र सचेतना जगाउने कार्यक्रम नै प्रभावकारी हुन्छ, यसका लागि। नियमत: हामी रोक्न सक्दैनौँ।”

एकदिने पास चीन-नेपाल सीमाको तातोपानी गाविसस्थित लिपिङ्मा रहेको नेपालको अध्यागमन कार्यालयले दिने गर्छ। पास पाएका युवती तथा महिलामध्ये कोही मात्र नेपाल फर्किन्छन् भने कोही कुती, केरुङ र ल्हासासम्म पनि पुर्‍याइन्छन्। नतिजा, नेपाली युवतीहरू आफ्नो यौवनको त्यहाँ मोलतोल गर्न बाध्य हुन्छन्। प्राय: युवती एकदिने पासमा खासा पुग्ने र रेस्टुराँ मालिकले त्यहाँ अर्कै पास बनाइदिने हुँदा त्यसैका आधारमा बस्ने गरेका छन्। चिनियाँ प्रहरीले नेपाली नागरकिता र सानो उमेरका लागि विद्यालयको परचिय-पत्र हेर्ने भएकाले खासामा युवती पठाउने गिरोहको सञ्जालले नक्कली नागरकिता र विद्यालयको परचिय-पत्रसमेत बनाएर पठाउने गरेको देखिन्छ। तर, चिनियाँ प्रहरीले नेपाली युवतीहरूको आगमनलाई प्रोत्साहित नै गर्दै आएको छ।

नेपाली युवतीको अभावमा खासाका डिस्को, बार र रेस्टुराँ तथा लजहरूले मनग्गे आम्दानी गर्न नसक्ने भएकाले यहाँ नेपाली युवतीहरूको उपस्थिति चिनियाँ पक्षका लागि अनिवार्यजस्तै बनेको देखिन्छ। खासाको बजार विस्तार हुँदै गएपछि त्यहाँको मुख्य व्यापारमा हान वंशीय चिनियाँहरूको प्रभुत्व भइसकेको छ। हानहरूको प्रवेशले स्थानीय तिब्बती जनतामा निराशा आउला भनेर पनि उनीहरूलाई भुलाउन यहाँका डिस्को, बार र रेस्टुराँमा नेपाली युवतीहरूको प्रवेशलाई स्थानीय प्रशासनले प्रोत्साहित गरेको बताउँछन्, एक स्थानीय। उनका अनुसार खासा, कुती, केरुङ, ल्हासालगायतका तिब्बती क्षेत्रमा चिनियाँ सरकारले चिनियाँ नागरकिका लागि ‘सेक्स पार्लर’ सञ्चालनको अनुमति दिएको छ। खासामा पनि एउटा यस्तै प्रकृतिको ‘पार्लर’ छ तर नेपाली ग्राहकलाई त्यहाँ जान खुला भए पनि नेपाली युवतीलाई भने त्यहाँ नगरबधुका रूपमा काम गर्न प्रतिबन्ध छ। आफ्नो घरेलु व्यापारमा कुनै कमी नहोस् भन्नाका लागि पनि स्थानीय प्रशासनले यस्तो प्रावधान गरेको हो। “रेस्टुराँ तथा डान्स बार सञ्चालकले नियमित ग्राहकलाई खुसी पारेर आफ्नो व्यापार बढाउन नेपाली युवतीहरू अत्यावश्यक हुन्छन्,” नेपालबाटै खासा पुगेर शेर्पा डिस्कोमा काम गर्ने चितवनकी शोभा कँडेल भन्छिन्, “यहाँ नेपाली युवतीहरू नहुने हो भने आधाभन्दा बढी डिस्को तथा रेस्टुराँ र लज बन्द गर्नुपर्ने हुन्छ।”

सम्भवत: यही कारणले हुनसक्छ, यसरी खासालगायतका क्षेत्रमा पुगेका नेपाली युवतीहरूमाथि प्रहरीले कुनै केरकार गर्दैन। दुई महिनामा एकपटक रक्त परीक्षण गर्दा कुनै गम्भीर रोग नदेखिएसम्म उनीहरूलाई नेपाल र्फकन हतोत्साहित नै गरिन्छ। चिनियाँ प्रहरी स्वयं पनि यस्ता नेपाली युवतीका लागि पैसा खर्च गर्न सक्ने भलादमी ग्राहक हुन्। नेपालमा जस्तो प्रहरीबाट उनीहरूले प्रताडित पनि हुनु पर्दैन। यहाँका प्रहरी नेपाली युवतीका लागि सहज छन्। “म पोखराबाट काठमाडौँको ठमेलमा पुगेर डान्स बारमा काम गर्थें। एक जना एजेन्टले खासामा ब्युटीपार्लरको काम छ, महिनाको २० हजार रुपियाँभन्दा बढी आम्दानी हुन्छ भनेर यहाँ ल्याइपुर्‍याएको हो,” शोभा भन्छिन्, “यहाँ आएपछि असली काम के रहेछ भन्ने थाहा भयो तर राम्रो आम्दानी हुने, कसैको डर नहुने र खान, बस्न धेरै नराम्रो  नभएकाले तीन महिनादेखि यतै छु, दसैँमा नेपाल र्फकने कोसिस गर्छु।” शोभाका अनुसार नेपाली एजेन्टले प्रतियुवती तीनदेखि पाँच हजार रुपियाँ लिएर खासा पुर्‍याएपछि त्यस्ता नेपाली युवतीहरू डान्स बार र रेस्टुराँको स्वामित्वमा रहन्छन्। कल्पनाको कथा पत्याउने हो भने उनीजस्ता धेरै युवती आर्थिक अभावका कारण सोचेजस्तो जीवन बिताउन नसकेपछि आफू बेचिएको आफैँले थाहा पाए पनि यहाँ आएकै छन्।

चीनको खासालगायत साना सहरहरूमा कार्यरत नेपाली युवतीहरूका सम्बन्धमा माइती नेपालले गत २२ साउनमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ‘तिब्बतमा कार्यरत केही युवतीलाई त्यहाँ लैजाने व्यक्ति वा समूहले राम्रो र सम्मानित कार्यका लागि भनेर लगेको तर त्यहाँको वातावरणका कारण उनीहरूले घर र्फकन चाहे पनि आफ्ना कागजातहरू कम्तीमा तीन महिनासम्मका लागि डान्स बारको मालिकले राखेकाले फर्किन नपाउँदा बाध्य भएर यस्तो पेसामा लागेको’ भन्ने उल्लेख छ। अध्ययन टोलीमा सहभागी माइती नेपालका कार्यक्रम अधिकृत मदन चौलागाइर्ंका अनुसार भारतका कोठीमा बेचिएका महिला मौका मिलाएर भाग्न सके भने नेपाल आइपुग्न सक्छन् तर खासालगायतका चीनका साना सहरमा कार्यरत नेपाली युवतीलाई भागेर नेपाल आउन त्यति सहज छैन। खासा, कुती, केरुङ, ल्हासालगायतका क्षेत्रमा एक ठाउँबाट अर्को ठाँउमा जानका लागि परचियपत्र तथा आधिकारकि कागजात आवश्यक पर्छ, जुन कागजात रेस्टुराँ बार मालिकहरूले आफूसँगै राख्ने गर्छन्। “यसले गर्दा चीनको अवस्था खतरामुक्त छैन,” कार्यक्रम अधिकृत चौलागाइर्ं भन्छन्, “अझ खासा पुर्‍याइएका केही नेपाली युवतीलाई तीन/तीन महिनामा तिब्बतको एक सहरबाट अर्को सहरमा त्यो पनि स्थानीय प्रहरीकै सहयोगमा ओसारपसार गरिन्छ, यो एक किसिमले मानव बेचबिखन नै हो।”

(आवरण तस्बिर : निर्मल श्रेष्ठ)

कथा केरुङको

सोलुखुम्बुकी मुना राई र नुवाकोटकी सुजाना तामाङ दुवै काठमाडौँमा बस्थे। सोनाम तामाङसँग उनीहरूको भेट भयो। सोनामले मासिक १५ हजार रुपियाँभन्दा बढी तलब पाइने लालसा दिए, उनीहरूलाई। मीठो खान पाइने, बस्ने कोठाको पैसा तिर्न नपर्ने, राम्रो टिप्स र आकर्षक तलब पाइने भएपछि उनीहरू केरुङ जान राजी भए।

एक वर्षअघि सोनाम दुवै युवतीलाई लिएर त्रिशूली हुँदै रसुवागढी पुगे। त्यहाँबाट उनीहरू केरुङ छिर्न मात्र के खोजेका थिए, नेपालको टिमुरे गाविसमा रहेको प्रहरी पोस्टले सूचनाका आधारमा तीनै जनालाई केरकार गर्‍यो। चीनको केरुङ प्रवेश गर्न उनीहरूसँग कुनै अनुमति पत्र थिएन। उनीहरू केरुङमा बेचिनबाट जोगिए। खासाजस्तै अर्को सानो सहर केरुङको कथा हो यो। चीनले नेपालको रसुवा जिल्लाको धुन्चेसँग सीमा जोडिएको तिब्बतको केरुङ बजार विस्तार गर्न थालेपछि यहाँ रेस्टुराँ, डिस्को र बियर बारहरू खुल्न थाले। अझ केरुङबाट चीनले नेपालको स्याफ्रुबेसीदेखि रसुवागढीसम्म सडक विस्तार गर्ने भएपछि मात्र केरुङमा नेपाली युवतीको आपूर्ति हुन थाल्यो, खासगरी देहसुखको विनिमयका लागि।

जस्तो कि, ८ माघ ०६७ मा केरुङ पुर्‍याइएकी भक्तपुरकी २१ वर्षिया स्नेहा थापालाई गोल्जुङका क्राउली तामाङले बेचेका थिए। जिल्ला प्रहरी कार्यालय, रसुवाका डीएसपी अच्युतप्रसाद पुडासैनीका अनुसार थापा उक्त डिस्कोबाट भागेर नेपाल प्रवेश गरी प्रहरीको सम्पर्कमा आएकी थिइन्। त्यसपछि नेपाल प्रहरीले क्राउली र उनकी श्रीमती छिरोनलाई नेपाली युवतीलाई देहव्यापारका लागि केरुङ पुर्‍याउने मुख्य योजनाकार ठहर गरी पक्राउ पुर्जी जारी गर्‍यो। क्राउली केरुङमा लुकेर बसेको हुन सक्ने नेपाल प्रहरीको अनुमान छ।

कृष्ण थापा/धुन्चे

‘म खासा जान्नँ’

प्लस टु सकाएर बसेकी थिएँ। नोकरी खोज्दाखोज्दा हैरान भइरहेका बेला जोरपाटीका एउटा दाइले खासा हिँड, पसलमा सामान बेच्ने काम लगाइदिन्छु, तलब र खान-बस्न राम्रो छ भनेर भने। वैशाख ०६८ मा दाइसँग म खासा पुगेँ। तातोपानी पुग्ने बेला अरू केटीहरू पनि साथमा थिए, उनीहरूबाट डिस्कोेमा काम गर्ने भन्ने थाहा भयो। मेरो अनुभव थिएन, डिस्कोमा। त्यहाँ गएपछि त्यहाँको पुलिसले नै पास बनाइदियो। त्यही पासले तीन महिना बस्न पाइने रहेछ। त्यसपछि फेरी नयाँ पास बनाउनुपर्ने।

खासामा रेस्टुराँ, डिस्को र बारहरू भएका मालिकका कुती, केरुङ, सिगात्से, ल्हासा आदि ठाउँमा पनि त्यस्तै रेस्टुराँ, डिस्को र बारहरू हुन्छन्। नियम अनुसार त्यहाँ जान पाइँदैन। तर, नेपाली केटीहरूलाई पुलिसकै गाडीमा हालेर लैजाने व्यवस्था मिलाएको हुन्छ। डिस्कोमा जानासाथ टेबुल पुछ्ने, भुइँ पुछ्ने, मेकअप गर्ने काम गरिन्थियो। राती ८-९ बजेतिर ग्राहकहरू आउने क्रम सुरु हुन्थ्यो । त्यसपछि उनीहरूको चाहना अनुसार रक्सी, बियर आदि दिन थालिन्थ्यो। साहूनी आएको बेलामा धेरैबेर ग्राहकसँग बस्न पनि नपाइने, खालि ग्राहकको बिल बढाउन ग्राहकलाई फकाउनुपर्ने जसरी पनि। रेस्टुराँमा कम्तीमा पनि २० हजारदेखि एक लाख रुपियाँसम्मको बिक्री हुन्थ्यो। ग्राहकको इच्छा अनुसार उनीहरूसँग डान्स गर्नुपथ्र्यो। हित्तचित्त मिलेको ग्राहकसँग काम सकिएपछि गेस्ट हाउस जाने केटीहरू पनि धेरै थिए। डिस्कोमा काम गर्नेहरूलाई भन्दा पनि बारतिर काम गर्ने नेपाली केटीहरूलाई नेपालीहरूले नै जहाँ भेट्यो, त्यहीँ अश्लील शब्दले बोलाउने, यताउता हात लगाउने, भनेको नमाने पिट्ने गर्थे। चाइनिजहरूले सुत्न जाउ“m भन्थे तर नाइँ भन्यो भने कर पनि गर्दैनथे। ‘ड्युटी आवर’मा एकपटक कुनै ग्राहकसँग गेस्ट हाउसतिर गयो भने दस दिन बराबरको हाजिर काटिन्थ्यो। तर, ‘ड्युटी आवर’भन्दा बाहिरको समयमा गयो भने साहूनीले केही नभन्ने।

त्यहाँ साहूनीले पिटी या ग्राहकले हात हाल्यो भने गुनासो गर्ने ठाउँ छैन। भाषा पनि नबुझिने। मेरो एउटा साथीलाई त साहूनीले बियरको सिसीले टाउको नै फुटाइदिई। यस्ता घटना अरू पनि देखिए। दुई महिना काम गरेपछि म भागेर नेपाल आएँ। नागरकिता साहूनीले नै राखेकी थिई। म कलेजको कार्ड देखाएर बल्लतल्ल लिपिङ् हुँदै भागेर नेपाल आएँ। पछि फेरी नागरकिता लिन गएँ। नागरकिता लिन जाँदा साहूनीले अझै एक महिना काम गरसि् भने मात्र नागरकिता र पैसा दिन्छु भनी। मैले बल्लबल्ल फकाएर नागरकिता लिएँ । अझै चार हजार रुपियाँजति लिन बाँकी छ, काम गरेको ठाउँमा। अहिले म बेरोजगार छु। तर, खासा जान्नँ।

(खासाबाट भागेर आएकी कुन्ती थापासँगको कुराकानीमा आधारित)

घट्यो मकाउमा

भिसा खुला रहँदा अवैध रूपमा नेपाली युवतीहरू मकाउ भित्रिने चलन थियो तर अहिले यो क्रम केही रोकिएको छ। उतिबेला निश्चित रकम ‘सो मनी’का आधारमा नेपाली राहदानी वाहकलाई आगमनमै एक महिनासम्मको भ्रमण भिसा दिने गरिएको  थियो। तर, उक्त भिसामा काम गर्ने अनुमति भने थिएन। सोही कुराको फाइदा उठाई मानव तस्करहरूले अवैध रकम असुल गरी नेपाली युवतीलाई मकाउ भित्र्याएर अलपत्र पार्ने गरेका थिए। खानबस्नको समस्या परेपछि नेपाली युवतीहरूलाई मकाउ भित्र्याउने दलालहरूले नै मनग्य पैसा आर्जन हुने लोभ देखाई रेस्टुराँ, बार तथा डिस्कोमा नृत्य मात्र होइन, नगरबधुका रूपमा पनि काम गराउँथे। ०६५ असारदेखि ६६ असारसम्म सबैभन्दा बढी ३ सय ९४ जना नेपाली युवतीहरू वैध रूपमै मकाउ आएका थिए, रोजगारका सिलसिलामा । ए प्लस पी इम्प्लोइमेन्ट सर्भिसेजकी सञ्चालक पुष्पा गुरुङ भन्छिन्, “पछिल्लो समय भिसामा गरिएको  कडाइसँगै मकाउमा नेपाली युवतीहरूको आगमन निकै पातलिएको छ।” १ जुलाई २०१० बाट लागू हुने गरी मकाउले नेपालीका लागि आगमन भिसामा रोक लगाएको थियो।

निर्मल श्रेष्ठ/मकाउ

सुध्रेन सिन्धुपाल्चोक

सिन्धुल्चोकमा मानव बेचबिखनविरुद्धको अभियान चलाएको दुई दशक बित्यो। तर, हात लाग्यो शून्यको स्थिति छ। सोझै भारत लगेर बेचबिखन धेरै हदसम्म कम भए पनि यसको स्वरूप परविर्तन भएको छ। वैदेशिक रोजगारका नाममा दलालले नेपाली युवती खाडी मुलुक र भारत लैजाने क्रम भने ह्वात्तै बढेको छ। तीमध्ये अधिकांश खाडी मुलुकमै पुगेर काममा लागेका छन्भने कोही भारतको देहव्यापारको थलोमा पुर्‍याइएका छन् । सिन्धुपाल्चोकबाट हालसम्म ६० हजार राहदानी वितरण भएका छन्। करबि ४० प्रतिशत अर्थात् २४ हजार महिलाले राहदानी लिएका छन्। कुनै बेला भारतीय यौन बजारमा मात्र सीमित नेपाली युवती अहिले रोजगारको खोजीमा खाडी मुुलुक पुगेकाहरूको यौन शोषण भएका घटना प्रशस्त छन्। त्यहाँ हुने शारीरकि आक्रमण र झूटा आरोपले पीडित महिलाहरूले ज्यानसमेत गुमाएका छन्। तातोपानीकी कानी शेर्पाले दशकअघि खाडी मुलुकमै ज्यान गुमाएकी थिइन्। उनको मृत्यु कसरी भयो, आफन्तलाई अहिले पनि जानकारी छैन। विदेशी नागरकि हत्याको आरोपमा गुम्बा गाविसकी डोल्मा तामाङलाई कुवेतमा मृत्युदण्ड दिने घोषणा गरिएको  थियो। मारिएका भनिएका आफन्तले ‘ब्लडमनी’ स्वीकारेपछि उनले सन् २०१७ सम्म कुवेतमै जेल जीवन बिताउनु पर्ने छ।

जेठको दोस्रो साता दुई जना किशोरीलाई राजधानीको नागढुंगाबाट फिर्ता ल्याइयो। भारत बेच्न लगेको यो पछिल्लो घटना थियो। सदरमुकामनजिकैको गाउँबाट ललाइफकाइ भारततर्फ लैजाने क्रममा प्रहरी र माइती नेपालले दलाल सन्तोष कार्कीसहित किशोरीहरूलाई पक्राउ गरेको थियो। स्याउलेका २१ वर्षिय दलाल सन्तोषलाई अहिले पुर्पक्षका लागि थुनामा राखिएको छ।

दुवाचौर-६ का लोकबहादुर घले छोरी बेचेको अभियोगमा गत फागुनदेखि पुर्पक्षमा थुनामा छन्। लोकबहादुर घलेमाथि विवाहित छोरी १८ वर्षिय चौतारा आई -प्रहरीले राखेको नाम)लाई मंसिर ०६२ मा बिक्री गरेको अभियोग लगाइएको छ। यसबाट छोरीहरू बाबुबाटै बेचिन सक्छन् भन्ने अनौठा घटना पनि देखिएका छन्। लोकबहादुरले छोरी राजधानी लगेर गाउँकै दलाललाई ८० हजार रुपियाँमा बिक्री गरेका थिए। श्रीमान्ले दोस्रो विवाह गरेपछि माइतीमै बसेको मौका पारेर बाबु लोकबहादुरले राम्रो जागिर लगाइदिने प्रलोभनमा उनलाई बेचेका थिए।

जिल्ला अदालतले सोनाम भन्ने गोरे तामाङलाई बेचबिखनकै अभियोगमा हालै १५ वर्ष जेल सजाए तोकेको छ। चेलीबेटी बेचबिखनका ‘डन’का रूपमा परििचत एक अभियुक्त इलाका प्रहरी कार्यालय मेलम्चीको हिरासतबाटै मंसिर ०६६ फरार भएकामा हालसम्म फेला परेका छैनन्। माइती नेपालको सूचनाका आधारमा पक्राउ परेका महांकाल गाविसका ‘सञ्जय’ र ‘अजय’ नामले चिनिने कालु तामाङ फरार भएका हुन्।

प्रहरीमा तीन वर्षयता मानव बेचबिखनसम्बन्धी १३ वटा मुद्दा दर्ता भएका छन्। तर, चौतारा पुन:स्थापना केन्द्रले गत असारयता बेचबिखनमा परेर र्फकन सफल ३४ जना महिलालाई परिवारसँग पुन:मिलन गराएको छ। बेचिएर फर्केका १६ जना महिला अहिले शक्ति समूह काठमाडौँ, चौतारा र सिविनमा छन्। उनीहरू अधिकांश भारतीय सहरमा यौन शोषणमा परेर विभिन्न प्रयासमा फर्केका हुन्। आर्थिक वर्ष ०६७/६८ मा बेचबिखनका पाँचवटा घटनाको मुद्दा चलाइएको छ। अहिले कारागारमा पुर्पक्ष र सजाय भोगिरहेका नौ जना छन्। यी कानुनी दायरामा आएका घटना मात्र हुन्, सिन्धुपाल्चोक प्रहरीका अनुसार अहिले पनि पुरानै शैलीमा बेचबिखन गर्ने क्रम रोकिएको छैन। उजुरी नपरेका र थाहै नभएका घटना धेरै भएको अनुमान प्रहरीको छ। एकातिर राहादानी लिने २४ हजार महिलामध्ये कति जना विदेश गए भन्ने तथ्यांक छैन। सिंपालकाभ्रे, थाङपालकोटजस्ता गविसमा त वडैपिच्छे अधिकांश महिला विदेश गएका छन्। विदेश जानकै लागि १४/१५ वर्षका किशोरीले उमेर बढाएर नागरकिता बनाउने चलन बढ्दो छ। सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा भन्छन्, “कतिपय अवस्थामा उमेर ढाँटेको थाहा पाएर नागरकिता नबनाई पठाएका घटना प्रशस्त छन्।” राहादानी बनाउनेमध्येका आधा मात्र विदेशिने हो भने पनि जिल्लाका १२ हजार महिला खाडी मुलुक र भारतमा छन्। थोरै मात्र विकसित मुलुकमा अध्ययन वा कामका लागि जाने गरेका छन्।

०६५ सालमा विदेशिएकी १७ वर्षिय छोरी खोजिदिन बाँसखर्क-४ का बुद्ध श्रेष्ठले दुई साताअघि मेलम्ची प्रहरीसँग गुहार मागेका छन्। भन्छन्, “छोरीलाई दलालले बेचेजस्तो छ।” गाउँकै दलालले ‘लेबनान’ पठाउने भनेकाले छोरी पुर्‍याउन उनी आफैँ सुनौली नाका पुगेका थिएँ। गाउँकै सुकुमान दोङ, शिखरपुरका बजिर तामाङ र नवलपुरका दावा तमाङले एकैपटक सात जना किशोरीलाई भारततिर लगेको जानकारी श्रेष्ठले दिएका छन्। भन्छन्, “दलालले छोरीलाई लेबनान लैजाने भने पनि नाकामा चाहिँ हिमाचल प्रदेश जाने भन्न लगाए।”

खासगरी तामाङ समुदायले आफन्तको विश्वासमा परेर छोरीलाई जागिरको आशमा बाहिर पठाउने क्रम बढी छ। कुनै बेला इचोक गाउँका घरमा छोरी बेचेको पैसाले टिनको छाना हालेको चर्चा हुन्थ्यो। बेचबिखन अभियानका स्थानीय पाल्साङ तामाङ भन्छन्, “केही सुधार त आएको छ तर रोकिएको छैन।” गरबिी, अशिक्षा, बेरोजगारी र देखासिकी नै बेचिने मुख्य कारण हुन्, बेचबिखनविरुद्धको अभियानमा सक्रिय कानुन व्यवसायी भेषराम ढकाल भन्छन्, “चेतनाको विकास हुनै सकेन। बेचिएको विषय सार्वजनिक गर्न र उजुरी गर्नै नमान्ने चलन छ।”

Posted by: Dambar Rimal                                                               Source: Nepal Saptahik

2 responses to “चाइनातिर चेलीहरू

  1. Nepali ley ni Nepali lai bechna thalyeoo sunda pani urat lagera auncha

  2. Hoina Ashok ji tapai kata hunu hunchha? Yo ta ahile bata hoina nepal ma ta Janga Bahadur ko paala dekhi nai yesto chalan chaleko ho ni……Rana kaal dekhi thalani bhako ho….Saha kaal le yaslai ajhai badhautri diyo…..aba chande munde kaal ma k kasto hunchha herdai janu ni…….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.